ऐतिहासिक संकटमा टेलिकम कम्पनी : अनिश्चित भविष्य, जोखिममा अर्बौँ लगानी

प्रविधिप्रति पूर्ण विश्वास कठिन, सरकारलाई ढड्‍डाकै भर

अहिले अनलाइनमार्फत सञ्चालनमा रहेका सरकारी सेवा प्रणालीहरू पनि पूर्ण भरपर्दो छैनन्। स्थायीरुपमा निरन्तर सञ्चालन हुने त्यस्ता सेवाको संख्या निकै कम छ। प्राय त समय समयमा बन्द हुने, सुस्त गति हुने वा पूर्णरूपमा प्रयोग नहुने अवस्था देखिन्छ।

लगानीकर्तामैत्री प्रविधि बन्दै स्वचालित मार्ग

स्वचालित मार्गबाट कुल पुँजी ५० करोड रुपैयाँसम्म हुनेगरी शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा स्थापना भइ सञ्चालनमा रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिन सक्छन्।

एक इथिकल ह्याकरसँग : उटपट्याङ काम होइन ‘ह्याकिङ’

साइबर सुरक्षाको विषयमा नेपाल प्रतिक्रियात्मक व्यवहारमा निर्भर हुनेभन्दा यसबाट अघि बढेर सक्रिय ढंगले पूर्वतयारीसहित लाग्नुपर्छ।

  • न्यायालयमा प्रविधिको प्रयोग पीडितकेन्द्रित सेवाका लागि हुनुपर्छ

    एआईको विषयमा विभिन्न छलफल र अध्ययन गर्ने काम पनि हाम्रोमा छिटै नै भइरहेको हो। महान्यायाधिवक्ताको कार्यालयले नै यसमा विभिन्न छलफलहरू गरिसकेको छ। यसमा अब नीति बनाएर छाडिदिने भन्दा पनि विश्वास हुनेगरी सेवाग्राहीमैत्री काम हुन सकोस् भन्नेमा ध्यान दिनुपर्छ।

  • १० वर्षभित्रै वार्षिक ३० खर्बको निर्यात प्रविधिबाटै सम्भव

    सबैतिरबाट लागिपरे प्रविधिको क्षेत्रले नै नेपाल फड्को मार्ने छ। संसारमा नरोकिने कुरा नेपालमा रोकेर सम्भव नै छैन। यसमै केन्द्रित रहेर सबै पक्ष उदार हुन सक्यौँ भने भविष्य सुनौलो छ। प्रविधिको न सीमा हुन्छ न भूगोल हुन्छ।

  • वीरगञ्जमा उम्रिएको ‘डायनामिक टेक्नोसफ्ट’को लोभलाग्दो फैलावट

    वीरगञ्जको उत्पादनलाई विश्वास नगर्ने व्यावसायिक मनोविज्ञानबाट पिरोलिएको दु:खद अनुभव टिमले भोग्नुपर्‍यो। वीरगञ्जमा बनेको सफ्टवेयर भन्नेबित्तिकै नपत्याउने अवस्था आयो। विश्वास दिलाउन धेरै गाह्रो भएको अनुभव सुनाउँछन् दीपक।

  • डिजिटल यौनजन्य हिंसा र नेपालको कानूनी संरचना

    प्रविधिसँगै विकसित हुँदै गएका यौनजन्य अपराधहरूलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नका लागि प्राविधिक सक्रियता र उत्तरदायी प्रतिक्रिया प्रणालीको विकास अत्यावश्यक छ। यस्तै प्रयासहरूबाट मात्र सबै नागरिकका लागि सुरक्षित र न्यायपूर्ण डिजिटल वातावरण निर्माण सम्भव हुनेछ।

  • उड्डयन प्रविधिको विकास र नेपाली नागरिक उड्डयनको विस्तार

    प्रविधिले नेपाली उड्डयनलाई राम्रैका लागि परिवर्तन गरिरहेको छ। यसले थप सुरक्षित, अझ प्रभावकारी र पहुँचयोग्य बनाउँदैछ। प्रविधिमा निरन्तर लगानी आवश्यक छ। नेपालमा हवाई यातायातको भविष्य यसमा निर्भर गर्दछ।

  • सार्वजनिक यातायातलाई प्रविधिमैत्री नबनाउने?

    विकसित देशहरूले सार्वजनिक यातायातलाई पूर्णरुपमा प्रविधिमैत्री बनाएका छन्। भाडा तिर्नेदेखि स्टेसन सेलेक्ट गर्नेसम्म एउटा बटम थिचेको भरमा हुन्छ। नेपालमा भने अहिलेसम्म सामान्य टिकट बुकिङ पनि राम्ररी हुन सकेको छैन।

  • पर्यटन प्रचारमा प्रविधिको उच्चतम प्रयोग गर्नेगरी पर्यटन बोर्ड अघि बढेको छ

    प्रकाशनदेखि कतै लैजानसम्म बढी खर्च थियो। करोडौँ लाग्ने कुरा अहिले १०/२० लाखमै गर्न सक्ने चाहिँ प्रविधिकै कारणले भएको छ।

  • रेमिट्यान्सको निर्भरता घटाउन सूचना प्रविधिमाथि आश

    न्यून उत्पादन र उच्च उपभोगले गर्दा बढाएको यो जोखिमलाई न्यूनीकरण गर्नका लागि पछिल्लो समय एउटा सम्भावित क्षेत्रको चर्चा भएको छ। सूचना प्रविधिको क्षेत्रलाई यस्तो संकट मोचनको झ्यालका रुपमा हेरिएको छ।

  • आईटी उद्योगमा ९ वर्षमा १० अर्ब ३२ करोड रुपैयाँको लगानी प्रतिवद्धता

    सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले आवश्यक कानूनी तथा संस्थागत व्यवस्था गर्ने घोषणा गरिसकेको भएपनि लगानी बढ्न सकेको छैन। सरकारले व्यवसायीको लगानी सुरक्षासँगै त्यसको विस्तारमा नीतिगत सहयोग गर्न आवश्यक देखिन्छ।

  • अपराधमा प्रविधिको चुनौती : अनुसन्धान शैली नै परिवर्तन गर्नुपर्ने आवश्यकता

    प्रविधिको दुरुपयोग गरेर सिस्टममा छिरेर मोटो रकम बाहिरिँदासमेत प्रहरी अनुसन्धान फितलो बन्यो। यसको मुख्य कारण अपराध अनुसन्धानमा नेपाल प्रहरीको प्रविधि सीमितता नै रहेको अनुसन्धानका जानकारहरूको बुझाइ छ।

  • प्रविधिको नवीनतम विकाससँगै समयानुकूल शिक्षामा दिनुपर्ने जोड

    नेपालमा जागिरको अवसर नपाएर दैनिक हजारौँ युवा विदेशिन बाध्य छन् तर आईटी शिक्षा लिएकाहरूलाई आफ्नो सीप देखाउन सके विदेशिनु पर्दैन। यहाँ नै राम्रो कमाइ गर्न सक्छन्।

  • 'गेम चेन्जर' प्रविधिको द्रुत विकासले फेरिएको स्वास्थ्य क्षेत्र

    एआई, ब्लकचेन, टेलिकेयर जस्ता विषय नेपालमा पनि जगजगाएर आइरहेको छ। अन्य सुविधाहरू पनि समयक्रममा आउने नै छ किनकि ढिलो-चाँडो नेपालमा पनि नयाँनयाँ प्रविधि, ग्याजेट र मेसिनले प्रवेश र स्वागत पाइरहेकै छ भने यी प्रविधिले पनि स्वागत नपाउने भन्ने कुरै छैन।

  • टेलिकम कम्पनीहरू जोगिन सरकारले लिनुपर्छ नीतिगत सुधारको जोखिम

    एकआपसमा सञ्चार गर्ने इन्टरनेट एप्लिकेसनको विकास र नेपालमा स्मार्टफोन र इन्टरनेटको विस्तार बढेपछि धेरैले भ्वाइस कलको साटो म्यासनेन्जर, भाइबर, ह्वाट्सएप रोज्न थाले। यसले गर्दा भ्वाइसकलमा निर्भर रहेका टेलिकमको व्यापारमा धक्का लाग्यो।

  • प्रविधिमा लगानी बढाउँदैछन् नेपालका ठूला व्यवसायी

    विश्व बजारमा स्थापित व्यवसायीभन्दा पनि स्टार्टपहरूले प्रविधिमा प्रभाव जमाउने गरेपनि नेपालमा भने खासै त्यस्तो उदय भएको छैन।

  • टेलिकम कम्पनीका लागि विश्वभर कठिन समय, बिजनेस मोडलमा पुनर्विचार गर्दै

    भारतमै पनि टेलिकम कम्पनीहरूले आम्दानीमा बर्सेनि सुधार गर्दै आएका छन्। भ्वाइस कलको व्यापार घटेपनि उनीहरूले डेटाबाट पूर्ति गरेका छन्। तर नेपालको नियामकीय अवस्था, शुल्क र करका कारण टेलिकम कम्पनीले यो लाभ लिन सकिरहेका छैनन्।

  • डाटा सेन्टरमा आवश्यकताअनुसार छैन लगानी, दक्ष जनशक्ति टिकाउनै गाह्रो

    सीमित लगानीबाट बढीभन्दा बढी काम लिनुपर्ने अवस्था आइरहेको छ। यसैले अझै लगानी थप्नुपर्ने छ। अर्को त डाटा सेन्टर सञ्चालनका लागि दक्ष जनशक्ति टिकाउन पनि गाह्रो नै छ।

  • डिजिटल वित्तीय सेवाले खोलिदिएको छ नयाँ सम्भावना

    डिजिटल वित्तीय सेवाका कारण बैंकको सञ्चालन प्रक्रियालाई न्यून खर्चमा प्रभावकारी बनाउनुका साथै प्रक्रियालाई छोटो बनाएको छ। साथै नगदमा भएको निर्भरता घटाउन  पनि यसले सहयोग पुर्‍याएको छ।

  • फाइभजीको तीब्र विस्तारमा गरिब मुलुकको पुगेन क्षमता

    नेपालमा भने अझै पनि फाइभजी परीक्षणमै सीमित रहेको छ। टेलिकम उपकरण तथा प्रविधिको कारोबार गर्ने बहुराष्ट्रिय कर्पोरेटहरूले नेपालमा आफ्नो पक्षमा लविङ बढाएका छन्।

  • कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend