शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

नाडामा महिन्द्रा : ब्रान्ड थिममा बनेको स्टलमा स्कर्पियो एन, एक्सयूभी ३०० र ७००

images
शुक्रबार, भदौ २९ २०८०
images
images
नाडामा महिन्द्रा : ब्रान्ड थिममा बनेको स्टलमा स्कर्पियो एन, एक्सयूभी ३०० र ७००

स्टल निर्माणलाई विशेष ध्यान दिएको अग्नीले सवारीसाधनलाई त्यहीअनुसार राखेको छ। नाडा अटो शोमा पुग्नेहरुको ध्यान खिच्ने गरि महिन्द्राका सवारीहरु खडा भएर बसेका छन्। 

images
images

काठमाडौं- नाडा अटो शोमा महिन्द्राका सवारीका उपस्थिति बलियो रहेको छ। कम्पनीको ब्रान्ड कलर थिममा महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटेडले स्टल निर्माण गरेको छ। डार्क कलर थिममा आकर्षक डिजाइन गरेर सवारीहरु प्लेसमेन्ट गरिएको छ। 

images
images
images

स्टल निर्माणलाई विशेष ध्यान दिएको अग्नीले सवारीसाधनलाई त्यहीअनुसार राखेको छ। नाडा अटो शोमा पुग्नेहरुको ध्यान खिच्ने गरि महिन्द्राका सवारीहरु खडा भएर बसेका छन्। 

नाडा अटो शो २०२३ मा अग्नीले महिन्द्राका एक्सयूभी ३००, एक्सयूभी ७०० तथा स्कर्पियो एन प्रदर्शनीमा राखिएका छन्। भारतीय सवारी उत्पादक महिन्द्राले लामो इतिहास बोकेको स्कर्पियोलाई नयाँ डिजाइन तथा परिस्क्रित प्रविधिअनुसार गत वर्ष बजारमा ल्याएको थियो। त्यसको केही समयपछि स्कर्पियो एन नेपाल आएको थियो। 

images
mahindra nada (2).jpg

स्कर्पियो नेपालमा लोकप्रिय मध्येको युटिलिटी भेहिकलमा पर्छ। त्यसैले नयाँ मोडलको स्कर्पियो एनमा नाडा अटो शोमा आउने अवलोकनकर्ताहरु रोकिएर हेर्ने गरेका छन्। 

images

त्यस्तै महिन्द्राको प्रिमियम एसयूभी एक्सयूभी ७०० पनि धेरैको चासोमा रहेको गाडी हो। यो कार केही महिनाअघि नेपाल आएको थियो। अटो शोमा यसले पनि उपभोक्ता आकर्षित गरिरहेको छ। महिन्द्राकै अर्को कम्प्याक्ट एसयूभी एक्सयूभी ३०० गत वर्ष नेपाल आएको हो। यो एसयूभी धेरै नेपाली उपभोक्ताको रोजाइमा परिरहेको छ। 

सोही कारण नाडा अटो शोमा आउने धेरै अवलोकनकर्ताले एक्सयूभी ३०० बारे जिज्ञासा राखिरहेका छन्। आइतबारसम्म चल्ने नाडा अटो शोमा महिन्द्राले विभिन्न अफर तथा सुविधा उपलब्ध गराएको छ। 

mahindra nada (3).jpg
mahindra nada (4).jpg
mahindra nada (5).jpg
mahindra nada (6).jpg


प्रकाशित : शुक्रबार, भदौ २९ २०८०१४:१३
  • सम्बन्धित विषय:

  • # biznessnews
  • # nada
  • # nada auto show2023
  • # mahindra
  • # scorpioN
  • # xuv300
  • # xuv700
  • # agni


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend