शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर

बुधबार, जेठ २० २०८३
बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर

साइमेक्सले बजेटअघिको एक महिनामा सबैभन्दा बढी ८ सय ४० वटा एटो टू नेपाल भित्र्याएको छ। सिलायन सेभेन १ सय ४५, एटो वन ४ सय ९ र एटो थ्री २ वटा गरी एक महिनामै १ हजार ३ सय ९६ वटा सवारी जाँचपास गरेको थियो।

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बजेटअघि नै कर बढ्ने सूचना पाउँदा ठूलो गडबडी देखिएको छ। साइमेक्सले कर बढ्ने सूचना पाएर बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा वीवाईडी कार भन्सार छुटाएको हो। जसमा सरकारलाई आउने १ अर्ब २ करोड ७१ लाख ८२ हजार ५५ रुपैयाँ कर गुमेको छ। 

अर्थ प्रशासन र भन्सार प्रशासनको गम्भीर लापरबाहीले राज्यले १ अर्ब रुपैयाँभन्दा बढी कर गुमाउन पुगेको हो। साइमेक्स इंक प्रालिलाई कर बदलिने सूचना पाएसँगै अस्वाभाविकरूपमा बीवाईडीका विद्युतीय कार जाँचपास गराएको फेला परेको हो। साइमेक्सले बजेटपछि उक्त संख्यामा बीवाईडीका कार छुटाएको भए राज्यले थप १ अर्ब २ करोड ७१ लाख ८२ हजार ५५ रुपैयाँ कर पाउँथ्यो।

साइमेक्सले बजेटअघिको मे महिनामा मात्रै १ हजार ३ सय ९६ वटा विद्युतीय सवारी मुस्ताङ र रसुवा नाकाबाट जाँच पास गराएको थियो। साइमेक्सले नेपालमा सवारी बिक्री गर्न थालेपछि एकै महिनामा भित्र्याएको सवारीको संख्या अहिलेसम्मकै बढी हो। बजेटअघि साइमेक्सले भित्र्याएको गाडीबाट राज्यले पाउने कर कम थियो।

साइमेक्सले बजेटअघिको एक महिनामा सबैभन्दा बढी ८ सय ४० वटा एटो टू नेपाल भित्र्याएको छ। यसैगरी साइमेक्सले सिलायन सेभेन १ सय ४५, एटो वान ४ सय ९ र एटो थ्री २ वटा गरी एक महिनामै १ हजार ३ सय ९६ वटा सवारी जाँचपास गरेको थियो।

बजेटअघि र बजेटपछि करको दरमा निकै बदलाव आएको छ। आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारीमा मोटर पिक पावरका आधारमा कर लाग्ने व्यवस्था थियो भने यही जेठ १५ गते अर्थमन्त्री स्वर्णिम वाग्लेले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटमा पिक पावर हटाएर मूल्यका आधारमा कर लाग्ने व्यवस्था आयो।

यसअघि लाग्दै आएको अन्तःशुल्क खारेज गरेर सबै विद्युतीय कारमा २० प्रतिशत भन्सार लगाइ मूल्यका आधारमा स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था नयाँ आर्थिक विधेयकमा आयो। 

साइमेक्सले ल्याएका बीवाईडीका विद्युतीय कार अघिल्लो बजेटमा एटो वान ५० किलोवाट र एटो टू, एटो थ्री र सिलायन सेभेन तीनवटै १ सय किलोवाट मोटर पावरको करका दरमा छुट्दै आएका थिए। ५० किलोवाटसम्म मोटर भएका विद्युतीय सवारीमा १५ प्रतिशत भन्सार, ५ प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत सडक मर्मत दस्तुर साथै ५० देखि १ सय किलोवाटसम्मका विद्युतीय कारमा २० प्रतिशत भन्सार, १५ प्रतिशत अन्तःशुल्क र ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था थियो।

जेठ १५ मा आएको बजेटअनुसार सबै विद्युतीय कारमा २० प्रतिशत भन्सार लाग्ने व्यवस्था छ। त्यसपछि मूल्यका आधारमा २० लाख रुपैयाँसम्म सीआईएफ भ्यालु भएका विद्युतीय कारमा २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र २.५ प्रतिशत नै सडम मर्मत दस्तुर, २० देखि ३० लाख रुपैयाँसम्मका गाडीमा २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्छ।

त्यस्तै ३० देखि ४० लाख रुपैयाँ सीआईएफ मूल्य भएका कारमा २० प्रतिशतमा १५ प्रतिशत थपगरी ३५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्छ। ४० देखि ५० लाख रुपैयाँ सीआईएफ मूल्यको विद्युतीय कारमा २० प्रतिशतमा ७० प्रतिशत थपगरी ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क र ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था छ। 

मोडलअनुसार पुरानो र नयाँ करका दरमा हिसाब गर्दा राज्यले कति गुमायो?

सिलायन सेभेन

साइमेक्सले बजेट अगाडिको एक महिनामा १ सय ४५ वटा सिलायन सेभेन गाडी नेपाल ल्याएको छ। एउटा सिलायन सेभेनको सीआईएफ (कस्ट, फ्रेड एन्ड इन्स्योरेन्स) भ्यालु १ लाख ९० हजार ४ सय २५ चिनियाँ युआन रहेको छ।

१ चिनियाँ युआनबराबर नेपाली रुपैयाँ २२ रुपैयाँ ५० पैसा रहेको छ। सोही हिसाबमा एउटा सिलायन सेभेनको भन्सार बिन्दुमा आइपुग्दाको सीआईएफ भ्यालु ४२ लाख ८४ हजार ५ सय ६२ रुपैयाँ हुन्छ।

नयाँ करका दरअनुसार अब यो गाडीको ल्यान्डिङ कस्टको हिसाब हेरौँ

- सिलायन सेभन प्रतिगोटा १ लाख ९० हजार ४ सय २५ युआन

- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा  ४२ लाख ८४ हजार ५ सय ६२ रुपैयाँ

- २० प्रतिशत भन्सार  लाग्दाको मूल्य ८ लाख ५६ हजार ९ सय १२

- २० प्रतिशत भन्सार पछिको मूल्य ५१ लाख ४१ हजार ४ सय ७४ रुपैयाँ

- ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्दाको रकम  ४६ लाख २७ हजार ३ सय २७ रुपैयाँ

- ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्कपछि गाडीको मूल्य  ९७ लाख ६८ हजार ८ सय १ रुपैयाँ

- ५ प्रतिशत सडक सम्भार  तथा मर्मत शुल्कलाग्दाको रकम  ४ लाख ८८ हजार ४ सय ४० रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत दस्तुरपछि गाडीको मूल्य १ करोड २ लाख ५७ हजार २ सय ४१ रुपैयाँ

- १३ प्रतिशत भ्याट लाग्दाको रकम १३ लाख ३३ हजार ४ सय ४१ रुपैयाँ

- १३ प्रतिशत भ्याटपछि गाडीको ल्यान्डिङ कस्ट  १ करोड १५ लाख  ९० हजार ६ सय ८२ रुपैयाँ

पुरानो करका दरअनुसार अब यो गाडीको ल्यान्डिङ कस्टको हिसाब हेरौँ

- सिलायन सेभन प्रतिगोटा १ लाख ९० हजार ४ सय २५ युआन

- १ युआनबराबर २२।५० रुपैयाँको हिसाबमा  ४२ लाख ८४ हजार ५ सय ६२ रुपैयाँ

- २० प्रतिशत भन्सार  लाग्दाको मूल्य  ८ लाख ५६ हजार ९ सय १२

- २० प्रतिशत भन्सार पछिको मूल्य ५१ लाख ४१ हजार ४ सय ७४ रुपैयाँ

- १५ प्रतिशत अन्तःशुल्क लाग्दाको रकम  ७ लाख ७१ हजार २ सय २१ रुपैयाँ

- १५ प्रतिशत अन्त:शुल्क शुल्कपछि गाडीको मूल्य  ५९ लाख १२ हजार ६ सय ९५ रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दाको रकम  २ लाख ९५ हजार ६ सय ३४ रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत दस्तुरपछि गाडीको मूल्य ६२ लाख ८ हजार ३ सय २९ रुपैयाँ

- १३ प्रतिशत भ्याट लाग्दाको रकम ७ लाख ७१ हजार ६ सय ६ रुपैयाँ

- १३ प्रतिशत भ्याटपछि गाडीको ल्यान्डिङ कस्ट ६९ लाख  ७९ हजार ९ सय ३५ रुपैयाँ

नयाँ र पुरानो  कर दरमा हिसाब गर्दा राज्यलाई प्रति गाडी ४६  लाख १० हजार ७ सय ४६ रुपैयाँ कर कम भएको छ। यसगरी १ सय ४५ वटा गाडीबाट कुल ६६ करोड ८५ लाख ५८ हजार १ सय  ७०  रुपैयाँ राज्यलाई कर घाटा लागेको छ।

एटो टू

साइमेक्सले बजेटअघिको एक महिनामै ८ सय ४० वटा एटो टू नेपाल ल्याएको छ। एउटा एटो टू को सीआईएफ भ्यालु १ लाख ९ हजार ६१ चिनियाँ युआन रहेको छ।

१ चिनियाँ युआनबराबर नेपाली रुपैयाँ २२ रुपैयाँ ५० पैसा रहेको छ। सोही हिसाबमा एउटा एटो टू भन्सार बिन्दुमा आइपुग्दाको सीआईएफ भ्यालु २४ लाख ५३ हजार ८ सय ७९ रुपैयाँ हुन्छ।

नयाँ  करका दरअनुसार अब यो गाडीको ल्यान्डिङ लागतको हिसाब हेरौँ

- एटो टू प्रतिगोटा १ लाख ९ हजार ६१ युआन

- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा  २४ लाख ५३ हजार ८ सय ७९ रुपैयाँ

- २० प्रतिशत भन्सार लाग्दाको मूल्य  ४ लाख ९० हजार ७ सय ७५ रुपैयाँ

- २० प्रतिशत भन्सार पछिको मूल्य २९ लाख ४४ हजार ६ सय ५४ रुपैयाँ

- २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्दाको रकम ५ लाख ८८ हजार ९ सय ३० रुपैयाँ

- २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्कपछि गाडीको मूल्य ३५ लाख ३३ हजार ५ सय ८४ रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दाको रकम  १ लाख ७६ हजार ६ सय ७९ रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत दस्तुरपछि गाडीको मूल्य ३७ लाख १० हजार २ सय ६३ रुपैयाँ

- १३ प्रतिशत भ्याट लाग्दाको रकम ४ लाख ६१ हजार १ सय ३२ रुपैयाँ

- १३ प्रतिशत भ्याटपछि गाडीको ल्यान्डिङ कस्ट ४१ लाख ७१ हजार ३ सय ९५ रुपैयाँ

पुरानो करका दर अनुसार गाडीको ल्यान्डिङ लागतको हिसाब हेरौँ

- एटो टू प्रतिगोटा १ लाख ९ हजार ६१ युआन

- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा  २४ लाख ५३ हजार ८ सय ७९ रुपैयाँ

- २० प्रतिशत भन्सार लाग्दाको मूल्य ४ लाख ९० हजार ७ सय ७५ रुपैयाँ

- २० प्रतिशत भन्सारपछिको मूल्य २९ लाख ४४ हजार ६ सय ५४ रुपैयाँ

- अन्त:शुल्क १५ प्रतिशत लाग्दा ४ लाख ४१ हजार ६ सय ९८ रुपैयाँ

- अन्त:शुल्क १५ प्रतिशत पछिको मूल्य  ३३ लाख ८६ हजार ३ सय ५२ रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दा १ लाख ६९ हजार ३ सय १७ रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत दस्तुरपछिको मूल्य ३५ लाख ५५ हजार ६ सय ६९ रुपैयाँ

- १३ प्रतिशत भ्याट लाग्दाको रकम ४ लाख ६२ हजार २ सय ३७ रुपैयाँ

- १३ प्रतिशत भ्याटपछिको गाडीको ल्यान्डिङ कस्ट ४० लाख १७ हजार ९ सय ६ रुपैयाँ

नयाँ र पुरानो  कर दरमा हिसाब गर्दा राज्यलाई प्रतिगाडी १ लाख ५३ हजार ४ सय ८८ रुपैयाँ कर कम भएको छ। यसैगरी ८ सय ४० वटा गाडीबाट कुल १२ करोड ८९ लाख २९ हजार ९ हजार २० रुपैयाँ राज्यलाई कर घाटा लागेको छ।

एटो वान

साइमेक्सले बजेट अगाडिको एक महिनामै ४ सय ९ वटा एटो वान नेपाल ल्याएको छ। एउटा एटो वानको सीआईएफ भ्यालु ८९ हजार ९ सय ९१ चिनियाँ यूआन रहेको छ।

१ चिनियाँ युआनबराबर नेपाली रुपैयाँ २२ रुपैयाँ ५० पैसा रहेको छ। सोही हिसाबमा एउटा एटो वान भन्सार बिन्दुमा आइपुग्दाको सीआईएफ भ्यालु २० लाख २४ हजार ८ सय १३ रुपैयाँ हुन्छ।

नयाँ करका दरअनुसार अब यो गाडीको ल्यान्डिङ कस्टको हिसाब हेरौँ

- एटो वान प्रतिगोटा ८९ हजार ९ हजार ९१ युआन

- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा  २० लाख २४ हजार ८ सय १३ रुपैयाँ

- २० प्रतिशत भन्सार  लाग्दाको मूल्य ४ लाख ०४ हजार ९ सय ६२ रुपैयाँ

- २० प्रतिशत भन्सार पछिको मूल्य २४ लाख २९ हजार ७ सय ७५ रुपैयाँ

- २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्दाको रकम ४ लाख ८५ हजार ९ सय ५५ रुपैयाँ

- २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्कपछि गाडीको मूल्य २९ लाख १५ हजार ७ सय ३० रुपैयाँ

 -५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दाको रकम १ लाख ४५ हजार ७ सय ८६ रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत दस्तुरपछि गाडीको मूल्य ३० लाख ६१ हजार ५ सय १६ रुपैयाँ

- १३ प्रतिशत भ्याट लाग्दाको रकम ३ लाख ९७ हजार ९ सय ९७ रुपैयाँ

- १३ प्रतिशत भ्याटपछि गाडीको ल्यान्डिङ कस्ट ३४ लाख ५९ हजार ५ सय १३ रुपैयाँ

पुरानो करका दर अनुसार गाडीको ल्यान्डिङ लागतको हिसाब हेरौँ

- एटो वान प्रतिगोटा ८९ हजार ९ हजार ९१ युआन

- १ युआनबराबर २२.५० रुपैयाँको हिसाबमा २० लाख २४ हजार ८ सय १३ रुपैयाँ

- १५ प्रतिशत भन्सार  लाग्दाको मूल्य  ३ लाख ३ हजार ७ सय ७१ रुपैयाँ

- १५ प्रतिशत भन्सारपछिको मूल्य २३ लाख २८ हजार ५ सय ३४ रुपैयाँ

- अन्त:शुल्क ५ प्रतिशत लाग्दा १ लाख १६ हजार ४ सय २६ रुपैयाँ

- अन्त:शुल्क ५ प्रतिशतपछिको मूल्य २४ लाख ४४ हजार ९ सय ६०रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्दा १ लाख २२ हजार २ सय ४८ रुपैयाँ

- ५ प्रतिशत सडक मर्मत मर्मतपछिको मूल्य २५ लाख ६७ हजार २ सय ८ रुपैयाँ

-१३ प्रतिशत भ्याट लाग्दाको रकम ३ लाख ३३ हजार ७ सय ३७ रुपैयाँ

-१३ प्रतिशत भ्याटपछिको गाडीको ल्यान्डिङ कस्ट २९ लाख ९ सय ४५ रुपैयाँ 

नयाँ र पुरानो कर दरमा हिसाब गर्दा राज्यलाई प्रतिगाडी ५ लाख ५८ हजार ५ सय ६७ रुपैयाँ कर कम भएको छ। यसैगरी ४ सय ९ वटा गाडीबाट कुल २२ करोड ८४ लाख ५३ हजार ९ हजार ३ रुपैयाँ राज्यलाई कर घाटा लागेको छ।

यसैगरी साइमेक्सले मे महिनमा २ वटामात्रै एटो थ्री नेपाल भित्र्याएको छ। पुरानो र नयाँ कर दरको हिसाबमा २ वटा एटो थ्रीबाट सरकारलाई १२ लाख ४० हजार ६२ रुपैयाँ राजस्व कम भएको छ।

मथि उल्लेखित सवारीसाधनको लागत अर्थात ल्यान्डिक कस्टमा साइमेक्सले खर्च तथा नाफासमेत जोडेर अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) राखेर बिक्री गर्छ। लागतमा प्रतिगाडी ५ लाख रुपैयाँ नाफा राख्ने हो भने यो ५ लाख रुपैयाँमा पनि १३ प्रतिशत भ्याट लाग्छ। लागत मूल्यमा यसअघि नै भ्याट लगाइ हिसाब गरिएको छ।

१ हजार ३ सय ९६ वटा गाडीमा ५ लाख रुपैयाँ नाफा राख्दा यो मूल्यको १३ प्रतिशत भ्याट (प्रतिगाडी ६५ हजार रुपैयाँ) लगाउँदा राज्यलाई थप ९ करोड ७ लाख रुपैयाँभन्दा बढी भ्याट आम्दानी हुने थियो। 

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास

कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 


प्रकाशित : बुधबार, जेठ २० २०८३१६:३१
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend