बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

माछापुच्छ्रे बैंकले गर्‍यो ८० करोड खुद नाफा, खराब कर्जा बढ्यो, वितरणयोग्य नाफामा सुधार

सोमबार, माघ ७ २०८१
माछापुच्छ्रे बैंकले गर्‍यो ८० करोड खुद नाफा, खराब कर्जा बढ्यो, वितरणयोग्य नाफामा सुधार

गत वर्ष २४ करोड ६९ लाख रुपैयाँले वितरणयोग्य घाटामा रहेको बैंक यस वर्ष १६ करोड ६२ लाख रुपैयाँले वितरणयोग्य नाफामा रहेको छ।

काठमाडौं- माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यसै अवधिमा बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो।

चालु आर्थिक वर्ष बैंकले ८ अर्ब कर्जा विस्तार गर्नुका साथै खुद ब्याज आम्दानी बढाएकाले बैंकको नाफामा सामान्य वृद्धि देखिएको हो। बैंकले यस अवधिमा २ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

गत वर्षको यसै अवधिमा यस्तो आम्दानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो। बैंकले कर्जा असुली बढाएकाले इम्पियरमेन्ट चार्ज २३ करोड ८५ लाखबाट घटेर २० करोड ४ लाख रुपैयाँमा आएको छ। बैंकको खराब कर्जा भने करिब दोबर बढेको छ।

गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा २.६२ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४.५४ प्रतिशत पुगेको छ।

गत वर्ष लाभांश घोषणा नगरेको माछापुच्छ्रे बैंकले वितरणयोग्य नाफा गर्न सफल भएको छ। गत वर्ष २४ करोड ६९ लाख रुपैयाँले वितरणयोग्य घाटामा रहेको बैंक यस वर्ष १६ करोड ६२ लाख रुपैयाँले वितरणयोग्य नाफामा रहेको छ। 


प्रकाशित : सोमबार, माघ ७ २०८१११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend