काठमाडौं- नेपाल टेलिकमको फोरजी नेटवर्कको गुणस्तर सम्झौता गर्नेगरी हुवावेलाई 'क्लियरेन्स' दिने चलखेल सुरू भएको छ। टेन्डर हुँदाकै समयमा भएको अध्ययनबाट राख्नुपर्ने उपकरणलाई नै बाइपास गर्नेगरी हुवावेलाई उन्मुक्ति दिने तयारी भएको छ।
हुवावेको प्रविधि राख्ने सर्तमा हुवावेले खडा गरेको कम्पनीले टेलिकमको फोरजीको ठेक्का पाएको थियो। यो कम्पनीले सम्झौताअनुसार राख्नैपर्ने बाध्यतात्मक उपकरण नै नराखी प्रोजेक्ट क्लियरेन्स दिने चलखेल भएको छ।
७० करोड लागतको स्मल सेल उपकरण जडान नगर्न नसकेकेको कम्पनीले अन्तत: उपकरण जडान नगरी परियोजना क्लियरेन्सको प्रमाण लिन खोजेको थियो। लामो समयदेखि यसका लागि लविङ गर्दै आएको हुवावेले राजनीतिक शक्ति लगाएर दबाब बढाएको थियो।
हुवावेको दबाबअनुसार अहिलेको टेलिकम व्यवस्थापनले हुवावेको पक्षमा हुनेगरी काम अघि बढाउन खोजेको छ। स्मल सेल जडान नगरे पनि हुने भन्ने निर्णय गराएर परियोजनाको क्लियरेन्स दिने तयारी अघि बढेको छ।
यसका लागि टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडीले अध्ययन समिति बनाएकी छिन्। यो समितिबाट स्मल सेल नभएपनि नेटवर्कको गुणस्तरमा फरक नपर्ने सुझाव दिन लगाएर हुवावेलाई उन्मुक्ति दिने चलखेल भएको छ।
टेलिकम निकट स्रोतका अनुसार चिनियाँ पक्षले नै हुवावेका पक्षमा निर्णय गराउन राजनीतिक तहबाटै दबाब बढाएपछि अन्तत: टेलिकम व्यवस्थापन तयार भएको छ।
१९ अर्ब रुपैयाँ खर्च गरेर अघि बढाइएको फोरजी परियोजनामा सम्झौताअनुसारको काम नहुँदा गुणस्तरमै खेलबाड भएको छ। तर यही गुणस्तर कायम नहुनेगरी काम सम्पन्न भएको भन्दै हुवावेलाई उन्मुक्ति दिने खेल टेलिकममा सुरू भएको हो।
एकातिर लगानी हुने तर त्यसको लाभ उपभोक्ता र कम्पनीले नपाउने अन्तत: नोक्सानीको भारी बोकाउनेगरी फोरजी प्रक्रियामा अनियमित काम भएको पाइएको छ। फोरजीको परियोजाको टेन्डर गर्ने बेलादेखि नै निकै विवादित बनेको थियो। सोही समयदेखि मुख्य आपूर्तिकर्ता (भेन्डर) हुवावेको बदमासीका कारणले गुणस्तर नै प्रभावित बनेको छ।
लागतका हिसाबले करिब एक अर्ब रुपैयाँ लाग्ने र सेवाको गुणस्तरमा मुख्य भूमिका खेल्ने एउटा कम्पोनेन्टको जडान नै भएको छैन। फोरजी तथा फाइभजी नेटवर्कको इन्टरनेट कनेक्सनलाई तीव्र पार्नका लागि आवश्यक पर्ने 'स्मल सेल' नामको उपकरण नै जडान नगरी हुवावेलाई उन्मुक्ति दिने खेलमा व्यवस्थापन लागेको हो।
‘गुणस्तरमा सम्झौता गरेर स्मल सेवको सुरुवाति अनुमानित लागतको भुक्तानी कटाएर सम्पन्नताको प्रमाण दिने तयारी भएको छ। तर गुणस्तरमा खेलबाड गर्ने कम्पनीलाई किन उन्मुक्ति दिन खोजियो?’ टेलिकमकै एक उच्च अधिकारी प्रश्न गर्छन्।
नेपाल टेलिकमको फोरजी विस्तारमा हुवावे मुख्य कम्पनी रहेको सीसीएसआईको मुख्य बद्मासी हो। कम्पनीले ६ हजार स्मल सेल उपकरण जडान गर्नुपर्ने गरी सम्झौता गरेको थियो। जसमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको काम न नगरेको हो। जुन उपकरण जडान नहुँदा टेलिकमको फोरजी सेवाको गुणस्तर नै खस्किएको छ।
ठूला टावरको अन्डर ग्राउन्ड तथा पुछारको तलामा फोरजी सेवाले काम गरेको छैन। सम्झौतामा फोरजी पूर्वाधार तथा अन्य काम सकिएपछि कभरेज क्षमताको अध्ययन गरी स्मल सेल जडान गर्नु पर्ने विषय थियो। टेन्डर गर्दा नै ६ हजारको हाराहारीमा स्मल सेल जडान गर्नु पर्ने अवस्था रहेको प्रारम्भिक अध्ययनबाट देखाएपछि सोहीअनुसार सम्झौता भएको थियो।
टेलिकमले फोरजीका लागि १८ सय र २३ सय मेघाहर्ज ब्यान्डबाट फ्रिक्वेन्सी पाएको छ। स्मल सेल जडान गर्नुपर्ने २३ सय मेगाहर्ज ब्यान्डका लागि हो। टेलिकमले उक्त काम फत्ते नभएको भन्दै फोरजी विस्तारको अरु सबै काम सकिए पनि क्लियरेन्स दिएको छैन। टेलिकमले १९ अर्ब रुपैयाँभित्रबाट ६ सय ४० वटा बीटीएस टावर निर्मााणदेखि करिब ६ हजार वटा स्मल सेल जडान गर्नेगरी सम्झौता गरेको थियो।
कम्पनी स्रोतका अनुसार हुवावेले टावरमा सम्झौता विपरीत चिनियाँ एन्टेना जडान गरेको विषयमा अख्तियारले अनुसन्धान गरिरहेका कारण फोरजीको विषयमा अहिलेको नेतृत्व तथा उच्चपदमा रहेका कर्मचारी बोल्न डराएका छन्। निगमका कर्मचारीलाई स्मल सेलका विषयमा प्रश्न सोध्दा कोही बोल्न चाहँदैनन्।
स्रोतका अनुसार स्मल सेलको जडानको विषय दुईपक्षीय सम्झौतामा नै छ। यसको भ्यालु ७० करोड रुपैयाँ बराबरीको छ। टेन्डरमा नै प्रारम्भिक अध्ययनमा ६ हजार हाराहारीको ठाउँमा स्मल सेल जडान गर्नु पर्ने देखिएको स्रोतको दाबी छ। जुन २३ सय मेगाहर्ज ब्रान्डको हकमा मात्रै हो।
सम्झौतामा फोरजी विस्तारको काम सकिएपछि फोरजी विस्तारका लागि आवश्यक उपकरण जडानको काम सक्दै सेवा सुरु गरेपछि फोरजीको कभरेज तथा क्षमताको अध्ययन गर्ने र आवश्कयता अनुसार स्मल सेल जडान गर्ने विषय थियो। तर अहिले स्मल सेल जडानको लागि अरु सबै काम सकिए पनि अध्ययन नै भएको छैन।
कम्पनीले स्मल सेल जडान गर्न नसक्ने बताइसकेको छ। अमेरिकाले हुवावेलाई प्रतिबन्ध लगाएको कारण स्मल सेल जडानमा समस्या भएको बताएको छ। स्मल सेलमा प्रयोग हुने चिप्स अमेरिकामा मात्रै पाउने र उसले नदिँदा समस्या भएको भन्दै कामबाट उम्कन खोजेको छ। टावरमा युरोप/अमेरिकामा बनेको एन्टेना प्रयोग गर्नुपर्ने ठाउँमा चिनियाँ उपकरण जोडरे सेवाको गुणस्तरमै खेलबाड गरेको कम्पनी स्मल सेल जडान नै नगरी हुवावेलाई उन्मक्ति दिन खोजिएको हो।
यो सबै कम्पनीले काम नगर्ने बहाना मात्रै बनाएको टेलिकमकै कर्मचारीहरू बताउँछन्। काम नै नगरी रकम लिन पाउने खेलमा हुवावे लागेको हो। अब टेलिकमलाई यो काम गर्न ढेड अर्बभन्दा बढी लाग्छ। यो जडान नगर्ने हो भने उपत्यकामा फोरजीको गुणस्तरमा बारम्बार समस्या हुन्छ। ठूला भवनका तल्लो तलामा तथा अन्डरग्राउन्डमा फोरजीले काम गर्दैन।
नेपाल टेलिकमको बिलिङमा पनि हुवावे छिराउने खेल, संवेदनशील प्रणालीमा एकाधिकारको जोखिम
टेलिकमको सबै संवेदनशील प्रणालीमा एकलौटी गर्ने हुवावेको प्रयास, बिलिङको टेन्डरमा अड्को
नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार
नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्मासी, सम्झौताविपरीत काम गरेर गुणस्तर खस्काउँदै फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी