काठमाडौं- नेपालका भन्सार कार्यालयहरुले एकै दिनमा कतिवटासम्म सवारी जाँचपास गराउन सक्लान्?, धेरैको उत्तर हुनसक्छ, तराईतर्फकाले १/२ सयवटा, हिमालतर्फकाले ५०/१ सय वटासम्म गर्न सक्लान्। तर यो वर्ष मुस्ताङ भन्सार कार्यालयमा अचम्मै भएको छ।
मुस्ताङ भन्सार कार्यालयले बजेटअघिको तीव्र जाँचपासमा एकै दिन ४ सय ७५ वटा गाडीको भन्सार पास गराएको भेटिएको छ। उक्त भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतसहित ८/९ जना कर्मचारी रहेका छन्। यी संख्याको कर्मचारीबाट एकै दिन ४ सय ७५ वटा गाडी त्यो पनि हरेक गाडीको भीन नम्बरसहित म्याच गरेर जाँचपास गराउनु पर्छ।
ग्रिन च्यानलबाट जाँचपास भएको सवारीसाधन हो भने पनि एकै दिनमा ४ सय ७५ वटा गाडी जाँचपास हुन सम्भव छैन। आयातकर्ता कम्पनीसँगको मिलेमतोमा अघिल्लो र पछिल्लो केही दिनसमेतको जाँचपासलाई एकै दिन किन र कसको स्वार्थका लागि भन्सारको आसिकुडा सिस्टममा अध्यावधिक गरियो? सहस्यमयी छ।
बजेटको तीन दिनअघि २०२६ को मे २६ अर्थात जेठ १२ गते मुस्ताङ भन्सार कारर्यालयबाट ५ वटा अलगअलग प्रज्ञापन पत्रमार्फत बीवाईडीका दुई वटा मोडलका विद्युतीय कार जाँचपास भएको भन्सार सिस्टममा छ।
२०८३ जेठ १२ गते मुस्ताङ भन्सार कार्यालयबाट एकै दिन जाँचपास भएका गाडीको विवरण :
२०२६ मे २६ मा एम२४० नम्बरको प्रज्ञापन पत्रबाट ७५ वटा एटो वान
२०२६ मे २६ मा एम२३३ नम्बरको प्रज्ञापन पत्रबाट १०० वटा एटो टू
२०२६ मे २६ मा एम२३७ नम्बरको प्रज्ञापन पत्रबाट १०० वटा एटो टू
२०२६ मे २६ मा एम२३६ नम्बरको प्रज्ञापन पत्रबाट १०० वटा एटो टू
२०२६ मे २६ मा एम२३५ नम्बरको प्रज्ञापन पत्रबाट १०० वटा एटो टू
मे २७ मा पनि मुस्ताङ भन्सारबाट तीनवटा प्रज्ञापन पत्र नम्बर क्रमशः एम२५०, एम२४९ र एम२४५ बाट ३५ वटा एटो वान, २४ वटा एटो वान र ७५ वटा एटो वान जाँचपास भएको भन्सारको तथ्यांक छ।
मे २७ मा एकै दिन १ सय ३४ वटा बीवाईडी ब्रान्डका मात्र गाडी जाँचपास भएका छन्। यो संख्यासम्म मुस्ताङ भन्सार कार्यालयमा भएका कर्मचारीले हेरेर जाँचपास गराउन सम्भव हुने केहीको अनुमान छ भने केहीले उक्त कार्यालयमा भएका कर्मचारी र संरचाबाट १ सय ३४ वटा कार क्यिर गर्न कठिन हुने बताउँछन्।
अर्थमन्त्रीको सचिवालयले सार्वजनिक गरेको तथ्यांकमा मे २६ मा ६९ वटा मात्र बीवाईडीका कार मुस्ताङ भन्सारबाट जाँचपास भएको दाबी गरेको छ। तर अर्थमन्त्रालयले आफ्नै पोल्टामा रहेको भन्सार आसिकुडा सिस्टममा रहेको तथ्यांकमा रहेको ४ सय ७५ वटा बीवाईडीका गाडी मुस्ताङ भन्सारबाट मे २६ मै जाँचपास भएको देखेन।
मुस्ताङ भन्सारबाट दुई दिन मे २६(जेठ १२) र मे २७(जेठ १३) मा बीवाईडीले ल्याएका अधिकांश विद्युतीय कार छुटाएको छ। तर अर्थमन्त्रीको सचिवालयले ५ दिनमा कुल संख्यालाई बाँडेर मनलागी ढंगले भन्सार आसिकुडा सिस्टमको तथ्यांकलाई के लाभ लिन तोडमोड गरेको हो?, गम्भीर प्रश्न उठेको छ।
अर्थमन्त्रालयले मंगलबार सार्वजनिक गरेको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएका गाडी र मिति एक पटक हेरौँ।
जेठ ८ गते(मे २२) - ५१ वटा
जेठ ९ गते(मे २३) - ११० वटा
जेठ १० गते(मे २४) - ९० वटा
जेठ ११ गते(मे २५) - २७० वटा
जेठ १२ गते(मे २६) - ६९ वटा
जेठ १३ गते(मे २७) - ५९ वटा
बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा
बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास
बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास
कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग
बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर
बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु
बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन
करको सूचना चुहाएको र बीवाईडी बचाउन अर्थमन्त्रालयले बोलेको ३ झुट
बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।
