शनिबार, वैशाख २२ गते २०८१    
images
images

नाडामा रोयल इनफिल्ड : आकर्षक मूल्यले झुम्मिए युवा 

images
images
images
नाडामा रोयल इनफिल्ड : आकर्षक मूल्यले झुम्मिए युवा 

रोयल इनफिल्ड हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिनमा उपलब्ध छ। कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको जनाएको छ। रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टर ३५० उत्पादान भएको हो। 

images
images

काठमाडौं- रोयल इनफिल्डको मोटरसाइकल युवामाझ लोकप्रिय छ। धेरै युवाको ड्रिम मोटरसाइकलका रुपमा रहेको रोयल इनफिल्ड नेपालमै एसेम्बल सुरु भइसकेको छ। सोही कारण आकर्षक मूल्यमा रोयल इनफिल्डका मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेको छ। 

images
images
images

नाडा अटो शो २०२३ मा रोयल इनफिल्डका मोटरसाइकलमा धेरै युवाको ध्यान गइरहेको छ। रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले नेपालमै एसेम्बल भएका विभिन्न मोडलका मोटरसाइकल अटो शोमा राखेको छ। 

images

ब्रान्ड भ्यालुअनुसारकै आकर्षक डिजाइनमा अल्फाले रोयल इन्फिल्डको स्टल बनाएको छ। अटो शो पुगेर दुई पांग्रेको पेभिलियन पसेपछि जो कोही अन्त नरोकिएपनि रोयल इनफिल्डको स्टलमा रोकिरहेका छन्। अल्फाले नाडा अटो शोकै क्रममा विभिन्न तीन वटा मोडल सार्वजनिक गरेको हो। 

images

अल्फा अटोमोटिभले नाडा अटो शोको पहिलो दिन हन्टर ३५० सार्वजनिक गरेको हो। अल्फाले ४ लाख ५९ हजार रूपैयाँ सुरूवाती मूल्यमा हन्टर ३५० सार्वजनिक गरेको हो भने यसको टप भेरियन्टको मूल्य ४ लाख ७९ हजार रूपैयाँ तोकिएको छ। योसँगै हन्टर ३५० रोयल इनफिल्डको सबैभन्दा कम मूल्यको मोटरसाइकल भएको छ।

images
images
bullet nada (2).jpg

हन्टर ३५० रेट्रो, हन्टर मेट्रो गरी दुई भेरियन्टमा विभन्न कलर अप्सन उपलब्ध छ। हन्टर रेट्रो यसको वेस भेरियन्ट हो। यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको र बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टरमात्र छ। 

रोयल इनफिल्ड हन्टरमा पनि ३५० सीसी क्षमताकै इन्जिनमा उपलब्ध छ। कम्पनीले मेटियर ३५० कै समान प्लेटफर्ममा हन्टर ३५० उत्पादन गरेको जनाएको छ। रोयल इनफिल्डको नयाँ प्लेटर्फम जे सिरिजको इन्जिन हन्टर ३५० उत्पादान भएको हो। 

त्यस्तै नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५० सीसी डार्क एडिसन र क्लासिक ३५० सीसी क्रोम एडिसन सार्वजनिक गरेको हो। कम्पनीले क्लासिक ३५० डार्क एडिसनको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोम एडिसनको मूल्य ५ लाख ३० हजार रुपैयाँ तोकेको छ। दुवै भेरियन्टको बुकिङ समेत खुला गरिएको कम्पनीले जनाएको छ। 

bullet nada (3).jpg

दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ। यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य विशेषताहरू केही परिवर्तन नगरी पुरानै यथावत राखेको छ।

नयाँ दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर-ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ। उक्त इन्जिनले अधिकतम ६१ सय आरपीएममा २०।४८ हर्स पावर र ४ हजार आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ।

रोयल इनफिल्डका मोटरसाइकल नेपालमै एसेम्बल हुँदै आएका छन्। २०२३ जुनबाट सीकेडी आयात गरी अल्फा अटोमोटिभले रोयल इनफिल्डका मोटरसाइकल उत्पादन थालेको थियो। अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र थाइल्यान्डपछि नेपाल रोयल इनफिल्डको एसेम्बल प्लान्ट भएको पाँचौ देश हो। 

re classic dark.JPG

१ लाख वर्गफुट क्षेत्रफलमा वीरगञ्जमा रोयल इनफिल्डको एसेम्बल प्लान्ट रहेको छ। यो प्लान्टबाट वार्षिक २० हजार मोटरसाइकल उत्पादन क्षमता छ। 

नाडा अटो शो २०२३ मा सार्वजनिक भएको हन्टर ३५०, क्लासिक ३५० पनि सोही प्लान्टमा एसेम्बल भएको हो। योसँगै यसअघि क्लासिक ३५० र स्क्राम ४११ पनि सोही प्लान्टमा एसेम्बल भएका मोटरसाइकल नेपाली बजारमा बिक्री हुँदै आएका छन्। 

नेपालकै एसेम्बल भएकाले आयातको गरिएको भन्दा तुलनात्मक रुपमा कम मूल्य भएकाले धेरैको ध्यान रोडल इनफिल्डले खिचिरहेको छ। 

images

प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१२:५९
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # royal enfield
  • # hunter 350
  • # classic350


  • प्रतिक्रिया दिनुहोस