शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

नाडामा सेरेस : नयाँ ब्रान्डको दुई विद्युतीय मोडल, ई वान र सेरेस थ्रीमा अवलोकनकर्ता आकर्षित

images
शुक्रबार, भदौ २९ २०८०
images
images
नाडामा सेरेस : नयाँ ब्रान्डको दुई विद्युतीय मोडल, ई वान र सेरेस थ्रीमा अवलोकनकर्ता आकर्षित

मिनी ई वान र सेरेस थ्रीलाई प्लेसमेन्ट गरिएको स्टलमा अवलोकनकर्ता चासोका साथ सवारीबारे जिज्ञासा राखिरहेका छन्।

images
images

काठमाडौं- नाडा अटो शो २०२३ मा नयाँ चिनियाँ ब्रान्ड सार्वजनिक भयो। विद्युतीय सवारीसहित नाडामा सार्वजनिक भएको सेसेर ब्रान्डका दुई सवारी आएका छन्। सेरेसको मिनी ईभी ई वान र एसयूभी सेगमेन्टको सेरेस थ्री नाडामा प्रदर्शनीका लागि राखिएका छन्। 

images
images

मिनी ईभी ई वान र सेरेस थ्रीमा नाडा अटो शो अवलोकन गर्न आउनेहरु रोकिरै हेर्ने गरेका छन्। सेरेसलाई बर्न इन अमेरिका, प्रुभ इन युरोप र हाल नेपालमा भन्ने नाराका साथ एमएडब्लू वृद्धिले आधिकारिक रुपमा भित्र्याएको हो। 

images
images

एमएडब्लू वृद्धिले सेरेसका स्टललाई आकर्षक बनाएको छ। मिनी ई वान र सेरेस थ्रीलाई प्लेसमेन्ट गरिएको स्टलमा अवलोकनकर्ता चासोका साथ सवारीबारे जिज्ञासा राखिरहेका छन्। नयाँ ब्रान्ड भइकन पनि सेरेसले नाडा अटो शोमा राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको भनाइ छ।

images
images
seres nada (2).jpg

सेरेस ३ कम्फर्ट भेरियन्टको सुरुवाती मूल्य ४७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने प्रिमियम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तय गरिएको कम्पनीको भनाइ छ। यो मूल्य सीमित अवधिका लागि मात्र हुने जनाएको छ। त्यसैगरी सेरेस ई वानको सुरुवाती मूल्य १३ लाख ९९ हजार रुपैयाँ छ। ई वान मिड भेरियन्टको मूल्य १६ लाख ४९ हजार र टप भेरियन्टको १७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

सेरेस थ्री विद्युतीय सवारीसाधनमा मात्र नभइ लक्जरी, पावर र अनरोड र अफरोड दुवै सडकमा उपयुक्त हुने कम्पनीको भनाइ छ। ९९ किलोवाट पीक पावरको मोटर र ५२.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक सेरेस थ्रीमा छ। यसले एक पटकको फुल चार्जमा ४ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ। 

seres nada.jpg

सेरेस मिनी ईभी ई वानमा १३.८ र १६.८ किलोवाट आवर लिथियम आयन ब्याट्रीमा उपलब्ध छ। गाडीमा उपलब्ध ब्याट्रीले एक पटकको फुल चार्जमा १ सय ८० किलोमिटरदेखि २ सय २० किलोमिटरसम्मको रेन्ज कम्पनीले जनाएको छ। 

नाडा अटो शोको तेस्रो दिनसम्ममा सेरेसको ई वान र सेरेस थ्री उल्लेख्य संख्यामा बुकिङ भएको कम्पनीले जनाएको छ।

seres nada (6).jpg
seres nada (3).jpg
seres nada (5).jpg
seres nada (4).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८००६:२७
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # seres
  • # seres3


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend