सोमबार, वैशाख २४ गते २०८१    
images
images

नाडामा टाटा : अटो शो प्रवेश गरेकाले नबिराइ हेर्ने टियागो ईभी

images
images
images
नाडामा टाटा : अटो शो प्रवेश गरेकाले नबिराइ हेर्ने टियागो ईभी

विश्वसनीय ब्रान्डको अफोर्डेवल विद्युतीय कारको पर्खाइमा धेरै नेपाली उपभोक्ता रहेकाले पनि टियागो ईभीबारे बुझ्न आउनेको संख्या अत्याधिक रहेको कम्पनीले जनाएको छ।

images
images

काठमाडौं- नाडा अटो शो २०२३ को प्रवेशद्वारबाट छिर्नेवित्तिकै देखिन्छ टाटा मोटर्सको स्टल। साधारण डिजाइनमा बनाइएको स्टलको भित्तामा गमलाहरू सजाइएको छ। शून्य प्रदूषण तथा हरितलाई प्राथमिकता दिने थिममा सिप्रदीले स्टल डिजाइन गरेको छ। 

images
images
images

टाटा मोटर्सको नेपालका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शो २०२३ को पहिलो दिन टियागो ईभी सार्वजनिक गरेको हो। सार्वजनिक भएलगत्तै टियागो ईभीमा अवलोकनकर्ताको राम्रो उपस्थिति छ। टाटाको स्टलमा यस्तो उपस्थिति दिनदिनै बढ्दै गइरहेको छ। 

images

विश्वसनीय ब्रान्डको अफोर्डेवल विद्युतीय कारको पर्खाइमा धेरै नेपाली उपभोक्ता रहेकाले पनि टियागो ईभीबारे बुझ्न आउनेको संख्या अत्याधिक रहेको कम्पनीले जनाएको छ। सिप्रदीले टाटा टियागो ईभीको मूल्य कति राख्छ भन्नेमा पनि धेरैले चासो राखेका थिए। जब नाडा अटो शोको पहिलो दिन मंगलबार टियागो ईभी सार्वजनिकसँगै मूल्य घोषणा गर्‍यो सो मूल्यबाट धेरैले चित्तबुझ्दो भएको प्रतिक्रिया जनाए। 

images

टियागो ईभीको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ कायम भएपछि बजेट ईभी खोज्नेहरू नाडामा पुग्दा टाटाको स्टलमा अनिवार्यरुपमा अलमलिने गरेका छन्। त्यहाँ पुगेका अधिकांश अवलोकनकर्ताहरूले टियागो ईभीबारे नै जिज्ञासा राखिरहेका छन्। सोही स्टलमा टाटाको नयाँ पेट्राल इन्जिनयुक्त पन्च पनि राखिएको छ।

images
images
tata nada (2).jpg

उक्त कम्प्यान्ट एसयूभी पनि पहिलोपटक नै नेपाल आएको हो। त्यस्तै टाटाले नेक्सन ईभी म्याक्स पनि परिष्कृत मूल्यसहित प्रदर्शनीमा राखेको छ। यी कारबारे चासो राख्नेहरू पनि ठूलै संख्यामा छन् तर यी कार हेरिसकेपछि पुनः टियागो ईभीतिरै अवलोकनकर्ताहरू आकर्षित भएरहेका छन्। 

राजधानीको भृकुटी मण्डपस्थित प्रदर्शनी हलमा जारी १५औँ संस्करणको ‘टाटा मोटर्स जेन्युइन आयल नाडा अटो सो २०२३’ मा टियागो ईभी, पन्च र नयाँ मूल्यसहितको नेक्सन ईभी म्याक्सको बिक्रीसमेत सिप्रदीले सुरु गरेको जनाएको छ। 

अत्याधुनिक जिपट्रन प्रविधियुक्त टियागो ईभीमा पाँचवटा मुख्य विशेषताहरू रहेका छन्। जसमा कार्य कुशलता, प्रविधि, विश्वास, चार्जिङ र आरामदायीता रहेको कम्पनीले जनाएको छ। क्रुज कन्ट्रोलसहितको टियागो ईभीमा अत्याधुनिक टेलिम्याटिक्स, कन्ट्रयास्ट रुफ, पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल, प्रोजेक्टर अटो हेडल्याम्पलगायत विशेषताहरू रहेका छन्। 

tata nada (3).jpg

यो गाडीको इन्टेरियर आरामदायी तथा एक्स्टेरियर आकर्षक रहेको छ। टियागो ईभी सीमित अवधिका लागि सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यस्तै टियागो ईभी एमआर एक्सटीको २२ लाख ९९ हजार, एलआर एक्सटीको २५ लाख ४९ हजार, एलआर एक्सजेड प्लसको २६ लाख ९९ हजार र एअआर एक्सजेड प्लस टेकको २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। 

यस्तै अर्को विद्युतीय कार नेक्सन ईभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट आवर र रेञ्ज ४ सय ५३ किलोमिटर रहेको छ। टियागो ईभीजस्तै अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयूभीको बनावट आकर्षक रहेको छ। आरामको लागि पावर विन्डो र पूर्णस्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरू भएको नेक्सन ईभी एक्स जेट प्लसले अन्यभन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ। सुरक्षाको लागि यसमा एन्टिलक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सनजस्ता व्यवस्थाहरू छन्। नेक्सन ईभी म्याक्स एक्स जेड प्लसको सुरुवाती मूल्य ४५ लाख ९९ लाख रुपैयाँ राखिएको छ।

tata nada (7).jpg

त्यसैगरी टाटाको ‘न्यु फरेभ’ रेञ्ज अन्तर्गतको टाटा पन्च पनि नाडा अटो शोमै सार्वजनिक भएको हो। आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्णसुरक्षा रहेका छन्।

नयाँ युग सुहाउदो सोच र प्रविधिमा  आधारित यो गाडीले ग्राहकहरूको बदलिँदो इच्छा एवं आकांक्षाहरूको परिपूर्ति गर्दछ। टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी बिक्री भइरहेको सब कम्प्याक्ट एसयूभी रुपमा पनि परिचित छ।  

tata nada (6).jpg

टाटा पन्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ। त्यस्तै अन्य मोडलहरूको मूल्य क्रमशः पन्च ऐडभेन्चर एमटीको ३७ लाख ४९ हजार, पन्च एकम्प्लिस्ड एमटीको ४० लाख ४९ हजार र पन्च क्रिएटिभ एमटीको ४३ लाख४९ हजार रुपैयाँ तोकिएको छ। 

सिप्रदीले टाटाका अन्य कारहरू डिजेल/पेट्रोल भर्सनको नेक्सन, अल्ट्रोज, पेट्रोल भर्सनको टियागो, एचफाइभ तथा सफारी बिक्री गर्दै आएको छ। 

tata nada (4).jpg
tata nada (5).jpg

images

प्रकाशित : बिहीबार , भदौ २८ २०८००१:१३
  • सम्बन्धित विषय:

  • # tata tiago ev
  • # tata
  • # biznessnews
  • # tata motor
  • # tata punch
  • # sipradi
  • # tata nexon ev
  • # नाडा अटो २०२३


  • प्रतिक्रिया दिनुहोस