बिहीबार , जेठ २८ गते २०८३    
बिहीबार , जेठ २८ २०८३

बजेट आउनुअघि अस्वाभाविक रूपमा गाडी भित्र्याइयो, बीवाईडी प्रकरणमा संसदीय छानबिन हुनुपर्छ : सांसद युवराज दुलाल

बिहीबार , जेठ २८ २०८३
बजेट आउनुअघि अस्वाभाविक रूपमा गाडी भित्र्याइयो, बीवाईडी प्रकरणमा संसदीय छानबिन हुनुपर्छ : सांसद युवराज दुलाल

सांसद युवराज दुलालले बजेट भाषण हुनुअघि ठूलो संख्यामा सवारीसाधन भित्र्याइएको विषय अस्वाभाविक रहेको भन्दै बीवाईडी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

काठमाडौं- सांसद युवराज दुलालले बजेट भाषण हुनुअघि ठूलो संख्यामा सवारीसाधन भित्र्याइएको विषय अस्वाभाविक रहेको भन्दै बीवाईडी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै दुलालले गाडी आयात हुनु आफैंमा नकारात्मक विषय नभए पनि बजेट प्रस्तुत हुनुभन्दा करिब १२ घण्टाअघि धमाधम गाडी भन्सार पास गरी भित्र्याइएको घटनाले गम्भीर प्रश्न उठाएको बताए।

उनले बजेटमा करका दर परिवर्तन हुने पूर्वजानकारीका आधारमा सवारीसाधन आयात गरिएको आशंका व्यक्त गर्दै यसबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताए। 'गाडी आउनुलाई हामीले नकारात्मक रूपमा लिएका छैनौं, तर बजेट आउनुअघि जसरी धमाधम गाडी भित्र्याइयो, त्यसले शंका उत्पन्न गरेको छ,' उनले भने।

दुलालले बीवाईडी प्रकरणको समेत उल्लेख गर्दै उक्त विषयमा संसदीय छानबिन समिति गठन नगरी सत्यतथ्य बाहिर आउन नसक्ने जिकिर गरे। उनले सार्वजनिक सरोकारका यस्ता विषयमा सरकारले पारदर्शिता अपनाउनुपर्ने र उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिनुपर्ने बताए।

उनले बजेट निर्माण प्रक्रिया, कर नीतिसम्बन्धी निर्णय तथा सवारीसाधन आयातसँग जोडिएका विषयमा देखिएका आशंकालाई निष्पक्ष छानबिनमार्फत टुंगो लगाउन आवश्यक रहेको बताए।

 


प्रकाशित : बिहीबार , जेठ २८ २०८३१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend