बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

नेपाल एसबिआई बैंकको वितरणयोग्य नाफा १४३ प्रतिशतले बढ्यो, घट्यो खराब कर्जा

सोमबार, माघ ७ २०८१
नेपाल एसबिआई बैंकको वितरणयोग्य नाफा १४३ प्रतिशतले बढ्यो, घट्यो खराब कर्जा

पुस मसान्तसम्ममा नेपाल एसबिआई बैंकले ९० करोड खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ८४ करोड खुद नाफा गरेको थियो।

काठमाडौं- अधिकांश बैंक वित्तीय संस्थाहरुको खराब कर्जा र वितरणयोग्य नोक्सानी बढिरहेको समयमा नेपाल एसबिआई बैंकले भने दुवै सूचकमा उल्लेख्य सुधार गरेको छ। बैंकले गत वर्षको पुस मसान्तको तुलनामा वितरणयोग्य नाफा १४३.५९ प्रतिशतले बढाएको छ भने खराब कर्जा ३.२० बाट घटाएर ३.१४ प्रतिशतमा कायम गरेको छ। 

एभरेष्ट बैंकपछि खराब कर्जा घटाउनेमा नेपाल एसबिआई बैंक रहेको छ। एभरेष्ट बैंकले पनि ०.७७ प्रतिशत रहेको खराब कर्जा घटाएर यस त्रैमासमा ०.६६ प्रतिशतमा ल्याएको छ।

गत वर्षको पुस मसान्तमा बैंकको ५.८० प्रतिशत रहेको प्रतिसेयर वितरणयोग्य आम्दानी यस वर्षको सोही अवधिमा बढेर १७.५० प्रतिशत पुगेको छ।

गत वर्षको नाफाबाट करिब १० प्रतिशत नगद लाभांश वितरण गरेपनि बैंकले कर्जामा अपनाएको संयमता र मर्ज तथा एक्विजिसनमा नगएको फाइदा प्राप्त गरेको छ। मर्जमा नगएकाले बैंकको पुँजी वृद्धि नभएकाले प्रतिसेयर वितरणयोग्य नाफा बढेको हो।

मर्जरमा नगएको लाभ स्टाण्डर्ड चार्टर्ड, एभरेष्ट र नेपाल एसबिआईले पछिल्लो समय बढी लिएका छन्। यी बैंकहरुले संकटको समयमा समेत बढी प्रतिफल दिन सफल भएका छन्। तीनवटै बैंकमा विदेशी बैंकहरुको लगानी रहेको छ।

पुस मसान्तसम्ममा नेपाल एसबिआई बैंकले ९० करोड खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले ८४ करोड खुद नाफा गरेको थियो।

गत वर्षको पुस मसान्तको तुलनामा बैंकले कर्जा लगानी करिब ६ अर्ब रूपैयाँले बढाएको छ। गत वर्ष यस बैंकको कर्जा लगानी करिब १ अर्ब २६ करोड रहेकोमा यस वर्षको सोही अवधिमा बढेर १ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ। जसले गर्दा बैंकको नाफामा सामान्य वृद्धि देखिएको हो।


प्रकाशित : सोमबार, माघ ७ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend