बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाल बैंक लिमिटेडको खुद नाफा ४६ करोड, खराब कर्जा ४.९९ प्रतिशत पुग्यो

सोमबार, माघ ७ २०८१
नेपाल बैंक लिमिटेडको खुद नाफा ४६ करोड, खराब कर्जा ४.९९ प्रतिशत पुग्यो

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंक लिमिटेडले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकले २ करोडले नाफा बढाएपनि दोस्रो त्रैमासमा भने बैंक १४ करोड ११ करोड रुपैयाँले खुद नोक्सानीमा गएको छ।

बैंकको खुद ब्याज आम्दानी बढ्न नसकेकाले बैंकको खुद नाफा घटेको हो।

यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.९९ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.५० प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ६० करोड ७१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंक ५६ करोड ९० लाख रुपैयाँले वितरणयोग्य घाटामा रहेको थियो। 


प्रकाशित : सोमबार, माघ ७ २०८१०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend