बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा घट्यो, कुन बैंकको कति?

सोमबार, माघ ७ २०८१
दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको खुद नाफा घट्यो, कुन बैंकको कति?

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूले करिब २७ अर्ब ४४ करोड खुद नाफा गरेका छन्। गत वर्षको तुलनामा बैंकहरूको खुद नाफा करिब ४.६ प्रतिशतले घटेको छ।

गत वर्षको यसै अवधिमा बैंकहरूले करिब २९ अर्ब खुद नाफा गर्न सफल भएका थिए। राष्ट्र बैंकले प्रोभिजनिङ बढाएकाले बैंकहरूको नाफा घटेको हो। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकले सबैभन्दा धेरै ३ अर्ब २४ करोड खुद नाफा गर्न सफल भएको छ। यस्तै दोस्रोमा रहेको ग्लोबल आईएमई बैंकले ३ अर्ब ५ करोड खुद नाफा गरेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २ अर्ब ८३ करोड खुद नाफा गर्दै तेस्रो स्थानमा रहेको छ। यस्तै एभरेष्ट बैंकले २ अर्ब ७ करोड, एनएमबि बैंकले २ अर्ब, प्राइम कमर्सियल बैंकले १ अर्ब ८७ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ६४ करोड, हिमालयन बैंकले १ अर्ब ५२ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ३४ करोड रुपैयाँ खुद नाफा गरेका छन्। 

सानिमा बैंकले १ अर्ब १९ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब १६ करोड रुपैयाँ र कृषि विकास बैंकले करिब ९६ करोड खुद नाफा गरेका छन्। 

यसैगरी नेपाल एसबिआई बैंकले ९० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ८० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ७६ करोड रुपैयाँ, सिटिजन्स इन्टरनेशल बैंकले ६६ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ५३ करोड रुपैयाँ खुद नाफा गरेका छन्। 

कुमारी बैंकले २७ करोड ५७ लाख रुपैयाँ र एनआइसी एसिया बैंकले १५ करोड १७ लाख रुपैयाँ खुद नाफा गर्दै पुछारमा रहेका छन्।

दोस्रो त्रैमासमा हिमालयन बैंकले गर्‍यो १ अर्ब ५१ करोड खुद नाफा, अन्य सूचक कस्तो? दोस्रो त्रैमासमा हिमालयन बैंकले गर्‍यो १ अर्ब ५१ करोड खुद नाफा, अन्य सूचक कस्तो?

एनएमबि बैंकको खुद नाफा ६८.६९ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ३४ करोड एनएमबि बैंकको खुद नाफा ६८.६९ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ३४ करोड

एभरेष्ट बैंकको २ अर्ब ७ करोड खुद नाफा, खराब कर्जा घट्यो एभरेष्ट बैंकको २ अर्ब ७ करोड खुद नाफा, खराब कर्जा घट्यो

ग्लोबल आईएमई बैंकको खुद नाफा ४९.५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ६४ करोड ग्लोबल आईएमई बैंकको खुद नाफा ४९.५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ६४ करोड

प्रभु बैंकको खुद नाफा १ अर्ब ३३ करोड, अन्य सूचक कस्तो? प्रभु बैंकको खुद नाफा १ अर्ब ३३ करोड, अन्य सूचक कस्तो?

नेपाल बैंक लिमिटेडको खुद नाफा ४६ करोड, खराब कर्जा ४.९९ प्रतिशत पुग्यो नेपाल बैंक लिमिटेडको खुद नाफा ४६ करोड, खराब कर्जा ४.९९ प्रतिशत पुग्यो

कुमारी बैंकको खुद नाफा २७ करोड ५७ लाख, अन्य सूचक कस्तो? कुमारी बैंकको खुद नाफा २७ करोड ५७ लाख, अन्य सूचक कस्तो?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य घाटा २ अर्ब ८६ करोड पुग्यो, खराब कर्जा ५.८६ प्रतिशत नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य घाटा २ अर्ब ८६ करोड पुग्यो, खराब कर्जा ५.८६ प्रतिशत

एनआईसी एसिया बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्था कस्तो? एनआईसी एसिया बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्था कस्तो?

पुँजीकोषको उच्च दबाबमा नबिल बैंक, खराब कर्जा ५ प्रतिशतनजिक पुँजीकोषको उच्च दबाबमा नबिल बैंक, खराब कर्जा ५ प्रतिशतनजिक

स्टाण्डर्ड चार्टर्ड बैंकले गर्‍यो १ अर्ब ६४ करोड खुद नाफा, खराब कर्जामा सामान्य बृद्धि भएपनि वितरणयोग्य नाफा बढ्यो स्टाण्डर्ड चार्टर्ड बैंकले गर्‍यो १ अर्ब ६४ करोड खुद नाफा, खराब कर्जामा सामान्य बृद्धि भएपनि वितरणयोग्य नाफा बढ्यो

माछापुच्छ्रे बैंकले गर्‍यो ८० करोड खुद नाफा, खराब कर्जा बढ्यो, वितरणयोग्य नाफामा सुधार माछापुच्छ्रे बैंकले गर्‍यो ८० करोड खुद नाफा, खराब कर्जा बढ्यो, वितरणयोग्य नाफामा सुधार

सिटिजन्स बैंकले गर्‍यो ६६ करोड खुद नाफा, अन्य सूचक कस्तो? सिटिजन्स बैंकले गर्‍यो ६६ करोड खुद नाफा, अन्य सूचक कस्तो?

सानिमा बैंकले गर्‍यो १ अर्ब १९ करोड खुद नाफा, वितरणयोग्य नाफा १७६ प्रतिशतले बढ्यो सानिमा बैंकले गर्‍यो १ अर्ब १९ करोड खुद नाफा, वितरणयोग्य नाफा १७६ प्रतिशतले बढ्यो

नेपाल एसबिआई बैंकको वितरणयोग्य नाफा १४३ प्रतिशतले बढ्यो, घट्यो खराब कर्जा नेपाल एसबिआई बैंकको वितरणयोग्य नाफा १४३ प्रतिशतले बढ्यो, घट्यो खराब कर्जा  प्राइम कर्सियल बैंकको वितरणयोग्य नाफा १८७ प्रतिशतले वृद्धि, कस्तो छ अन्य सूचक? प्राइम कर्सियल बैंकको वितरणयोग्य नाफा १८७ प्रतिशतले वृद्धि, कस्तो छ अन्य सूचक?

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घट्यो, वितरणयोग्य घाटा १ अर्ब २६ करोड पुग्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घट्यो, वितरणयोग्य घाटा १ अर्ब २६ करोड पुग्यो

दोस्रो त्रैमासमा पनि लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतमाथि, खुद नाफामा सामान्य वृद्धि दोस्रो त्रैमासमा पनि लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतमाथि, खुद नाफामा सामान्य वृद्धि

सिद्धार्थ बैंकको वितरणयोग्य घाटा ३६ करोडले बढ्दा पुँजीकोषमाथि दबाब, खराब कर्जा ४.५० प्रतिशत पुग्यो सिद्धार्थ बैंकको वितरणयोग्य घाटा ३६ करोडले बढ्दा पुँजीकोषमाथि दबाब, खराब कर्जा ४.५० प्रतिशत पुग्यो


प्रकाशित : सोमबार, माघ ७ २०८११२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend