
प्रकाशनदेखि कतै लैजानसम्म बढी खर्च थियो। करोडौँ लाग्ने कुरा अहिले १०/२० लाखमै गर्न सक्ने चाहिँ प्रविधिकै कारणले भएको छ।
सरकारले सन् २०२३ देखि २०३३ सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। जसका लागि बजारीकरणको मुख्य जिम्मा नेपाल पर्यटन बोर्डको हुने गर्दछ। निजी क्षेत्र र सरकारी निकाय जोड्ने माध्यम नेपाल पर्यटन बोर्ड हो। नेपालको पर्यटन प्रवर्द्धनमा प्रविधिको प्रयोग कसरी भइरहेको छ भन्ने विषयमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको विचार :
प्रविधि र पर्यटनमा सामान्यत: ३/४ वटा आयाम छन्। सबैभन्दा पहिले हामीले पर्यटनमा प्रविधिलाई समायोजना गर्दै अगाडि बढ्नु पर्ने छ। पहिलो त पर्यटनको गन्तव्यमा प्रवर्द्धनमा सबैभन्दा प्रभावशाली प्रविधि नै हो।
सेवाप्रदायक कामहरूमा पनि सरोकारहरूलाई सहजता गराउँदै जाने हो। प्रविधिमा क्षमता बढाउने हो। यसमा हाम्रो ध्यान न्यून नै छ। अर्को गन्तव्यको कथा तथा प्रचार गर्दै लक्षित वर्गका पुर्याउन अहिलेको सबैभन्दा महत्वपूर्ण भनेको नै प्रविधि हो। क्षमता बढाउँदै जाँदा सजक हुनुपर्ने विषय पनि छ।
प्रविधिकै कारण हाम्रो रेभेन्यूका विषयमा भने सजक हुन पर्ने छ। कारोबारको कर तथा दर्ताशुल्क होस्ट देशमा नहुन सक्छ। त्यतातिर हामी सजग हुनुपर्ने छ। अहिले थुप्रै प्लेटफम छन्। विश्वमा कुनै पनि कुनाबाट यो काम हुन सक्छ। यसमा हामी सजक हुन आवश्यक चाहिँ छ।
जति गर्नुपर्ने हो त्यति नभएको सत्य हो। तर हाम्रो प्राथमिकतामा नै छ। १०/२० वर्ष अगाडि पर्यटन प्रवर्द्धनका उपायहरूमा ब्रोसर, गाइड बुक, पोस्टर छाप्ने, लेख रचना बनाउने नै थियो। त्यही सामाग्री लिएर स्रोतबजारमा जाने र सरोकारवालहरूलाई बाँड्ने चलन थियो। जुन केही मात्रामा अहिले पनि भइरहेको छ, यो लागतको हिसाबले पनि महँगो हो।
प्रकाशनदेखि कतै लैजानसम्म बढी खर्च थियो। करोडौँ लाग्ने कुरा अहिले १०/२० लाखमै गर्न सक्ने चाहिँ प्रविधिकै कारणले भएको छ।
प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने छ। हामीले अहिले पुरानो प्रचारको शैलीमा हुने खर्चका ६० प्रतिशतले कम गरेका छौँ। उदाहरणका लागि यसअघि भारतको कुम्भ मेलामा हामीले ब्रोसर र पम्प्लेट बाँडेका थियौँ। तर अहिलेको कुम्भ मेलामा विभिन्न डिजिटल पेमेन्ट प्लेटफमदेखि सबै डिजिटलबाट नै गरेका थियौँ। जुन प्रभावकारी पनि भएको थियो।
अहिले दुई छिमेकी राष्ट्र तथा हाम्रो पर्यटकको स्रोत बजार भारत र चीनमा पनि डिजिटल प्रमोसनका लागि नै बजेट छुट्याएर काम भइरहेको छ। साथै डिजिटल प्लेटफमहरूबाट नै गन्तव्य र प्रोडक्टको प्रचार भएको छ। साथै हामीले नेपालभित्रका कन्टेनहरू पनि डिजिटल माध्यमबाट नै जान सक्ने गरी डिजाइन तथा क्युरेट गरेका छौँ।
अहिले त्यसलाई डिजिटल माध्यमा नै लैजाने गरी काम गरिहरेका छौँ। केही दिनभित्र हामी नेपालभित्रका चर्चित कन्टेन्ट निर्माता र नयाँ-नयाँ टुर प्याकेज बनाउने अपरेटहरूलाई जोड्ने कार्यक्रम पनि गर्दै छौँ।
चल्तिका सामाजिक सञ्जाल तथा साइटहरूमा हामी छौँ। फेसबुक, एक्स, इन्स्टा, टिकटकलगायतका च्यानलहरूमार्फत प्रचारका काम गरिरहेका छौँ।
यसबाहेकमा पनि पार्टनरसिपमा हामीले काम गर्नका लागि प्रयास गरिरहेका छौँ। हामीले सन् २०१८ तिर भारतमा चलाएको 'गर्मी से बेहाल चलो नेपाल' भन्ने अभियानलाई पनि विभिन्न राइडर एपमार्फत प्रचार गरिरहेका छौँ। यसबाहेक स्रोतबजारमा पनि त्यहाँ सञ्चालनमा रहेका राइडर एपहरूमार्फत नेपालको प्रचार गरिरहेका छौँ।
पहिले-पहिले हामीले मास मिडियामा काम गर्नेहरू तथा पत्रकारहरूलाई नेपाल ल्याएर घुमाउने गरेका थियौँ। यसपटक भने कन्टेन्ट क्रियटर, भ्लगरहरूलाई नेपाल घुमाउने र उनीहरूको सोसल मिडियाबाट नेपालको प्रचारप्रसार गर्ने तयारीअनुरुपमा काम भइरहेको छ।
© 2025 All right reserved to biznessnews.com | Site By : SobizTrend