बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

ग्लोबल आईएमई बैंकको खुद नाफा ४९.५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ६४ करोड

सोमबार, माघ ७ २०८१
ग्लोबल आईएमई बैंकको खुद नाफा ४९.५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ६४ करोड

काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनामा ग्लोबल आईएमई बैंकले आफ्नो खुद नाफा ४९.५ प्रतिशतले बढाएको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ग्लोबलले ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी घटेपनि इम्पियरमेन्ट चार्ज उल्लेखीयरुपमा घटाएकाले खुद नाफा बढेको हो।

यस अविधिमा बैंकले इम्पियरमेन्ट चार्ज ४ अर्ब १३ करोडबाट घटाएर २ अर्ब २० करोडमा ल्याएको छ। खुद नाफासँगै बैंकको वितरणयोग्य नाफामा पनि उल्लेखीय सुधार देखिएको छ। 

गत वर्ष १ अर्ब २७ करोडले वितरणयोग्य घाटामा रहेको यस बैंकले समीक्षा अवधिमा २ अर्ब ६४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ।

बैंकको खराब कर्जा भने गत वर्षको तुलनामा सामान्यरुपमा बढेको छ। गत वर्षको दोस्रो त्रैमासमा ४.६८ प्रतिशत रहेको बैंकको खराब कर्जा समीक्षा अवधिमा बढेर ४.८६ प्रतिशत पुगेको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८१०६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend