बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images
भूमिगत पानीको दोहन

निर्देशिकाविपरित एउटै ट्यूबवेलबाट दैनिक ७ लाख लिटर पानी तान्न अनुमति

एक रुपैयाँमा साढे १२ हजार लिटर भूमिगत पानी दोहन

images
बुधबार, माघ २५ २०७९
images
images
निर्देशिकाविपरित एउटै ट्यूबवेलबाट दैनिक ७ लाख लिटर पानी तान्न अनुमति
फाइल तस्बिर
images
images

काठमाडौं- भूमिगत जलस्रोत निर्देशिका विपरित पानी बिक्री गर्ने एउटा कम्पनीलाई अति संवेदनशील क्षेत्रमा भूमिगत पानी दोहन गर्न अनुमति दिएको तथ्य फेला परेको छ। भूमिगत जलस्रोत निर्देशिकामा उपत्यकाको भूमिगत पानीलाई तीन तहमा वर्गीकरण गरेर पानी तान्न अनुमति दिने व्यवस्था उल्लेख छ।

images
images

भूमिगत श्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्नेसम्बन्धी निर्देशिका २०७१ को अनुसूचि ३ मा क्षेत्रगत पानी निकाल्न सकिने अधिकतम परिमाण स्पष्ट तोकिएको छ।

images
images

अनुसूचिमा ३ मा सुरक्षित क्षेत्रमा प्रतिसेकेन्ड २ देखि १५ लिटर पानी तान्न पाइने व्यवस्था छ। यसैगरी अर्ध संवेदनशील क्षेत्रमा प्रतिसेकेन्ट २ देखि ७ लिटर मात्रै पानी तान्न पाइन्छ भने अति संवेदनशील क्षेत्रमा प्रतिसेकेन्ड २ देखि ३ लिटर मात्रै पानी तान्न पाइने व्यवस्था गरिएको छ।

images
images

निर्देशिकाको अनुसूचि २ मा नै स्पष्ट रुपमा सुरक्षित, अर्धसंवेदनशील तथा संवेदनशील क्षेत्र तोकिएको छ।

क) सुरक्षित क्षेत्र- काठमाण्डौ जिल्ला अन्तर्गत गोंगबु, धापासी, साङ्गला, नेपालटार, गोलढुंगा, काभ्रेस्थली, मनमैजु, धर्मस्थली, टोखा, खड्काभद्रकाली, बुढानिलकण्ठ, चपली, महाँकाल, कपन, चुनिखेल, गोकर्ण, सुन्दरीजल, मुलपानी, गोठाटार, नयाँपाटी, थली, झोर महाँकाल, इचंगुनारायण र भक्तपुर जिल्ला अन्तर्गत बोडे, मनहरा क्षेत्र रहेको छ।

ख) अर्ध संवेदनशील क्षेत्रमा काठमाण्डौ जिल्ला अन्तर्गत काठमाण्डौ नगरपालिकाको सबै क्षेत्र, सितापाईला, स्युचाटार, नैकाप, तिनथाना, बलम्बु, मच्छेगाँउ, सतुंगल, मातातिर्थ र बाडभन्ज्याङ।

ललितपुर जिल्ला अन्तर्गत कुपण्डोल, ज्वागल क्षेत्र।

भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर जिल्लाको सहरी क्षेत्र।

ग) संवेदनशील क्षेत्रमा काठमाण्डौ जिल्ला अन्तर्गत दक्षिणकाली, शेषनारायण, छैमले।

ललितपुर जिल्ला अन्तर्गत ललितपुर जिल्लाको बाँकी सबै भाग ।

भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर जिल्लाको उत्तरी क्षेत्रमा नपरेका र सहरी क्षेत्र बाहेकका बाँकी सबै भाग।

तर भूमिगत पानीको अनियन्त्रित दोहन नियन्त्रण गर्ने अधिकार पाएको काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले अति संवेदनशील क्षेत्रमै पानीको व्यापार गर्ने चक्र तिर्थ ग्रुपलाई दैनिक एउटै ट्युवेलबाट ६ लाख ९१ हजार २ सय लिटर पानी तान्न अनुमति दिएको फेला परेको छ। उक्त कम्पनीले काठमाडौं चौभारमाबाट भूमिगत पानी तानिरहेको छ। यो अति संवेदनशील क्षेत्र हो। निर्देशिका अनुसार यहाँबाट प्रतिसेकेन्ड ३ लिटरभन्दा बढी पानी निकाल्न पाइँदैन।

निर्देशिका अनुसार उसले अधिकतम एक दिनमा २ लाख ५९ हजार २ सय लिटर भन्दा बढी पानी तान्न पाउँदैन। तर बोर्डले नै उसलाई नियमविपरित दैनिक ६ लाख ९१ हजार २ सय लिटर भूमिगत पानी तान्न अनुमति दिएको हो।

कम्पनीले वर्षदिनमा निर्दिशका अनुसार चोभारबाट दैनिक २ लाख ५० हजार २ सय लिटरका दरले ९ करोड ४६ लाख ८ हजार लिटर भन्दा बढी पानी तान्न पाउँदैन। तर उसले अहिले दैनिक ६ लाख ९१ हजार २ सय लिटर पानी तान्न अनुमति पाएको छ। यही हिसाबले उसले वर्षदिनमा २५ करोड २२ लाख ८८ हजार लिटर भूमिगत पानी तानिरहेको छ। यसरी भूमिगत पानीको अनियन्त्रित दोहन गर्ने गर्ने च्रक ग्रुपले बोर्डलाई भने वार्षिक २० हजार रुपैयाँ मात्रै तिर्दै आएकव छ। यी हिसाबले उसले एक रुपैयाँमा नै १२ हजार ६ सय १४ लिटर पानी तानेर बिक्री गरिरहेको छ।

उसले अनियन्त्रित भूमिगत पानी तानेर वर्षमा कम्पनी भनेअनुसारकै तथ्यांक र रकमअनुसार हिसाब गर्दा पनि ५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरिरहेको छ।

कम्पनीले ७ हजार लिटर क्षमताको ३ सय ५० रुपैयाँ र १२ हजार लिटरको ६ सय रुपैयाँमा पानी बिक्री गरिरहेको छ। कम्पनीले दैनिक ७ हजार र १२ हजार लिटर क्षमताको १ सय वटाजति टंयाकरमा पानी भरेर बिक्री गर्ने गरेको बताएको छ। यसरी बिक्री भएको पानी उसले एउटै ट्यूबेवलबाट झिकेर बिक्री गरिरहेको छ। यो ग्रुपले २०६८ सालदेखि भूमिगत पानी तानेर पानीको व्यापार गरिरहेको छ। तर बोर्डले भने कुनै अनुगन तथा कारबाही गरेको छैन।

भूमिगत पानी पुनर्भरणमा व्यवसायीले बेवास्ता गरेपछि आफ्नै खर्चमा पुनर्भरण सुरु गर्दै सरकार भूमिगत पानी पुनर्भरणमा व्यवसायीले बेवास्ता गरेपछि आफ्नै खर्चमा पुनर्भरण सुरु गर्दै सरकार पेप्सी बेचेर एक वर्षमै सवा ८ अर्बको व्यापार गर्ने वरुणलाई सरकारले एक रुपैयाँमै दिन्छ १८ सय २५ लिटर भूमिगत पानीपेप्सी बेचेर एक वर्षमै सवा ८ अर्बको व्यापार गर्ने वरुणलाई सरकारले एक रुपैयाँमै दिन्छ १८ सय २५ लिटर भूमिगत पानी एक रुपैयाँमै २१ सय ९१ लिटर भूमिगत पानी तानेर कोकाकोला बेच्दैछ बोटलर्स नेपालएक रुपैयाँमै २१ सय ९१ लिटर भूमिगत पानी तानेर कोकाकोला बेच्दैछ बोटलर्स नेपाल ३ सय ८४ रुपैयाँमा दैनिक १० लाख ५५ हजार लिटर भूमिगत पानी तान्दै सिभिल होम्स३ सय ८४ रुपैयाँमा दैनिक १० लाख ५५ हजार लिटर भूमिगत पानी तान्दै सिभिल होम्स यी १३ खानेपानी उद्योग जसले प्रतिट्यूबवेल वार्षिक २० हजार तिरेर गरिरहेका छन् भूमिगत पानीको दोहनयी १३ खानेपानी उद्योग जसले प्रतिट्यूबवेल वार्षिक २० हजार तिरेर गरिरहेका छन् भूमिगत पानीको दोहन व्यावसायिक प्रयोजनका लागि कौडीको भाउमा भूमिगत पानीको अनियन्त्रित दोहनव्यावसायिक प्रयोजनका लागि कौडीको भाउमा भूमिगत पानीको अनियन्त्रित दोहन भूमिगत पानीको अनियन्त्रित दोहन : न प्रभावको मूल्यांकन न त न्यूनीकरणको उपायभूमिगत पानीको अनियन्त्रित दोहन : न प्रभावको मूल्यांकन न त न्यूनीकरणको उपाय जलस्रोत नीतिविपरित निर्देशिका बनाएर भूमिगत पानीको दोहन जलस्रोत नीतिविपरित निर्देशिका बनाएर भूमिगत पानीको दोहन  भूमिगत पानीको अनियन्त्रित दोहन : पुनर्भरणको कानूनी व्यवस्था भएन लागु, नियामक नै मौनभूमिगत पानीको अनियन्त्रित दोहन : पुनर्भरणको कानूनी व्यवस्था भएन लागु, नियामक नै मौन भूमिगत पानीको अनधिकृत दोहन अपराध होभूमिगत पानीको अनधिकृत दोहन अपराध हो


प्रकाशित : बुधबार, माघ २५ २०७९०३:३४
  • सम्बन्धित विषय:

  • # भूमिगत पानीको दोहन


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend