बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

प्रभु बैंकको खुद नाफा १ अर्ब ३३ करोड, अन्य सूचक कस्तो?

सोमबार, माघ ७ २०८१
प्रभु बैंकको खुद नाफा १ अर्ब ३३ करोड, अन्य सूचक कस्तो?

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी गत वर्षको यस अवधिको तुलनामा करिब १० करोड रुपैयाँले बढेको छ। गत वर्षको यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७६ करोड रहेकोमा यस वर्ष ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ।

गत वर्षको तुलनामा बैंकले इम्पियरमेन्ट चार्ज घटाएकाले खुद नाफा बढेको हो। गत वर्ष १ अर्ब २४ करोड रुपैयाँ रहेको बैंकको इम्पियरमेन्ट चार्ज यस वर्ष घटेर ८१ करोड ४२ लाख रुपैयाँ कायम भएको छ। 

यस अवधिमा बैंकको खराब कर्जामा बढेको छ। गत वर्षको पुस मसान्तमा ४.९० प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ५.०६ प्रतिशत पुगेको छ।

यस्तै बैंकको वितरणयोग्य घाटा १ अर्ब ८६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८१०६:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend