बुधबार, वैशाख २६ गते २०८१    
images
images

नाडामा एमजी : एमजी फोर, कोमेट र सदाबहार जेडएस ईभी

images
बिजनेस न्युज
images
images
नाडामा एमजी : एमजी फोर, कोमेट र सदाबहार जेडएस ईभी

सिम्पल डिजाइनमा तयार भएको एमजी स्टलमा एमजी फोर र कोमेट तथा एमजीको सदाबहार विद्युतीय एसयूभी जेडएस ईभीमा आगन्तुकको असाधारण आकर्षण देखिएको छ।

images
images

काठमाडौं- गएको मंगलबारदेखि सुरु भएको 'नाडा अटो शो २०२३' को आज तेस्रो दिन हो। नाडामा विद्युतीय सवारीले धेरै उपभोक्तालाई आकर्षित गरिरहेको छ। उपभोक्ता आकर्षित गर्ने ईभीमध्येको एमजी (मोरिस ग्यारेज) का विद्युतीय कार पनि अग्रस्थानमा छन्। 

images
images
images

एमजीले नाडा अटो शो २०२३ लाई नै लक्षित गरेर नयाँ प्रिमियम ह्याचब्यक कार एमजी फोर र सिटी कार कोमेट नेपाली बजारमा ल्याएको थियो। अटो शोभन्दा २ दिनअघि सार्वजनिक भएका दुई विद्युतीय कार एमजी फोर र कोमेट नाडाको आकर्षण मध्यको एक बनेको छ। 

images

सिम्पल डिजाइनमा तयार भएको एमजी स्टलमा एमजी फोर र कोमेट तथा एमजीको सदाबहार विद्युतीय एसयूभी जेडएस ईभीमा आगन्तुकको असाधारण आकर्षण देखिएको छ। एमजी मोटरको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाडा सुरु हुनु दुई दिनअघि दुई विद्युतीय कार एमजी कोमेट ईभी र एमजी फोर ईभी सार्वजनिक गरेको थियो। 

images

पारापाउन्टले सार्वजनिक गरेको कोमेट ईभी सिटी कार हो भने एमजी फोर प्रिमियम विद्युतीय ह्याचब्याक हो। योसँगै नेपाली बजारमा एमजीको विद्युतीय कारमा सिटी कारदेखि प्रिमियम ह्याचब्याक हुँदै एसयूभीसम्मको रेन्ज थपिएको छ। 

images
images
MG nada (2).jpg

कोमेट ईभी एमजीले भारतमा उत्पादन गरेको कम मूल्यको सिटी कार हो। भारतमा राम्रो सफलता पाइरहेको सहरकेन्द्रित मिनी ईभी कोमेट नाडा आटो शो २०२३ को आकर्षको केन्द्र बनेको छ। 

त्यस्तै एमजी फोर ईभी चीन तथा बेलायतयगात बजारमा चर्चा कमाएको मोडल हो। कम्पनीले यसलाई प्रिमियम ह्याचब्याक सेग्मेन्टमा विद्युतीय कार उपलब्ध गराएर यो सेगमेन्टका उपभोक्तालाई आकर्षित गर्न खोजेको छ। पारामाउन्ट मोटर्सले नेपाल ल्याएको एमजी फोर बेलायतको ‘कार अफ द इयर २०२३’ भएको मोडल हो। 

नाडामा एमजी फोरले पनि धेरैको ध्यान खिचेको छ। आकर्षक डिजाइन तथा उत्कृष्ट पर्फमेन्टका कारण एमजी फोर ईभीले प्रदर्शनीमा आउनेलाई आकर्षित गरिरहेको छ। नेपालमा सर्वाधिक सफल विद्युतीय एसयूभी जेडएस ईभी प्रति नाडामा पनि उपभोक्ता त्यतिनै आकर्षित भइरहेका छन्। 

MG nada (3).jpg

एमजी कोमेट ईभी र एमजी फोर ईभी आएसँगै नेपाली बजारमा एमजीका ३ विद्युतीय मोडल उपलब्ध भएका छन्। कम्पनीले २०१९ देखि बिक्री गर्दै आएको जेडएस ईभी नेपालको सफल कम्प्याकट एसयूभी हो। एमजी कोमेटले २ सय ३० किलोमिटर रेन्ज दिन्छ। 

एमजी कोमेट ईभीको सुरुवाती मूल्य १७ लाख ९९ हजार रहेको छ भने एमजी कोमेट ईभी प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ। त्यस्तै एमजीले कमेट ईभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको बारेन्टि दिएको छ।

एमजी फोर ईभी युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको हो। कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजी कम्फर्ट ईभीको ब्याट्री क्षमता ५१ केडब्यलूएच र ९९ केडब्लूको मोटर रहेको छ। त्यस्तै एमजी लक्जरी ईभीको ब्याट्री क्षमता ६४ केडब्लूएच र १ सय ५० किलोवाटको मोटर रहेको छ।

MG nada (4).jpg

एमजी फोर ईभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर ह्वील ड्राइभ हो जुन यही मूल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरूको सेग्मेन्टमा पहिलो विशेषता हो।

एमजी फोर ईभीले सिङल चार्जमा ४ सय ३५ किलोमिटरसम्मको रेन्ज दिन्छ। राम्रो ह्यान्ड्लिङ र ट्याक्सनको लागि एमजी फोर ईभीमा रियर ह्वील लेआउट राखिएको छ। त्यस्तै यात्रुहरूको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता विशेषताहरू रहेका छन्।  

पारामाउन्ट मोटर्सले एमजी फोर कम्फर्ट ईभीको सुरुवाती मूल्य ४१ लाख ४९ हजार रहेको छ भने एमजी लक्जरी ईभीको सुरुवाती मूल्य ५८ लाख ९९ लाख रूपैयाँ तोकिएको छ।

MG nada (5).jpg
MG nada (6).jpg
MG nada (7).jpg

images

प्रकाशित : ०९:५४
प्रतिक्रिया दिनुहोस