बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

एनआईसी एसिया बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्था कस्तो?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ७ २०८१
एनआईसी एसिया बैंकको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्था कस्तो?

काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। विवरणअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य घटेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९२.०३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा उल्लेख्य घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.४० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४७.७२ प्रतिशत घटेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.०३ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४८ करोड रुपैयाँबाट बढेर २ अर्ब ३५ करोड ९६ लाख रुपैयाँ पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा ९०.४० प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ५६ पैसा घटेर २ रुपैयाँ ३ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ९२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८५.११ गुणा रहेको छ। त्यस्तै, सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १४ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले ३ खर्ब ८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८१०७:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend