बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

प्राइम कर्सियल बैंकको वितरणयोग्य नाफा १८७ प्रतिशतले वृद्धि, कस्तो छ अन्य सूचक?

सोमबार, माघ ७ २०८१
प्राइम कर्सियल बैंकको वितरणयोग्य नाफा १८७ प्रतिशतले वृद्धि, कस्तो छ अन्य सूचक?

काठमाडौं- चालु आर्थिक वर्षको पुस मसान्तसम्मा प्राइम कर्सियल बैंकले १ अर्ब ८७ करोड खुद नाफा गरेको छ। गत वर्ष पुसको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढाएकोले खुद नाफामा वृद्धि देखिएको हो।

गत वर्षको यसै अवधिको तुलनामा भने बैंकको खुद नाफा घटेको छ। गत वर्षको पुसमा बैंकले २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

बैंकले करिब २१ करोड लाख कर्जा असुली गरेका बैंकको नाफा राम्रो देखिएको हो।

बैंकले आफ्नो कर्जा असुली बढाएपनि यस त्रैमासमा खराब कर्जा भने ५ प्रतिशतनजिक पुगेको छ। गत वर्षको पुसमा बैंकको खराब कर्जा ४.०७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४.९६ प्रतिशत कायम भएको छ।

विगतमा पाकेको तर नउठेको ब्याज प्राप्त भएपछि बैंकको वितरणयोग्य नाफामा उल्लेखीय सुधार देखिएको छ। यस अवधिमा बैंकले १ अर्ब ८४ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको छ।

गत वर्षको यसै अवधिमा बैंकको ६४ करोड वितरणयोग्य नाफा रहेको थियो। गत वर्ष पुसको तुलनामा बैंकको वितरणयोग्य नाफा करिब १८७.५० प्रतिशतले बढेको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend