बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दोस्रो त्रैमासमा पनि लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतमाथि, खुद नाफामा सामान्य वृद्धि

सोमबार, माघ ७ २०८१
दोस्रो त्रैमासमा पनि लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५ प्रतिशतमाथि, खुद नाफामा सामान्य वृद्धि

काठमाडौं- लक्ष्मी सनराइज बैंकको खराब कर्जा यो वर्षको दोस्रो त्रैमासमा पनि ५ प्रतिशतमाथि पुगेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि बैंकको खराब कर्जा ५ प्रतिशतमाथि पुगेको थियो। 

यस त्रैमासमा लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.६७ प्रतिशत पुगेको थियो। पहिलो त्रैमासमा बैंकको खराब कर्जा ५.४४ प्रतिशत रहेको थियो। यस त्रैमासमा राष्ट्र बैंकले १ अर्ब ९२ करोड रुपैयाँ प्रोभिजनिङ गरेपछि बैंकको खराब कर्जा ५ प्रतिशतमाथि पुगेको हो। 

खराब कर्जा बढेपनि बैंकले यस वर्ष दोस्रो त्रैमासमा १ अर्ब १६ करोड खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५ करोड खुद नाफा गरेको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३६ करोड ८५ लाख रुपैयाँमा सिमित भएको छ।

गत वर्ष १ अर्ब १५ करोड नगद लाभांश र ६ करोड १० लाख नगद लाभांश दिएकाले बैंकको वितरणयोग्य नाफामा कमी आएको हो। खराब कर्जामा भएको वृद्धिसँगै बैंकको प्राथमिक पुँजीकोषमा पनि दबाब पर्न थालेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको प्राथमिक पुँजीकोष ९.६१ प्रतिशतमा आएको छ। विगत १ वर्षमा बैंकले करिब २० अर्ब रुपैयाँ थप कर्जा लगानी गरेको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend