मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

गोरखा ब्रुअरीको एकाधिकार कायम भएको भन्दै राज ब्रुअरी खरिद गर्ने सम्झौताविरुद्ध चार कम्पनीले हाले मुद्दा

दशकदेखि लाइसेन्स रोकेर दुई तिहाइ बजार भएको कम्पनी पोस्ने सरकारको नीति

मंगलबार, असार ३० २०८३
गोरखा ब्रुअरीको एकाधिकार कायम भएको भन्दै राज ब्रुअरी खरिद गर्ने सम्झौताविरुद्ध चार कम्पनीले हाले मुद्दा

६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गोरखा ब्रुअरी आफैमा जायन्ट कम्पनी हो। उत्पादन क्षमता तथा वितरणको भोल्युममा पनि गोरखाको एकल साम्राज्य जस्तै छ।

काठमाडौं- नेपाली बियर बजारमा करिब दुई तिहाइ बजार हिस्सा भएको गोरखा ब्रुअरीले राज ब्रुअरी खरिद गर्दै एकाधिकार कायम गर्न खोजेको र उक्त काम कानूनविपरीत भन्दै अरु चार कम्पनीले उजुरी दिएका छन्।

कानूनविपरीको अभ्यासलाई कम्पनी रजिष्ट्रार तथा उद्योग विभागबाटसमेत सदर भएको भन्दै यति, याक, सीजी र हिमालयन ब्रुअरीले प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्डमा उजुरी दिएका हुन्।

कानूनविपरीत यो खरिद सम्झौता भएको उनीहरूको दाबी छ। बजारमा एकाधिकार कायम गरेर एउटै कम्पनीको हातमा बजार सुम्पिने खेल भएकाले यसलाई रद्द गर्न उनीहरूले माग गरेका छन्।

भएको के हो?

६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गोरखा ब्रुअरी आफैमा जायन्ट कम्पनी हो। उत्पादन क्षमता तथा वितरणको भोल्युममा पनि गोरखाको एकल साम्राज्य जस्तै छ। यति ठूलो कम्पनीले अर्को बियर उत्पादक कम्पनीलाई गाभेको छ। खेतान समूह गोरखा ब्रुअरीबाट बाहिरिएपछि स्थानीय साझेदारका रुपमा ब्रुअरीलाई नै गाभेर भित्र्याएको छ।

गोरखा ब्रुअरी नेपाली बजारमा उत्पादन र वितरणका हिसाबले एक नम्बरमात्र होइन उसका पछाडि कुनै पनि प्रतिस्पर्धी निकटसम्म छैनन्। गोरखाको हिस्सा ६० प्रतिशत आसपास छ भने दोस्रो कम्पनीको १६ प्रतिशत छ। बजारमा एकछत्र जस्तै भएको कम्पनीले उस्तै प्रकृतिको अर्को उद्योगलाई गाभ्दा प्रतिस्पर्धा झन सीमित हुने र एकाधिकार प्रबर्द्धन हुने जोखिम रहे पनि उद्योगले सहमति दिएर खरिद सम्झौतसमेत भइसकेको छ।

कुनै पनि उद्योग व्यवसाय एकआपसमा गाभिने, खरिद बिक्री हुनका लागि कुनै कानूनी अड्चन नभएपनि जब एकाधिकारको कुरा र सम्भावना हुन्छ तब कानूनी व्यवस्था गरेको छ। प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ ले यो सम्बन्धि व्यवस्था गरेको छ। ऐनको दफा ५ मा नियन्त्रित व्यापारिक अभ्यासका लागि उस्तै प्रकृतिको अर्को उद्योगसँग मिल्न, गाभिन वा आफ्नो सहायक कम्पनीसँग मिलेर ५० प्रतिशतभन्दा धेरै सेयर खिरिद गर्न वा टेकओभर गर्न नसक्ने व्यवस्था गरिएको छ।

प्रतिस्पर्धा नियन्त्रण वा नियन्त्रित व्यापरिक अभ्यासको नियतको प्रष्टीकरण पनि उक्त दफामै उल्लेख गरिएको छ। जसमा कुनै पनि दुई उद्योग वा कम्पनी मिसिँदा कूल उत्पादन वा वितरणमध्ये चालिस प्रतिशतभन्दा बढी उत्पादन वा वितरण हुने भएमा प्रतिस्पर्धा नियन्त्रणको नियत ठहर हुने उल्लेख गरिएको छ।

मदिराको उत्पादनमा राज्यको प्रत्यक्ष निगरानी हुने भएकाले कुन उद्योगको उत्पादन कति हुन्छ र समग्र देशको उत्पादन कति हो भन्ने कुरा तथ्यांक हुन्छ। स्रोतका अनुसार हामीलाई प्राप्त विवरणअनुसार गोरखा ब्रुअरीको उत्पादन ५५ प्रतिशतमाथि रहेको छ। राज ब्रुअरी भने लामो समयदेखि पछिल्लो समय निरन्तर ओरालो लागेको उद्योग हो। यसको हिस्सा २ प्रतिशत रहेको छ।

गोरखा ब्रुअरीले लामो समयदेखि क्षमता विस्तारको अनुमति मागिरहेको थियो। तर सरकारले क्षमता विस्तारको अनुमति भने दिएको थिएन। एकातिर क्षमता विस्तारको अनुमति अड्काएर राख्ने तर अर्कोतिर चलिरहेको अर्को ब्रुअरी खरिदमा भने स्वीकृति दिएको थियो। कुनै पनि उद्योगले क्षमता विस्तारको भने सहजै स्वीकृति पाउनुपर्नेमा वर्षौँदेखि अड्काउने तर संकटमा परेको उद्योग मिसाउन खोज्दा भने सहजै अनुमति दिन खोजिएको छ।

राज ब्रुअरी आधुनिक उत्पादन कारखाना भएको उद्योग हो। बडभाइजर तथा वार्स्टाइनार जस्ता विश्व प्रशिद्ध ब्रान्ड उत्पादन गर्दा बनेको उक्त उद्योग ती बियर नचलेपछि बन्द हुनै लागेको थियो। खरिद बिक्रीपूर्व नै उत्पादन करार गरेर उत्पादन गरेर राज ब्रुअरीको लस ट्राफिकिङ तथा गोरखा ब्रुअरीले फ्रफिट रिजर्भ गरेको थियो।

बजारको एकाधिकारमा सरकारकै साथ : कानून अवज्ञा गरेर गोर्खा ब्रुअरीमा राज ब्रुअरी विलय बजारको एकाधिकारमा सरकारकै साथ : कानून अवज्ञा गरेर गोर्खा ब्रुअरीमा राज ब्रुअरी विलय

राज ब्रुअरी खरिदमा राज्य संयन्त्रलाई झुक्याउन गोर्खा ब्रुअरीले गरेको तीन बदमासी राज ब्रुअरी खरिदमा राज्य संयन्त्रलाई झुक्याउन गोर्खा ब्रुअरीले गरेको तीन बदमासी

मदिरा उद्योगमा १३ वर्षदेखि नयाँलाई प्रवेश बन्द, मोनोपोली गर्न गोर्खा र राज ब्रुअरीलाई एक बनाउने खेल मदिरा उद्योगमा १३ वर्षदेखि नयाँलाई प्रवेश बन्द, मोनोपोली गर्न गोर्खा र राज ब्रुअरीलाई एक बनाउने खेल

गोर्खा ब्रुअरीले लिँदै राज ब्रुअरी : कानूनविपरीत गएर  बजारमा मोनोपोली गर्ने प्रपञ्च गोर्खा ब्रुअरीले लिँदै राज ब्रुअरी : कानूनविपरीत गएर बजारमा मोनोपोली गर्ने प्रपञ्च


प्रकाशित : मंगलबार, असार ३० २०८३१८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend