बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घट्यो, वितरणयोग्य घाटा १ अर्ब २६ करोड पुग्यो

सोमबार, माघ ७ २०८१
राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतले घट्यो, वितरणयोग्य घाटा १ अर्ब २६ करोड पुग्यो

राष्ट्र बैंकले प्रोभिजनिङ बढाएकाले बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड रूपैयाँले ऋणात्मक भएको छ।

काठमाडौं- नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको नाफामा ठूलो गिरावट आएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ६२ प्रतिशतले घटेको छ। गत वर्षको पुसमा २ अर्ब १ करोड खुद नाफा गर्न सफल राष्ट्रिय वाणिज्य बैंकको यस वर्ष ७६ करोड ३० लाख रूपैयाँमा सीमित भएको छ।

राष्ट्र बैंकले यस वर्ष १ अर्ब २४ करोड रूपैयाँ थप प्रोभिजनिङ गराएपछि वाणिज्य बैंकको नाफामा उल्लेख्य गिरावट आएको हो। ब्याजदरमा आएको गिरावटले बैंकको खुद ब्याज आम्दानी गत पुसको तुलनामा घटेको छ।

गत पुसमा ५ अर्ब ७२ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको वाणिज्य बैंकले यस वर्ष ४ अर्ब ४० करोड रूपैयाँ खुद ब्याज आम्दानीमा सीमित भएको छ।

यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.९६ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.९५ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले प्रोभिजनिङ बढाएकाले बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड रूपैयाँले ऋणात्मक भएको छ।

गत वर्षको यसै अविधिमा बैंकसँग ४० करोड रूपैयाँ वितरणयोग्य नाफा रहेको थियो। गत साउनमा नै बैंक १ अर्ब २२ करोड रूपैयाँले खुद नोक्सानीमा रहेको थियो।


प्रकाशित : सोमबार, माघ ७ २०८१११:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend