बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सिद्धार्थ बैंकको वितरणयोग्य घाटा ३६ करोडले बढ्दा पुँजीकोषमाथि दबाब, खराब कर्जा ४.५० प्रतिशत पुग्यो

सोमबार, माघ ७ २०८१
सिद्धार्थ बैंकको वितरणयोग्य घाटा ३६ करोडले बढ्दा पुँजीकोषमाथि दबाब, खराब कर्जा ४.५० प्रतिशत पुग्यो

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५३ करोड खुद नाफा गरेपनि खराब कर्जा बढेकाले सिद्धार्थ बैंक पुँजीकोषको दबाबमा फस्ने निश्चित भएको छ।

पुँजीकोषमाथिको दबाब कम गर्न भन्दै बैंकले गत साधारणसभामार्फत अग्राधिकार सेयरको प्रस्ताव गरेको छ। यद्यपी राष्ट्र बैंकले हालसम्म अग्राधिकार सेयरको अनुमति नदिएकाले बैंक अहिले टायरवान क्यापिटलको दबाबमा देखिएको छ। 

गत आर्थिक वर्ष ४ प्रतिशत नगद लाभांश वितरण गरेपछि सिद्धार्थ बैंक पुँजीकोषको दबाबमा फस्ने देखिएको छ। हाल बैंकको प्राथमिक पुँजीकोष ९.०५ प्रतिशतमा आएको छ। गत वर्षको यसै अवधिमा बैंकको पुँजीकोष ९.१५ प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको वितरणयोग्य घाटा ३६ करोड १९ लाख रुपैयाँ पुगेको छ। अर्कोतर्फ बैंकको खराब कर्जा २.५६ प्रतिशतबाट बढेर ४.५० प्रतिशत पुग्दा बैंकको वितरणयोग्य नाफामा चाप देखिएको हो। 

वितरणयोग्य नाफा ऋणात्मक भएकाले बैंकको प्राथमिक पुँजीकोषमा गिरावट देखिएको हो। यस अवधिमा बैंकले थप १० अर्ब कर्जा लगानी बढाएकाले पनि बैंकको कुल जोखिम भारित सम्पत्तिमा वृद्धि देखिएकाले बैंकको प्राथमिक पुँजीमा चाप देखिएको हो। 

अर्कोतर्फ बैंकले बजारबाट उठाएको ऋणपत्र बैंकका लागि घातक बन्दै गएको छ। गत वर्ष राष्ट्र बैंकले ठूलो मात्रामा रिडेम्बसन अफ डिबेन्चरका लागि नाफाबाट प्रोभिजनिङ गराएपछि बैंकको वितरणयोग्य नाफा उल्लेखीय रुपमा घटेको थियो। 

डिबेन्चर परिपक्व हुँदै गएको र भुक्तानीका लागि रकम आवश्यक पर्ने भन्दै राष्ट्र बैंकले प्रोभिजनिङ बढाएको हो। यस वर्ष पनि बैंकले यस शीर्षकमा नाफाबाट थप रकम छुट्याएको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८११२:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend