बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सानिमा बैंकले गर्‍यो १ अर्ब १९ करोड खुद नाफा, वितरणयोग्य नाफा १७६ प्रतिशतले बढ्यो

सोमबार, माघ ७ २०८१
सानिमा बैंकले गर्‍यो १ अर्ब १९ करोड खुद नाफा, वितरणयोग्य नाफा १७६ प्रतिशतले बढ्यो

यस अवधिमा बैंकको खराब कर्जा उल्लेख्य वृद्धि भएको छ। गत वर्ष १.७२ प्रतिशत रहेको खराब कर्जा बढेर ३.२२ प्रतिशत पुगेको छ।

काठमाडौं- सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १९ करोड खुद नाफा गर्न सफल भएको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा करिब १३ करोडले घटेको छ भने इम्पियरमेन्ट चार्ज ८४ करोड ५० लाखबाट घटेर ७६ करोड १९ लाखमा सीमित भएको छ।

यस अवधिमा बैंकको खराब कर्जा उल्लेख्य वृद्धि भएको छ। गत वर्ष १.७२ प्रतिशत रहेको खराब कर्जा बढेर ३.२२ प्रतिशत पुगेको छ।

गत वर्ष बैंकले संयमतापूर्वक लाभांश वितरण गरेकाले बैंकको वितरणयोग्य नाफामा भने उल्लेख्य वृद्धि देखिएको छ।

गत वर्षको पुस मसान्तमा ६५ करोड १४ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा यस वर्ष बढेर करिब १ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ। बैंकको वितरणयोग्य नाफा करिब १७६ प्रतिशतले बढेको छ।

प्रकाशित : सोमबार, माघ ७ २०८१११:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend