आइतबार, वैशाख २३ गते २०८१    
images
images

अटोमा भरपर्दो उत्सव : नयाँ गाडीको सोधीखोजी र अग्रिम रोजाइँको मेला

नाडा अटो शोमा कस्ता छन् सवारी?

images
images
images
अटोमा भरपर्दो उत्सव : नयाँ गाडीको सोधीखोजी र अग्रिम रोजाइँको मेला

विशेषगरी विद्युतीय गाडीले उज्यालिएर उल्लासमय बनेको शोमा अन्य सवारीप्रति पनि उपभोक्ताको चासो बेजोड देखिएको छ।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा गएको मंगलबारदेखि चलिरहेको 'नाडा अटो शो २०२३' मा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति भइरहेको छ। शुक्रबारसम्ममा ४० हजारभन्दा बढी दर्शकको उपस्थिति भइसकेको अटो शो नयाँ गाडीको खोजीमा रहेका र अटो क्षेत्रमा चासो भएकाहरूका लागि फलदायी भइरहेको छ। 

images
images
images

‘नाडा अटो शो २०२३’ लाई नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले देशकै सबैभन्दा ठूलो शो भनेको छ। यो वर्षको नाडा अटो शोमा पहिलो दिन मंगलबार ८ हजार ५ सय जनाले अवलोकन गरेका थिए। त्यस्तै दोस्रो दिन बुधबार नै ११ हजार ७ सय जनाले अवलोकन गरे। ४ दिनमा ४० हजार जनाभन्दा बढीले अवलोकन गरिसकेका छन्।

images

विशेषगरी विद्युतीय गाडीले उज्यालिएर उल्लासमय बनेको शोमा अन्य सवारीप्रति पनि उपभोक्ताको चासो बेजोड देखिएको छ। अधिकांश ब्रान्डले नयाँ तथा यसअघि सार्वजनिक भएको विद्युतीय सवारी प्रदर्शनीमा राखिएका छन्। त्यसैले नाडा अटो शोको यो १५औँ संस्करण विद्युतीय गाडीले उज्यालिएको छ। दुई पांग्रेदेखि कार तथा प्यासेन्जर भ्यानसहित साना ट्रकसम्म प्रदर्शनीका लागि राखिएको छ।

images

battery catl china.jpg

images
images

सवारी आयातकर्ता कम्पनीहरूले अटो शो लक्षित गर्दै नयाँ मोडलका विद्युतीय सवारी सार्वजनिक गरेका हुन्। त्यस्तै दर्जनौँ कम्पनीले अटो शोमै आफ्ना नयाँ मोडलका कारहरू सार्वजनिक गरेका छन्। अटो शोमा दर्शकहरू दुईपांग्रे, चारपांग्रे, कमर्सियल सवारीका नयाँ तथा उपलब्ध सवारीको प्रदर्शनी र प्रविधिबारे जानकारी लिइरहेका भेटिन्छन्।

प्रदर्शनीमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरू र त्यसमा प्रयोग हुने टायरट्यूब, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरू लगायतका विभिन्न सामग्रीहरूसहित कुल १ सय २० वटा स्टल छन्। जसमा चारपांग्रे सवारी साधन १६, दुई पांग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरू ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट र एसेसरिजका ३१ स्टल रहेका छन्।

निटा यूमा आकर्षण

citron nada (5).jpg

नाडामा सीजी मोटर्सले निटा ब्रान्डका भी, यू, एस र जीटी प्रदर्शनीका लागि राखेको छ। नाडा अटो शोमा सीजी मोटर्सले निटा ब्रान्डका लागि आकर्षक स्टल बनाएको छ।

नाडामा निटा : निटा यूमा आकर्षण, सीजीले खुलायो बुकिङ, मूल्य ५२ लाखबाट सुरु नाडामा निटा : निटा यूमा आकर्षण, सीजीले खुलायो बुकिङ, मूल्य ५२ लाखबाट सुरु

अटो शो जानेहरूको ध्यान खिच्नेगरी निटाको स्टलमा विद्युतीय कार राखिएका छन्। विश्वस्तरीय विद्युतीय कार जीटी, एस, यू र निटा भीले धेरैलाई निटाको स्टलमा अड्याउन मद्दत गरेको छ। 

सुजुकी : जिम्नी र फ्रोन्क्समा उपभोक्ता

citron nada (5).jpg

नाडा अटो शो २०२३ मा सुजुकीले जिम्नी र फ्रोन्क्सलाई उच्च प्राथमिकताका साथ प्रदर्शनीका लागि राखेको छ। सुजुकीका जिम्नी, फ्रोन्क्स, नयाँ ब्रेजा र ग्रान्ड भिटारा प्रदर्शनीका लागि राखिएको छ। सीजी मोटोकर्पले सुजुकीका सबै एसयूभी सेगमेन्टका सवारीको लाइनअपलाई प्राथमिकता दिएको हो। 

नाडामा सुजुकी : जिम्नी र फ्रोन्क्सले खिचेको उपभोक्ताको ध्यान नाडामा सुजुकी : जिम्नी र फ्रोन्क्सले खिचेको उपभोक्ताको ध्यान

सुजुकीको स्टलमा नयाँ ब्रेजा तथा ग्रान्ड भिटारालाई पनि प्राथमिकता दिइएको छ। सुजुकीका जिम्नी र फ्रोन्क्सले अटो शो अवलोकन गर्न आउनेको ध्यान खिचिरहेको छ। आकर्षक क्लासिक डिजाइनमा सीजी मोटोकर्पले सुजुकीको स्टल बनाएको छ। कम्पनीले स्टलमा सोहीअनुसार विभिन्न मोडलका कार प्लेसमेन्ट गरेको छ।

एमजी फोर, कोमेट र जेडएस ईभी

citron nada (5).jpg

नाडामा उपभोक्ता आकर्षित गर्ने ईभीमध्येको एमजी (मोरिस ग्यारेज) का विद्युतीय कार पनि अग्रस्थानमा छन्। अटो शो लक्षित गरेर नयाँ प्रिमियम ह्याचब्यक कार एमजी फोर र सिटी कार कोमेट नेपाली बजारमा ल्याएको थियो। अटो शोभन्दा २ दिनअघि सार्वजनिक भएका दुई विद्युतीय कार एमजी फोर र कोमेट नाडाको आकर्षण मध्यको एक बनेको छ। 

नाडामा एमजी : एमजी फोर, कोमेट र सदाबहार जेडएस ईभी नाडामा एमजी : एमजी फोर, कोमेट र सदाबहार जेडएस ईभी

सिम्पल डिजाइनमा तयार भएको एमजी स्टलमा एमजी फोर र कोमेट तथा एमजीको सदाबहार विद्युतीय एसयूभी जेडएस ईभीमा आगन्तुकको असाधारण आकर्षण देखिएको छ। एमजी मोटरको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाडा सुरु हुनु दुई दिनअघि दुई विद्युतीय कार एमजी कोमेट ईभी र एमजी फोर ईभी सार्वजनिक गरेको थियो।

टियागो ईभी जहाँ सर्वाधिक दर्शक

citron nada (5).jpg

टाटा मोटर्सको नेपालका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२३ को पहिलो दिन टियागो ईभी सार्वजनिक गरेको हो। सार्वजनिक भएलगत्तै टियागो ईभीमा अवलोकनकर्ताको राम्रो उपस्थिति छ। टाटाको स्टलमा यस्तो उपस्थिति दिनदिनै बढ्दै गइरहेको छ।

नाडामा टाटा : अटो शो प्रवेश गरेकाले नबिराइ हेर्ने टियागो ईभी नाडामा टाटा : अटो शो प्रवेश गरेकाले नबिराइ हेर्ने टियागो ईभी

अटो शोको प्रवेशद्वारबाट छिर्नेवित्तिकै देखिन्छ टाटा मोटर्सको स्टल। साधारण डिजाइनमा बनाइएको स्टलको भित्तामा गमलाहरू सजाइएको छ। शून्य प्रदूषण तथा हरितलाई प्राथमिकता दिने थिममा सिप्रदीले स्टल डिजाइन गरेको छ। अधिकांश अवलोकनकर्ताहरूले टियागो ईभीबारे नै जिज्ञासा राखिरहेका छन्। सोही स्टलमा टाटाको नयाँ पेट्राल इन्जिनयुक्त पन्च पनि राखिएको छ।

फोटोन ईभी भ्यानमा आकर्षण

citron nada (5).jpg
नाडा अटो शोमा फोटोनका ईभी भ्यान र विद्युतीय ट्रक टीएम वानमा अवलोकनकर्ताको आकर्षण देखिएको छ। फोटोनको ईभी भ्यानबारे जिज्ञासा राख्ने र बुकिङ गर्नेको संख्या बढिरहेका छन्।

नाडामा फोटोन : ईभी भ्यान र विद्युतीय ट्रक टीएम वानमा आकर्षण नाडामा फोटोन : ईभी भ्यान र विद्युतीय ट्रक टीएम वानमा आकर्षण
फोटोनको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले अटो शोमा फोटोनको विद्युतीय ट्रक टीएम वान र १५ सिट क्षमताको विद्युतीय भ्यान प्रदर्शनीका लागि राखेको छ। फोटोनको स्टलमा अवलोकनकर्ताको उल्लेख्य उपस्थिति रहेको र बुकिङ गर्नेको संख्या पनि बढ्दै गएको जनाएको छ।

नयाँ  ब्रान्ड सेरेसका दुई विद्युतीय मोडल

ford nada (4) copy.jpg
विद्युतीय सवारीसहित नाडामा सार्वजनिक भएको सेसेर ब्रान्डका दुई सवारी आएका छन्। सेरेसको मिनी ईभी ई वान र एसयूभी सेगमेन्टको सेरेस थ्री नाडामा प्रदर्शनीका लागि राखिएका छन्। 

नाडामा सेरेस : नयाँ ब्रान्डको दुई विद्युतीय मोडल, ई वान र सेरेस थ्रीमा अवलोकनकर्ता आकर्षित नाडामा सेरेस : नयाँ ब्रान्डको दुई विद्युतीय मोडल, ई वान र सेरेस थ्रीमा अवलोकनकर्ता आकर्षित

मिनी ईभी ई वान र सेरेस थ्रीमा नाडा अटो शो अवलोकन गर्न आउनेहरु रोकिरै हेर्ने गरेका छन्। सेरेसलाई बर्न इन अमेरिका, प्रुभ इन युरोप र हाल नेपालमा भन्ने नाराका साथ एमएडब्लू वृद्धिले आधिकारिक रुपमा भित्र्याएको हो। 

जीडब्लूएम : पावर, हाभल र ओरा ईभी

ford nada (4) copy.jpg
ग्रेटवाल मोटस (जीडब्लूएम)ले नाडा अटो शोमा पावर हाभल र ओरा ईभी ब्रान्डलाई समानान्तर रुपमा राखेको छ। त्यसमध्ये विद्युतीय कार ओरालाई प्राथमिकता दिएको छ। नाडामा आउने धेरैको ध्यान क्लासिक डिजाइनयुक्त ओराले खिचिरहेको छ। 

नाडामा जीडब्लूएम : पावर, हाभल र ओरा ईभीको संगम नाडामा जीडब्लूएम : पावर, हाभल र ओरा ईभीको संगम

मंगलबारदेखि भृकुटिमण्डपमा जारी नाडा अटो शोमा आउनेहरुले ओरा ०३ ईभीलाई विशेष चासोका साथ हेरिरहेको र यसबार जिज्ञासा राखिरहेको कम्पनीले जनाएको छ। नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले सिम्पल डिजाइनमा आकर्षक स्टल तयार पारेर ओरा ईभीसहित पावर र हाभल ब्रान्ड राखिएको छ।

स्काइवेलको नयाँ धमाका

ford nada (4) copy.jpg
नाडा अटो शोमै सार्वजनिक भएको अर्को ब्रान्ड हो स्काइवेल। चिनियाँ प्रिमियम विद्युतीय सवारी उत्पादन ब्रान्ड स्काइवेलको ईटी फाइन नेपाल आउने तय भइसकेको छ। ईटी फाइभ बारे नाडामा आउने र प्रिमियम विद्युतीय सवारी खोज्नेहरु जी मोटर्सको स्टलमा पुगिरहेका छन्।

नाडामा स्काइवेल : नयाँ ब्रान्डको ईटी फाइभबारे बुझ्ने र बुकिङ गर्ने बढ्दै नाडामा स्काइवेल : नयाँ ब्रान्डको ईटी फाइभबारे बुझ्ने र बुकिङ गर्ने बढ्दै

जी मोटर्सले स्काइवेल ब्रान्ड नेपाली बजारमा आधिकारिक बिक्रेताको रुपमा भित्र्याएको हो। नाडा अटो शोकै पूर्वसन्ध्यामा जी मोटर्सले स्काइवेल ब्रान्ड सार्वजनिक गरेको थियो। जी मोटर्सले सुरुमा स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी ईटी फाइभ ल्याउन लागेको हो। आकर्षक डिजाइन र उच्च प्रविधियुक्त ईटी फाइभ हालसम्म नेपालमा उपलब्धमध्ये सबैभन्दा बढी रेन्ज दिने विद्युतीय एसयूभी भएको कम्पनीको भनाइ छ।

एसआरएम विद्युतीय भ्यान एक्स ३० एल

ford nada (4) copy.jpg
प्यासेन्जर कारमा मात्र नभइ माइक्रो तथा भ्यान सेगमेन्टमा पनि विद्युतीय सवारीको माग बढ्दै गइरहेको छ। त्यस्तैमा नेपाल आएको एसआरएम ब्रान्डका विद्युतीय भ्यान नाडा अटो शोमा पनि राखिएको छ। एमआरएमको एक्स ३० एल ईभी भ्यान प्रदर्शनीमा छ। एसआरएम एक्स ३० एलमा ४१.८६ किलोवाट आवरको ब्याट्री रहेको छ।

नाडामा एसआरएम : विद्युतीय भ्यान एक्स ३० एल नाडामा एसआरएम : विद्युतीय भ्यान एक्स ३० एल

११ सिट क्षमताको सुविधायुक्त यो प्यासेन्जर मिनि भ्यान हेर्ने र जिज्ञासा राख्नेको संख्या उल्लेख्य रहेको छ। पुजा कन्स्ट्रक्सन नेपाल प्रालिले नेपाल ल्याएको यो विद्युतीय भ्यान स्कुल बस तथा विभिन्न छोटो र मध्यम दुरीको रुटका लागि उपयुक्त हुन्छ।

कियाको नयाँ स्पोर्टेजमा अवलोकनकर्ताको ध्यान

ford nada (4) copy.jpg
नाडा अटो शोमा कियाको नयाँ स्पोर्टेज राखिएको छ। नाडामै सार्वजनिक भएको यो एसयूभीले धेरैको ध्यान तानिरहेको छ। कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रलिले सिम्पल डिजाइनमा सजाएको स्टलमा स्पोर्टेज, सेल्टोस र सोनेट प्रदर्शनीमा राखिएको छ।

नाडामा किया : नयाँ स्पोर्टेजले तान्दैछ अवलोकनकर्ताको ध्यान नाडामा किया : नयाँ स्पोर्टेजले तान्दैछ अवलोकनकर्ताको ध्यान

प्रिमियम एसयूभी रोज्नेहरूका लागि किया स्टोर्टेज उपयुक्त विकल्प हुन सक्छ। नाडामा सवारी लिन चाहनेले विशेष सुविधा पाउने कम्पनीले जनाएको छ। कियाको मिडसापज एसयूभी सेल्टोमा पनि उपभोक्ताको आकर्षण रहेको छ। नेपाली बजारमा सफल मानिएको सेल्टोस नाडामा आउने अवलोकनकर्ताका लागि पनि चासोमा परिरहेको छ।

हुन्डाईमा ईभी र आसीईको संगम

ford nada (4) copy.jpg
विद्युतीय कारप्रति अलिबढी आकर्षित अवलोकनकर्ताहरूका लागि हुन्डाईको स्टलले स्वभाविक रूपमै अड्याइरहेको छ। हुन्डाईको स्टलमा पेट्रोलियम कार र विद्युतीय कार दुवै भएकाले पनि अवलोकनकर्ताहरुलाई आकर्षित गरिरहेको हो। 

नाडामा हुन्डाई : ईभी र आसीईको संगम, सदाबहार कोना र आयोनिक फाइभ तथा नयाँ एक्सटर नाडामा हुन्डाई : ईभी र आसीईको संगम, सदाबहार कोना र आयोनिक फाइभ तथा नयाँ एक्सटर

हुन्डाईको स्टलमा विगत लामो समयदेखि नेपाली बजारमा बिक्री हुँदै आएको कोना ईभी राखिएको छ तर यो कोना ईभी नयाँ डिजाइन र परिष्कृत विशेषतासहित नेपाल आएको हो। नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिने नयाँ कम्प्याक्ट एसयूभी एक्सटर समेत नाडा आटो शोमा सार्वजनिक गरेको हो।

सिट्रोन ईसी थ्रीको आकर्षण

ford nada (4) copy.jpg
सिट्रोनको ईसी थ्री विद्युतीय कार नाडा अटो शोमा मुख्य आकर्षणमध्यको एक हो। फ्रान्सेली कम्पनीले उत्पादन गरेको सिट्रोन ईसी थ्री भारतमा उत्पादन भएको विद्युतीय कार हो। सिट्रोनको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नाडामा सिम्पल थिममा आकर्षक स्टल बनाएर ईसी थ्रीसहित विभिन्न मोडलका कार प्रदर्शनीका लागि राखेको छ। 

नाडामा सिट्रोन : सिट्रोन ईसी थ्रीले तानेको अवलोकनकर्ताको ध्यान नाडामा सिट्रोन : सिट्रोन ईसी थ्रीले तानेको अवलोकनकर्ताको ध्यान

सिट्रोन ईसी थ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ। फ्रन्ट ह्वील ड्राइभ सिट्रोन ईसी थ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ। सिट्रोन ईसी थ्रीको मोटरले जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको गति तय गर्न सक्छ। 

फोर्डको प्रिमियम सेगमेन्टमा उपभोक्ता

ford nada (3) copy.jpg

फोर्डका प्रिमियम सवारी प्रदर्शनीमा राखिएका छन्। फोर्डको स्टल पनि सवारीअनुसार प्रिमियम झल्कने गरिनै निर्माण गरिएको छ। फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले प्रिमियम सेगमेन्टका राप्टर, रेन्जर र एभरेष्ट गाडी अटो शोमा प्रदर्शनीका लागि राखिएको छ। एसयूभी र पिकअपको बाटो झल्काउने गरिनै जीओ फोर्डले स्टल बनाएको छ। 

नाडामा फोर्ड : प्रिमियम सेगमेन्टका उपभोक्ता आकर्षित गरिरहेको राप्टर नाडामा फोर्ड : प्रिमियम सेगमेन्टका उपभोक्ता आकर्षित गरिरहेको राप्टर

शोमा प्रिमियम सेगमेन्टका सवारी बिक्रीता वा न्यून संख्यामा प्रिमियम सवारी उपलब्ध छ। प्रिमियम सेगमेन्टमा फोर्डले अटो शोमा आफूलाई बलियो रुपमा प्रस्तुत गरेको छ। फोर्ड पर्फमेन्सको अवधारणा अनुरुप डिजाइन तथा इन्जिनियरिङ गरिएको नेक्स्टजेन रेन्जर राप्टरमा विभिन्न स्मार्ट प्रविधिका साथ नयाँ पुस्ताका हार्डवेयरहरु राखिएका छन्।

महिन्द्राको भिन्न देखिने स्टलमा स्कर्पियो एन

mahindra nada (6).jpg
नाडा अटो शोमा महिन्द्राका सवारीका उपस्थिति बलियो रहेको छ। कम्पनीको ब्रान्ड कलर थिममा महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटेडले स्टल निर्माण गरेको छ। डार्क कलर थिममा आकर्षक डिजाइन गरेर सवारीहरु प्लेसमेन्ट गरिएको छ। 

नाडामा महिन्द्रा : ब्रान्ड थिममा बनेको स्टलमा स्कर्पियो एन, एक्सयूभी ३०० र ७०० नाडामा महिन्द्रा : ब्रान्ड थिममा बनेको स्टलमा स्कर्पियो एन, एक्सयूभी ३०० र ७००

अग्नीले महिन्द्राका एक्सयूभी ३००, एक्सयूभी ७०० तथा स्कर्पियो एन प्रदर्शनीमा राखिएका छन्। भारतीय सवारी उत्पादक महिन्द्राले लामो इतिहास बोकेको स्कर्पियोलाई नयाँ डिजाइन तथा परिस्क्रित प्रविधिअनुसार गत वर्ष बजारमा ल्याएको थियो। त्यसको केही समयपछि स्कर्पियो एन नेपाल आएको थियो। 

नाडामा रोयल इनफिल्ड : आकर्षक मूल्यले झुम्मिए युवा  नाडामा रोयल इनफिल्ड : आकर्षक मूल्यले झुम्मिए युवा 

नाडामा भेस्पा/अप्रिलिया : युवा आकर्षित गर्दै अप्रिलिया एसआर १६० नाडामा भेस्पा/अप्रिलिया : युवा आकर्षित गर्दै अप्रिलिया एसआर १६०

 

images

प्रकाशित : शनिबार, भदौ ३० २०८००३:०९

प्रतिक्रिया दिनुहोस