बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सिटिजन्स बैंकले गर्‍यो ६६ करोड खुद नाफा, अन्य सूचक कस्तो?

सोमबार, माघ ७ २०८१
सिटिजन्स बैंकले गर्‍यो ६६ करोड खुद नाफा, अन्य सूचक कस्तो?

गत वर्षको पुसमा करिब ८५ करोड रुपयाँ रहेको बैंकको इम्पियरमेन्ट चार्ज यस वर्ष बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्स बैंक इन्टरनेशलले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ। बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा घटेको छ।

गत वर्षको यसै अवधिमा बैंकले ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पियरमेन्ट चार्ज बढेकाले बैंकको नाफा घटेको हो।

गत वर्षको पुसमा करिब ८५ करोड रुपयाँ रहेको बैंकको इम्पियरमेन्ट चार्ज यस वर्ष बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.८५ प्रतिशत पुगेको छ। गत पुसमा बैंकको खराब कर्जा ४.०७ प्रतिशत रहेको थियो।

यस अवधिमा बैंकले वितरणयोग्य नाफामा भने सामान्य सुधार गरेको छ। गत वर्ष वितरणयोग्य नोक्सानीमा रहेको यस बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा १५ करोड ८१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ। गत वर्ष बैंकको २ अर्ब १३ करोड रुपैयाँ वितरणयोग्य नोक्सानी रहेको थियो।


प्रकाशित : सोमबार, माघ ७ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend