बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

स्टाण्डर्ड चार्टर्ड बैंकले गर्‍यो १ अर्ब ६४ करोड खुद नाफा, खराब कर्जामा सामान्य बृद्धि भएपनि वितरणयोग्य नाफा बढ्यो

सोमबार, माघ ७ २०८१
स्टाण्डर्ड चार्टर्ड बैंकले गर्‍यो १ अर्ब ६४ करोड खुद नाफा, खराब कर्जामा सामान्य बृद्धि भएपनि वितरणयोग्य नाफा बढ्यो

काठमाडौं-चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ६४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

 गत वर्षको कुलतामा बैंकको कर्जा लगानी ३ अर्बले घटेकाले बैंकको खुद नाफामा सामान्य गिरावट देखिएको हो। गत वर्षको दोस्रो त्रैमासमा ८१ अर्ब १४ करोड कर्जा लगानी गरेको यस बैंकले यस वर्षको सोही अवधिमा ७८ अर्ब १७ करोडमा सिमित बनाएको छ।

यस अवधिमा बैंकको खुद नाफा गत वर्षको तुलनामा ८ करोड रुपैयाँले घटेको छ भने खराब कर्जा बढेको छ। गत वर्षको दोस्रो त्रैमासमा १.६० प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्ष बढेर १.७१ प्रतिशतमा आएको छ। 

नाफा सामान्य गिरावट र खराब कर्जामा भएको बृद्धिका बाबजुत बैंकको वितरणयोग्य नाफा गत वर्षको तुलनामा बढेको छ। गत वर्ष १ अर्ब १३ करोड ३१ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा यस वर्ष १ अर्ब १३ करोड ९० लाख रुपैयाँ रहेको छ।

गत वर्षको नाफाबाट बैंकले ५.५ प्रतिशत बोनस सेयर वितरण गरेकाले बैंकको चुक्ता पुँजीमा भएको सामान्य बृद्धिका कारण प्रतिसेयर वितरणयोग्य नाफामा भने कमी आएको छ। गत वर्ष बैंकको प्रति सेयर वितरणयोग्य नाफा २३.९४ प्रतिशत रहेकोमा यस वर्ष घटेर २३.५५ प्रतिशतमा सिमित भएको छ।


प्रकाशित : सोमबार, माघ ७ २०८११०:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend