सोमबार, असार २२ गते २०८३    
सोमबार, असार २२ २०८३

१० महिनामा वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा, नबिल पहिलो हुँदा ग्लोबल दोस्रो

बिहीबार , जेठ २९ २०८२
१० महिनामा वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा, नबिल पहिलो हुँदा ग्लोबल दोस्रो

यस्तै, एभरेष्ट बैंकले ३ अर्ब ९० करोड रूपैयाँ, नेपाल बैंक लिमिटेडले ३ अर्ब २८ करोड रूपैयाँ खुद नाफा गरेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिना (साउनदेखि बैशाख मसान्तसम्म) मा वाणिज्य बैंकहरुले ४७ अर्ब ७९ करोड रूपैयाँ खुद नाफा गरेका छन्।

चैत मसान्तसम्म ४१ अर्ब २५ करोड खुद नाफा गरेका बैंकहरुको नाफा यस महिना १५.८६ प्रतिशतले बढेको छ।

यस अवधिसम्ममा सबैभन्दा धेरै खुद नाफा नबिल बैंकले गरेको छ। यस अवधिमा यस बैंकले ५ अर्ब ६० करोड खुद नाफा गरेको छ।

सबैभन्दा बढी नाफा गर्ने बैंकहरुको सूचीमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ। यस बैंकले ५ अर्ब ३५ करोड रूपैयाँ खुद नाफा गरेको छ।

तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ५ अर्ब २ करोड खुद नाफा गर्न सफल भएको छ। 

यस्तै, एभरेष्ट बैंकले ३ अर्ब ९० करोड रूपैयाँ, नेपाल बैंक लिमिटेडले ३ अर्ब २८ करोड रूपैयाँ खुद नाफा गरेको छ।

यस्तै, एनएमबि बैंकले २ अर्ब ६८ करोड रूपैयाँ, प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड रूपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड रूपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब १५ करोड रूपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब १ करोड रूपैयाँ, प्रभु बैंकले २ अर्ब रूपैयाँ खुद नाफा गरेका छन्।

यसैगरी, सानिमा बैंकले १ अर्ब ८७ करोड रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड रूपैयाँ, कृषि विकास बैंकले १ अर्ब ७३ करोड रूपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड रूपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब ३१ करोड रूपैयाँ र सिटिजन्स बैंकले १ अर्ब १८ करोड रूपैयाँ खुद नाफा गरेका छन्।

यस अवधिमा सबैभन्दा कम खुद नाफा एनआईसी एसिया बैंकले ४७ करोड ८७ लाख रूपैयाँ रहेको छ।

यस्तै, १ अर्बभन्दा कम खुद नाफा कमाउने बैंकहरुमा हिमालयन बैंक र कुमारी बैंक रहेका छन्। हिमालयन बैंकले ६८ करोड ३४ लाख रूपैयाँ र कुमारी बैंकले ४८ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ।


प्रकाशित : बिहीबार , जेठ २९ २०८२१८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend