सोमबार, जेठ २५ गते २०८३    
सोमबार, जेठ २५ २०८३

सांसद पद्मा अर्यालले भनिन् - बीवाईडी गाडी प्रकरणमा शंकामात्र होइन, त्यहाँ घोटाला भएको छ

सोमबार, जेठ २५ २०८३
सांसद पद्मा अर्यालले भनिन् - बीवाईडी गाडी प्रकरणमा शंकामात्र होइन, त्यहाँ घोटाला भएको छ

'यो गम्भीर विषय हो। बीवाईडी गाडीको प्रकरणमा शंका मात्र होइन स्पष्ट संकेत देखिएको छ। त्यहाँ घोटाला भएको छ। हामी ठोकेर भन्न सक्छौँ' संसदमा प्रश्न गर्दै उनले भनिन्।

काठमाडौं- नेकपा एमालेकी सचिव तथा सांसद पद्मा अर्यालले रातारात करछली गरेर राज्यलाई ठग्ने र आर्थिक अपराध गरिएको विषयमा सरकारले जवाफ दिनुपर्ने बताएकी छिन्।

बजेटअघि करको सूचना चुहिएर कागजातकै भरमा बीवाईडीका सयौँ गाडी पास भएको विषयमा उनले प्रश्न गर्दै भनिन्, 'चीनबाट आउने बीवाईडी गाडीको घोटाला सडकभर छताछुल्ल भएको छ। भन्सारलाई सेटिङ मिलाएर, कागज मिलाएर गाडी नआउँदै रातारात घोटालाको खेल भएको छ।'

'यो गम्भीर विषय हो। बीवाईडी गाडीको प्रकरणमा शंका मात्र होइन स्पष्ट संकेत देखिएको छ। त्यहाँ घोटाला भएको छ। हामी ठोकेर भन्न सक्छौँ' संसदमा प्रश्न गर्दै उनले भनिन्। 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमा पृष्ठ तथा करका दरसम्बन्धी विवरणमा हेरफेर भएको आशंका व्यक्त गर्दै उनले यसबारे तत्काल छानबिन गर्न माग गरिन्।

'आर्थिक विधेयकमा भएको हेरफेर र करका दररेटमा भएको फेरबदल आज बजारमा छताछुल्ल भएको छ। संसदमा पेस गर्दा एउटा अंक राख्ने र मन्त्रालयमा पुगेर अर्को अंक राख्ने, कुन उद्देश्यले यस्ता काम गरिन्छ? रातारात करछली गरेर राज्यलाई ठग्ने, आर्थिक अपराध गरिएको छ' उनले भनिन्। 

करका दर हेरफेर हुन लागेको विषय बजेटअघि नै चुहावट हुनु सामान्य विषय नभएको भन्दै संसदबाटै समिति गठन गरेर छानबिन हुनुपर्ने माग संसदमा उठेको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरु सन्तोष सुब्बा, हर्कराज साम्पाङ राई, ज्ञानेन्द्र शाही, वर्षमान पुनलगायतले करका दर फेरबदल गरिएको, भन्सारलाई मिलाएर चीनबाट गाडी आयातमा अनियमितता भएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएको विषयप्रति छानबिन गरी दोषीलाई कारबाही गरिनुपर्नेमा जोड दिएका छन्।

संसदमा प्रश्न - सीमित व्यक्तिलाई मात्र थाहा हुने करका विषयमा सूचना लिक भएर गाडी भित्रिए, यो चुहावट कसले गर्‍यो? संसदमा प्रश्न - सीमित व्यक्तिलाई मात्र थाहा हुने करका विषयमा सूचना लिक भएर गाडी भित्रिए, यो चुहावट कसले गर्‍यो?

बीवाईडी बिक्रेता साइमेक्सले एउटा छली लुकाउन बोल्यो अर्को झुट : आयात तथ्यमै छलकपट बीवाईडी बिक्रेता साइमेक्सले एउटा छली लुकाउन बोल्यो अर्को झुट : आयात तथ्यमै छलकपट

बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा बजेटअघि नै कर वृद्धिको सूचनासँगै भित्रिएका बीवाईडीका ७ सय ७४ गाडी प्रहरीको नियन्त्रणमा

बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास बजेटअघि करछली गर्न भन्सारमा गाडी नआउँदै 'कागजमा मात्रै' बीवाईडीका गाडी जाँचपास

बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास बीवाईडीलाई कसले दियो कर बढ्ने सूचना? बजेटअघि १३ सय ९६ वटा गाडी जाँचपास

कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग कागजमा मात्रै गाडी जाँचपास प्रकरण : रसुवा भन्सार प्रमुखसहितको टिम तानियो विभाग

बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर बीवाईडीले बजेटमा कर बढ्ने सूचना पाउँदा छलियो एक अर्ब रुपैयाँ कर

बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु बजेटअघि नै करको सूचना : ७ सय ७९ विद्युतीय सवारीबारे छानबिन तीव्र, कागजात र प्रक्रियाको परीक्षण सुरु

बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन बजेटअघि नै करको सूचना : अर्थ मन्त्रालयको निर्देशनमा भन्सार विभागद्वारा छानबिन समिति गठन

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्। 


प्रकाशित : सोमबार, जेठ २५ २०८३१४:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend