बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

दोस्रो त्रैमासमा हिमालयन बैंकले गर्‍यो १ अर्ब ५१ करोड खुद नाफा, अन्य सूचक कस्तो?

सोमबार, माघ ७ २०८१
दोस्रो त्रैमासमा हिमालयन बैंकले गर्‍यो १ अर्ब ५१ करोड खुद नाफा, अन्य सूचक कस्तो?

काठमाडौं- हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले यस अवधिमा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ खुद नफा गरेको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ करोड ४८ लाख रुपैयाँले बढी हो।

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा गरेको छ। ब्याजदर घटेकाले बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ।

चालु आर्थिक वर्षको समीक्षा अवधिमा बैंकले ५ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

गत वर्षको तुलनामा बैंकको खराब कर्जा नोक्सानी व्यवस्था घटेकाले बैंकको खुद नाफामा सामान्य सुधार देखिएको हो। यस वर्ष बैंकले इम्पियरमेन्ट चार्ज ५० करोड ७१ लाख रुपैयाँ मात्रै देखाएको छ।

गत वर्षको यसै अवधिमा बैंकको यस्तो खर्च १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो। यस अवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले वितरणयोग्य घाटा घटाएको छ। यस अवधिमा बैंकको वितरणयोग्य घाटा ३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य घाटा ४ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो।


प्रकाशित : सोमबार, माघ ७ २०८१०६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend