सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मुस्ताङबाट आएका बीवाईडीका कार नियन्त्रणको रहस्य रसुवामा

सोमबार, असार १ २०८३
मुस्ताङबाट आएका बीवाईडीका कार नियन्त्रणको रहस्य रसुवामा

बजेटअघि सूचना पाएर गाडी नै नआइपुग्दै जाँचपास भएको, त्यसको लाभ मुस्ताङ भन्सारबाट जाँचपास भएका गाडीबाट पनि आयातकर्ताले उठाएको हुनसक्ने भएकाले मुस्ताबाट आएका गाडी पनि नियन्त्रणमा लिइएको हो। यस्तो सूचना कसरी पुग्यो साइमेक्ससम्म? विषय गम्भीर छ।

काठमाडौं- सशस्त्र प्रहरीले गएको जेठ २१ गते मुस्ताङ भन्सारबाट छुटेका ७ सय ७५ वटा विद्युतीय कार नियन्त्रणमा लियो। बजेटअघि छुटेका ती विद्युतीय कारमध्ये अधिकांश बीवाईडी ब्रान्डका हुन्। ती गाडी कर वृद्धि हुने सूचना पाएर छुटाइएको आशंकामा सरकारले नियन्त्रणमा लिएको हो। बजेटअघि करको सूचना चुहिएको भन्दै सडकदेखि सदनसम्म यस विषयमा विरोध भइरहेको छ।

मुस्ताङ भन्सारबाट जाँचपास भएका सवारीमा कैफियत नभएको धेरैले बताउँदै आएका छन् तर मुस्ताङबाट छुटेका ७ सय ७५ भन्दा बढी विद्युतीय कार नियन्त्रणमा लिइनुको रहस्य रसुवा भन्सारको सन्देहपूर्ण कार्यसँग प्रत्यक्ष जोडिएको छ। 

रसुवा भन्सार कार्यालयबाट बजेटअघिको १५ दिनमा छुटेका ४ सय वटाभन्दा बढी बीवाईडीका विद्युतीय कारमध्ये करिब एक सयवटा मात्र भौतिकरूपमा नेपाल भित्रिएका छन्।

सम्पूर्ण कागजी प्रक्रिया पूरा गरेर भन्सार चुक्तागरी गेटपासमेत जारी भएका सयौँ विद्युतीय गाडी अहिले रसुवा भन्सार नाकामा आइपुगेका छैनन्। बीवाईडी बिक्रेता साइकेक्स इंकले रसुवा भन्सार कार्यालयलाई आफ्नो ‘लय’मा राखेको छ। 

यसबाट के प्रष्ट हुन सकिन्छ भने बीवाईडी बिक्रेता साइमेक्स इंकले बजेटअघि नै कर वृद्धिको सूचना पाएको थियो र उसले बिलबिजकका भरमा जेठको १४ दिनमा ११ सय २१ वटा गाडी आयातको प्रक्रिया थाल्यो। उत्पादक कम्पनीको प्लान्टबाट सबै कार नेपालको भन्सार नाकामा आइपुग्न सम्भव भएन वा प्लान्टमा गाडी बनिसकेकै थिएन, यता जेठ १५ मै बजेट आउने पक्का थियो।

सबै ११ सय २१ गाडी आउन असम्भव भएपछि साइमेक्सले भौतिक रूपमा आएका गाडी मुस्ताङ भन्सार डाइभर्ट गर्‍यो र भौतिक रूपमा नआइपुगेका बाँकी गाडी कागजमा जाँचपास गर्नुपर्ने अवस्था आएपछि त्यसलाई रसुवा भन्सारबाट जाँचपास गरायो। 

बीवाईडी बिक्रेता साइमेक्सले 'लयमा राखेको' रसुवा भन्सार कार्यालयले सोहीअनुसार फटाफट काम गरिदियो। जेठ १५ गते शुक्रबार बजेट आउनभन्दा दुई दिनअघि नै बीवाईडीका ४ सयभन्दा बढी कार कागजी रूपमा रसुवा भन्सारबाट जाँचपास भए। त्यसको सूचना आइतबार बिहान भन्सार विभागमा आइपुग्यो।

‘३/४ सय वटा गाडी भौतिकरूपमा आउँदै नआइ कागजी जाँचपास भएर भन्सार तिरेर गेटपाससमेत जारी भइसकेको छ, यसरी त भन्सार सिस्टम नै कोल्याप्स हुन्छ।’ बिदाको दिन भएपनि यो सूचनाले भन्सार प्रशासनमा हंगामा मच्चियो। महानिर्देशकसहित कर्मचारीहरू ११ बजेअघि नै विभाग पुगेर छलफल थाल्दै गर्दा त्यो सूचना अर्थ प्रशासनमा पनि पुग्यो।

त्यसपछि आइतबार नै भन्सार विभागले छानबिन टोली रसुवा पठायो र सोही दिन राति ८ बजेवरिपरि छानबिन टोली रसुवा भन्सार कार्यालय पुग्यो। त्यही दिन सूचना थाहा पाएपनि बिजनेस न्युजले पुष्टि गरेर मंगलबार रसुवा भन्सारबाट बीवाईडीका गाडी कागजमा जाँचपास शीर्षकमा समाचार प्रकाशित गरेको हो। 

सोही दिन बजेटअघिको एक महिनामा बीवाईडीका १३ सय ९६ वटा गाडी भित्रिएको र रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईलाई भन्सार विभाग तानिएको समाचार पनि बिजनेस न्युजले प्रकाशित गरेको थियो। बुधबार बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास भएको र त्यो गाडी बजेटपछि जाँचपास हुँदा राज्यको एक अर्ब रुपैयाँ कर छलिएको विषय बाहिर आयो। 

यी सबै कुराको विश्लेषण गरेर साइमेक्सले बजेटअघि मुस्ताङ भन्सारबाट जाँचपास गराएको ७ सय ७५ वटाभन्दा बढी बीवाईडीका विद्युतीय कार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो।

त्यसपछि बजेटअघि सूचना दिएर धेरै विद्युतीय गाडी छुटाइएको विषय सर्वत्र भयो। अधिकांशले मुस्ताङबाट छुटाइएका गाडीमा मात्र समस्या रहेको व्याख्या गरे पनि मुस्ताङबाट गाडी नियन्त्रणमा लिइनुको कारण भने रसुवा भन्सारको रहस्यमयी कामसँग जोडिएको छ। जुन अहिले पनि गम्भीर अनुसन्धानमा छ। रसुवा भन्सारका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी अनुसन्धानमा राखिएको छ।   

भन्सार विभागले बनाएको र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बनाएको अध्ययन समितिले रसुवा र मुस्ताङबाट जाँचपास भएका गाडीको संख्या, जारी भएका गेटपास, सीसीटीभी फुटेजलगायत विषयमा अनुसन्धान गरिरहेको छ। रसुवा भन्सारको हकमा कागजमा जाँचपास भएका गाडी र भौतिक रूपमा आएका गाडीको संख्या मिलान गर्ने काम अनुसन्धान टोलीले करिब-करिब सकेको छ। तर उक्त विषय बाहिर ल्याइसकिएको छैन। 

रसुवाबाट कागजकै भरमा जाँचपास भएका गाडीको प्रज्ञापनपत्रमा रेड, ग्रिन वा एल्लो कुन च्यानल उल्लेख छ त्यसमा पनि अनुसन्धान भइरहेको छ। 

बजेटअघि सूचना पाएर गाडी नै नआइपुग्दै जाँचपास भएको र त्यसको लाभ मुस्ताङ भन्सारबाट जाँचपास भएका गाडीबाट पनि आयातकर्ताले उठाएको हुनसक्ने भएकाले मुस्ताबाट आएका गाडी पनि नियन्त्रणमा लिइएको हो। बजेटअघि उक्त सूचना कसरी पुग्यो साइमेक्ससम्म? भन्ने विषय निकै गम्भीर छ। 

बजेट निर्माण प्रक्रियामा जेठ ११ गतेभन्दा अघि अर्थ मन्त्रालयका राजस्व सचिव, राजस्व व्यवस्थापन महाशाखा प्रमुख र भन्सार विभागका महानिर्देशकको टोलीले राजस्वको विषयमा खाका तयार पार्ने चलन छ। चाहेको अवस्थामा उक्त समितिमा अर्थसचिव बस्न सक्छन्। बीवाईडी बिक्रेता साइमेक्स इंक प्रालिलाई सूचना पुर्‍याउन सक्ने पात्रहरू यी चार मध्येबाट कोही हुने अनुमान भइरहेका छन्।

सूचना पुग्नेवित्तिकै कार कसरी आइपुग्न भ्याउँछ भन्ने कुरा पनि सुनिएका छन्। रसुवा भन्सारबाट कागजकै भरमा गाडी जाँचपास हुनु र  रसुवा भन्सार नाकामा गाडी नआइपुग्नु नै उक्त कुराको उत्तर हो। 

रसुवा र मुस्ताङ भन्सार कार्यालयमा निकै कडाइ गरिएको छ भने त्यहाँ प्रवेशका लागि पनि अनुमति लिनुपर्ने छ। यसका साथै यी दुई नाकाबाट जाँचपास गराउने लाइसेन्स पाएका भन्सार एजेन्टहरूलाई समेत सक्रिय नहुन भनिएको छ। उनीहरूलाई आसिकुडा सिस्टममा विवरण भर्नेलगायतको एक्सेस समेत केही समयका लागि बन्द गरिएको स्रोतले जनाएको छ। यसबाट सरकारी अनुसन्धान टोलीले व्यापकरूपमा कागजी जाँचपासको विषयमा अनुसन्धान गरिरहेको प्रष्ट हुन्छ। 

यस्तोमा अर्थमन्त्री स्वर्णिम वाग्लेले भने अर्थ समिति र सार्वजनिक लेखा समितिमा प्रश्नको उत्तर दिँदा सांसदहरूलाई नै प्रतिप्रश्न गर्दै ‘बीवाईडीजस्तो ब्रान्डले त्यस्तो गर्छ होला? बरु आयातकर्ता कम्पनीले गरेको होला?’ भनि अनुसन्धानको विषय बाहिर आउनुअघि नै हलुका जवाफ दिएका थिए। 

अर्थमन्त्री स्वर्णिम वाग्ले बीवाईडीको ‘ब्रान्ड एम्बास्डर’? अर्थमन्त्री स्वर्णिम वाग्ले बीवाईडीको ‘ब्रान्ड एम्बास्डर’?

बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास

कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग

बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर

बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु

बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन

करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट

एक्सक्लुसिभ : भन्सारको आसिकुडा सिस्टमबाट खुल्यो सवारी आयातको वास्तविक चित्र, २७ दिनमा कुन ब्रान्डका गाडी कति भित्रिए? एक्सक्लुसिभ : भन्सारको आसिकुडा सिस्टमबाट खुल्यो सवारी आयातको वास्तविक चित्र, २७ दिनमा कुन ब्रान्डका गाडी कति भित्रिए?

एकै दिन ४ सय ७५ वटा गाडी जाँचपास गर्ने क्षमता राख्छ मुस्ताङ भन्सार? एकै दिन ४ सय ७५ वटा गाडी जाँचपास गर्ने क्षमता राख्छ मुस्ताङ भन्सार?

संसदीय समितिमा अर्थमन्त्री वाग्लेले भने राजस्व बढ्यो : तथ्यांक भन्छ- ७० वटा सिलायन सेभेनबाटै राज्यको ३२ करोड २७ लाख गुम्यो संसदीय समितिमा अर्थमन्त्री वाग्लेले भने राजस्व बढ्यो : तथ्यांक भन्छ- ७० वटा सिलायन सेभेनबाटै राज्यको ३२ करोड २७ लाख गुम्यो

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास

कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग

बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर

बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा

बीवाईडी बिक्रेता साइमेक्सले एउटा छली लुकाउन बोल्यो अर्को झुट : आयात तथ्यमै छलकपट बीवाईडी बिक्रेता साइमेक्सले एउटा छली लुकाउन बोल्यो अर्को झुट : आयात तथ्यमै छलकपट

सांसद पद्मा अर्यालले भनिन् - बीवाईडी गाडी प्रकरणमा शंकामात्र होइन, त्यहाँ घोटाला भएको छ सांसद पद्मा अर्यालले भनिन् - बीवाईडी गाडी प्रकरणमा शंकामात्र होइन, त्यहाँ घोटाला भएको छ


प्रकाशित : सोमबार, असार १ २०८३१६:३१
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend