बुधबार, कात्तिक ११ गते २०८३    
बुधबार, कात्तिक ११ २०८३

बजेटअघि कागजमा गाडी जाँचपास : बीवाईडीले थप महसुल नतिरी गाडी छुटाउन नपाउने, उच्चले दिएन अन्तरिम आदेश

बिहीबार , साउन २८ २०८३
बजेटअघि कागजमा गाडी जाँचपास : बीवाईडीले थप महसुल नतिरी गाडी छुटाउन नपाउने, उच्चले दिएन अन्तरिम आदेश

६० वटा एटो वान र ३५ वटा सिलायन सेभेनको छुट रकम बुझाउन पत्र काटिएको थियो। जसमा ६० वटा एटो वानको हकमा ३ करोड ३१ लाख ४९ हजार ५ सय ४५ रुपैयाँ र ३५ वटा सिलायन सेभेनको हकमा १५ करोड ९३ लाख ८७ हजार ४ सय ५४ रुपैयाँ छुट रकम बुझाउन भन्दै पत्र काटिएको थियो।

काठमाडौं- बजेटअघि भन्सार नाकामा गाडी नै नआइ कागजका भरमा मात्र जाँचपास गराएको विषयमा तयार गरिएको छानबिन प्रतिवेदनले थप कर असुल गर्न भनेको छ। जसविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

बीवाईडीले कर तथा राजस्व छली गर्न बजेटअघि भन्सार नाकामा गाडी नै नआइ कागजका भरमा मात्र जाँचपास गराएको थियो।  बीवाईडीलगायतका गाडी कागजका भरमा मात्र जाँचपास भएको सूचनापछि भन्सार विभागले छड्के अनुसन्धान टोली रसुवा भन्सार पठाएको थियो। यसबारेमा भन्सार विभागले तयार पारेको छानबिन प्रतिवेदनमा थप कर असुल गर्न भनिएको हो।

भन्सारको सिफारिसअनुसार रसुवा भन्सार कार्यालयले बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिलाई छलिएको राजस्व तिर्न पत्राचार गरेपछि त्यसविरुद्ध बीवाईडी बिक्रेता साइमेक्स इंककी सञ्चालक यमुना श्रेष्ठ गएको असार ३१ मा उच्च अदालत पाटन पुगिन्।

कार्यालयले काटेको पत्रमा २०८३ को जेठ १४ गतेसम्म जाँचपासको सबै प्रक्रिया पूरा भएको भनिए पनि सशस्त्र प्रहरी बल टिमुरेले रजिष्टरमा राखेको हस्तलिखित अभिलेखमा केही संख्याका गाडी २०८३ को जेठ १४ गतेसम्म सीमा प्रवेश नभएको पाइएको उल्लेख छ।

जेठ १४ मै सबै प्रक्रिया पूरा भएपनि कतिपय गाडी जेठ १५ गतेपछि इन्ट्री भएको सशस्त्रको अभिलेखमा देखिएको कारण आर्थिक विधेयक २०८३ ले करका दरहरु परिवर्तन गर्दा छुट हुन गएको राजस्व रकम भन्सार महसुल ऐन २०८१ को दफा २३(१) बमोजिम थप दस्तुर बुझाइ भन्सार होल्डिङमा भइरहेका सवारीसाधन छुटाइ लैजान कार्यालयले साइमेक्स इंकलाई पत्र काटेको थियो।

कार्यलयले ६० वटा एटो वान र ३५ वटा सिलायन सेभेनको छुट रकम बुझाउन पत्र काटेको थियो। जसमा ६० वटा एटो वानको हकमा ३ करोड ३१ लाख ४९ हजार ५ सय ४५ रुपैयाँ र ३५ वटा सिलायन सेभेनको हकमा १५ करोड ९३ लाख ८७ हजार ४ सय ५४ रुपैयाँ छुट रकम बुझाउन भनिएको थियो।

समग्रमा ९५ वटा बिवाईडीका गाडीबाट १९ करोड २५ लाख ३६ हजार ९ सय ९९ रुपैयाँ छुट रकम बुझाउन कार्यालयले पत्र काटेको थियो।

साइमेक्सले रसुवा भन्सार कार्यालयबाट भन्सार जाँचपास भइसकेका कुल ४७२ वटा सवारी साधनहरुमध्ये ढुवानी गर्न बाँकी रहेका १६५ वटा सवारी साधनहरु पनि ढुवानी गर्न नदिइ भन्सार बिन्दुमै रोक्का/होल्ड गरिएको विषय रिटमा उल्लेख गरेको छ।

सवारीसाधन रोक्का/होल्ड भएपछि कम्पनीले सवारीसाधन फुकुवा गरिदिन अनुरोध गरी विपक्षी भन्सार विभाग तथा भन्सार कार्यालयलाई पत्राचार गर्दा पत्रसमेत बुझ्न इन्कार गरेपछि कम्पनीले इमेलमार्फत पत्र पठाएका विषयसमेत रिटमा उल्लेख गरेको छ।

असार ४ गते भन्सार विभागले रसुवा भन्सार कार्यालयबाट कतिपय सवारीसाधन भन्सारमा भौतिकरूपमा आइनपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला परेको साइमेक्स लगायतलाई भन्सार कानूनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखि पठाइएको व्यहोरा सार्वजनिक भएको विषयसमेत रिटमा समावेश छ।

मुस्ताङ भन्सार कार्यालयबाट होल्ड गरिएका सवारीसाधन जेठ ३० मा नै फुकुवा भएको थियो भने रसुवा भन्सार कार्यालयले होल्ड गरेका सवारीसाधन भने फुकुवा नगरिएको विषय रिटमा नै उल्लेख छ।

साइमेक्स इंकले नेपालको कानूनअनुसार सवारी जाँचपास गरेको र राजस्व तिरेको हुँदा मुद्दाको अन्तिम किनारा नलाग्दासम्म रोक्का गरिएको सवारी फुकुवा गरिदिनुपर्ने माग गरेको थियो।

साइमेक्सले दायर गरेको मुद्दाको पेसी असार ३२ मा चढेको थियो। त्यो दिन भएको छलफलमा कारण देखाऊ आदेश र अन्तरिम आदेशका लागि छलफलमा झिकाउने आदेश भएको थियो। त्यसपछि साउन ७ गते, साउन १२ गते र साउन १५ गते तोकिएको पेसीमा प्रमाण मिसिल झिकाउनेदेखि प्रमाण बुझ्नेसम्मको आदेश भएको थियो।

साउन २१ गते सबै प्रमाण र मिसिल प्राप्त भएपछि उच्च अदालत पाटनका न्यायाधीशद्वय स्वीकृति पराजुली र अच्युत कुइकेलको इजलासले अन्तरिम आदेश जारी नहुने आदेश दिएको हो।

आदेश भनिएको छ, 'अन्तरिम आदेश सम्बन्धमा विचार गर्दा, निवेदकले आयात गरेका सवारीसाधनको भन्सार जाँचपास सम्पन्नपश्चात सवारी आयात भइ सवारी नेपाल प्रवेश गरे नगरेको यकिन भइ नसकेको भन्ने प्रतिवेदन समेतलाई मध्यनजर राख्दा, प्रस्तुत निवेदनको पछि अन्तिम निरोपण हुँदाको अवस्थामा सम्बोधन हुन सक्ने नै हुँदा तत्काल अन्तरिम आदेश जारी गरीरहनु पर्ने देखिएन, कानूनबमोजिम गर्नू।'

बीवाईडीले बजेटमा करवृद्धिको सूचना पाएरै अस्वाभाविक संख्यामा कार आयात गरेको थियो। बीवाईडी बिक्रेता साइमेक्स इंकले बजेटअघिको एक महिनामा १ हजार ३ सय ९६ वटा कार आयात गरेको थियो। भौतिकरूपमा आइपुगेका गाडी रिरुट गरेर मुस्ताङ पठाएको साइमेक्सले कागजमा मात्र जाँचपास गराउनु पर्ने विद्युतीय कार भने रसुवाबाट जाँचपास गराएको तथ्यबाट खुलेको छ।

भन्सार विभागको प्रतिवेदनमा बीवाईडीको एटो वान प्रिमियम ६० वटा, एटो वान २३ वटा र सिलायन सेभेन ३५ वटा कागजका भरमा मात्र जाँचपास भएको उल्लेख छ। पछि कर निर्धारण गर्ने क्रममा भने रसुवा भन्सार कार्यालयले ६० वटा एटो वान र ३५ वटा सिलायन सेभेनबाट आर्थिक ऐन ८३ अनुसार छुट हुन गएको १९ करोड २५ लाख ३६ हजार ९ सय ९९ रुपैयाँ बुझाउन साइमेक्स इंक प्रालिलाई पत्र पठाएको थियो।

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास

बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर

बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा

बीवाईडी बिक्रेता साइमेक्सले एउटा छली लुकाउन बोल्यो अर्को झुट : आयात तथ्यमै छलकपट बीवाईडी बिक्रेता साइमेक्सले एउटा छली लुकाउन बोल्यो अर्को झुट : आयात तथ्यमै छलकपट

सांसद पद्मा अर्यालले भनिन् - बीवाईडी गाडी प्रकरणमा शंकामात्र होइन, त्यहाँ घोटाला भएको छ सांसद पद्मा अर्यालले भनिन् - बीवाईडी गाडी प्रकरणमा शंकामात्र होइन, त्यहाँ घोटाला भएको छ

करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट

बीवाईडी गाडी प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्न सांसदहरुको माग बीवाईडी गाडी प्रकरणमा छुट्टै छानबिन समिति गठन गर्न सांसदहरुको माग

बजेट आउनुअघि अस्वाभाविक रूपमा गाडी भित्र्याइयो, बीवाईडी प्रकरणमा संसदीय छानबिन हुनुपर्छ : सांसद युवराज दुलाल बजेट आउनुअघि अस्वाभाविक रूपमा गाडी भित्र्याइयो, बीवाईडी प्रकरणमा संसदीय छानबिन हुनुपर्छ : सांसद युवराज दुलाल

बीवाईडी प्रकरणमा संसदीय छानबिनको माग चर्कियो, संसददेखि समितिसम्म सांसदहरूको दबाब बीवाईडी प्रकरणमा संसदीय छानबिनको माग चर्कियो, संसददेखि समितिसम्म सांसदहरूको दबाब

अर्थमन्त्री स्वर्णिम वाग्ले बीवाईडीको ‘ब्रान्ड एम्बास्डर’? अर्थमन्त्री स्वर्णिम वाग्ले बीवाईडीको ‘ब्रान्ड एम्बास्डर’?

मुस्ताङबाट आएका बीवाईडीका कार नियन्त्रणको रहस्य रसुवामा मुस्ताङबाट आएका बीवाईडीका कार नियन्त्रणको रहस्य रसुवामा

बजेटअघि बीवाईडीका कार ‘कागजमा मात्र जाँचपास’ भएको पुष्टि, संख्या भने अझै खुलाइएन बजेटअघि बीवाईडीका कार ‘कागजमा मात्र जाँचपास’ भएको पुष्टि, संख्या भने अझै खुलाइएन

 


प्रकाशित : बिहीबार , साउन २८ २०८३१७:५२
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend