शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग

मंगलबार, जेठ १९ २०८३
कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग

प्रतिवेदन तयार गर्नुअघि प्रारम्भिक अनुसन्धानबाट ‘गम्भीर त्रुटी’ भेटिएपछि अर्थमन्त्रालयको निर्देशनमा भन्सार विभागले रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहितको टिमलाई भन्सार ताकिएको हो।

काठमाडौं- भन्सारमा गाडी नआउँदै कागजको भरमा गाडी जाँचपास गराएको पाइएपछि अर्थ मन्त्रालयको निर्देशनमा रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहितको टिमलाई भन्सार विभाग तानिएको हो। मंगलबार नै बिजनेस न्युजले ‘बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै कागजमा मात्रै बीवाईडीका गाडी जाँचपास’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। 

बजेटमा कर बढ्न सक्नेलगायत कारणले त्यसअघि नै गाडी जाँचपास गराउँदा कम कर लाग्ने भएकाले गाडी नै भन्सार नाका नआइपुग्दै सयौँ विद्युतीय गाडी रसुवा भन्सार कार्यालयले जाँचपास गरेको थियो। जेठ १५ गते शुक्रबार बजेट आउनु दुई दिनअघि बुधबार र बिहीबार रसुवा भन्सार कार्यालयले नाकामा गाडी नआउँदै बीवाईडीका विद्युतीय कार जाँचपास गरिदिएको थियो। 

बीवजाईडीले जेठ १३ र १४ वा त्यसभन्दा अघि प्रज्ञापन पत्र जारी गर्न लगाएको थियो। बाटोमा गाडी आउँदै छ भनेर बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले रसुवा भन्सार कार्यालयबाट १ सय ८७ वटा गाडीको प्रज्ञापन पत्र बनाइ कर समेत तिरेको थियो। तर त्यसरी प्रज्ञापन पत्र जारी भएका मध्ये २०÷३० वटा मात्र बीवाईडीका विद्युतीय कार भन्सार पास भएका छन् भने बाँकी कार चीनतर्फ नै छन्। 

यस विषयमा भन्सार विभागयले आइतबार साँझ नै अनुसन्धानका लागि विशेष टोली रसुवा पठाएको थियो। सो टोलीले सोमबार बिहानैदेखि जाँचपास भएका प्रज्ञापन पत्र, सीसीटीभी फुटेज, जाँचपास भएर आउने गाडीको गेटपासलगायतको अध्ययन थालेको थियो। मंगलबार अनुसन्धान टालीले भन्सार विभाग र अर्थमन्त्रालयका अधिकारीहरुलाई बिफिङ गरेको थियो। 

प्रतिवेदन तयार गर्नुअघि प्रारम्भिक अनुसन्धानबाट ‘गम्भीर त्रुटी’ भेटिएपछि अर्थमन्त्रालयको निर्देशनमा भन्सार विभागले रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईसहितको टिमलाई भन्सार ताकिएको हो। 

त्यस्तै बजेट आउनुअघि बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिलाई ईभीमा कर बदलिएर बढ्ने सूचना पाएर उसले बजेटअघि छुटाएको गाडी संख्याबाट प्रष्ट हुन्छ। यसअघि बजेट पहिले साइमेक्सले कुनै पनि वर्ष यतिधेरै संख्यामा गाडी छुटाएको थिएन। 

साइमेक्स इंक प्रालिले बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा बीवाईडीका कार भन्सार जाँचपास गराएको हो। भन्सार विभागको तथ्यांकअनुसार २०२६ मेमा साइमेक्सले १ हजार ३ सय ९६ वटा कार भन्सार छुटाउँदा बजेटअघिको १५ दिनमा मात्र १ हजार १ सय २१ वटा गाडी छुटाएको पाइएको हो। यसरी गाडी छुटाउँदा १ सय ५० भन्दा धेरै गाडी जागजमा मात्र जाँचपास भएको थियो। सोही विषयमा भन्सार विभागले अनुसन्धान गर्न विशेष टोली रसुवा पठाएको थियो। 

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 


प्रकाशित : मंगलबार, जेठ १९ २०८३१९:१७
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend