बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य घाटा २ अर्ब ८६ करोड पुग्यो, खराब कर्जा ५.८६ प्रतिशत

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ ७ २०८१
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य घाटा २ अर्ब ८६ करोड पुग्यो, खराब कर्जा ५.८६ प्रतिशत

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ८३ करोड खुद नाफा गरेपनि वितरणयोग्य घाटा बढेर २ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी सामान्यरुपमा घटेपनि इम्पियरमेन्ट चार्ज २ अर्ब ८६ करोडबाट घटाएर १ अर्ब ७७ करोड रुपैयाँ कायम गरेकाले खुद नाफामा वृद्धि देखिएको हो। 

विगत दुई वर्षयता वितरणयोग्य घाटामा रहेकाले लाभांश वितरण गर्न नसकेको यस बैंकको खराब कर्जा पछिल्लो समय बढेर ५.८६ प्रतिशत पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा पनि यस बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा माथि नै थियो। 


प्रकाशित : सोमबार, माघ ७ २०८१०७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend