शनिबार, चैत ९ गते २०८१    
शनिबार, चैत ९ २०८१
images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य घाटा २ अर्ब ८६ करोड पुग्यो, खराब कर्जा ५.८६ प्रतिशत

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ७ २०८१
images
images
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य घाटा २ अर्ब ८६ करोड पुग्यो, खराब कर्जा ५.८६ प्रतिशत
images
images

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ८३ करोड खुद नाफा गरेपनि वितरणयोग्य घाटा बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

images
images

बैंकको खुद ब्याज आम्दानी सामान्यरुपमा घटेपनि इम्पियरमेन्ट चार्ज २ अर्ब ८६ करोडबाट घटाएर १ अर्ब ७७ करोड रुपैयाँ कायम गरेकाले खुद नाफामा वृद्धि देखिएको हो। 

images
images

विगत दुई वर्षयता वितरणयोग्य घाटामा रहेकाले लाभांश वितरण गर्न नसकेको यस बैंकको खराब कर्जा पछिल्लो समय बढेर ५.८६ प्रतिशत पुगेको छ।

images
images

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि यस बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि नै थियो। 


प्रकाशित : सोमबार, माघ ७ २०८१०७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend