आइतबार, भदौ २३ गते २०८१    
images
images

नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार

कारबाही रोक्न कुटनीतिक नियोगको दौडधुप

images
बुधबार, असार ५ २०८१
images
images
नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार

प्रविधिको गुणस्तर सुधार तथा दिगोपनका लागि के र कस्तो प्रविधि तथा उपकरण राख्ने भनेर तय भएको मापदण्ड र सोहीअनुसार भएको सम्झौता उल्लंघन गर्दै हुवावेले गुणस्तर कमजोर पार्दै आएको छ।

images
images

काठमाडौं- डिजाइन र सम्झौताअनुसारको आपूर्ति र लागतअनुसारको एलटीई फोरजीको गुणस्तर नदेखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको फोरजी परियोजनामा अनुसन्धान गरिरहेको छ। 

images
images
images

अहिलेसम्म फर्छ्यौट नभएको उक्त परियोजनाको खरिददेखि गुणस्तरसम्मका विषयमा अनियमितता भएको आशंकामा अख्तियारले अहिले वृहत अनुसन्धान गरिरहेको छ। 

खरिदका लागि जिम्मेवार अधिकारीहरूसँगै भेन्डरलाई पनि यो अनुसन्धानमा अख्तियारले तान्ने भएको छ। नेपालको दूरसञ्चार क्षेत्रमा एकाधिकार कायम गर्न सफल हुवावेमाथि अख्तियारले छानबीन गरिरहेको छ। 

हुवावेको बद्‍मासी र लापरबाहीका कारणले नेपाल टेलिकमको फोरजीको गुणस्तर खस्किएको विभिन्न आन्तरिक तथा नियामकीय अनुसन्धानले पनि देखाइसकेका छन्। नेपाल दूरसञ्चार प्राधिकरण र आन्तरिक रुपमै भएका अनुसन्धानबाट हुवावेले सम्झौताअनुसारकै न्यूनतम काम नगर्दा पनि गुणस्तर खस्किएको पाइएको छ। 

images

अख्तियारले हुवावेको नेपालस्थित प्रतिनिधिलाई बयानमा बोलाउने तयारी गरेको छ। यद्यपि यसमा हुवावेले कुटनीतिक प्रभाव देखाएर उम्किने प्रयास भने गरिरहेको छ। 

गतवर्ष प्राधिकरणले काठमाडौंमै गरेको ड्राइभ टेष्टमा टेलिकमको फोरजीमा अपेक्षित तीव्रता नभएको पाइएको थियो। यस्तै आन्तरिक असिसमेन्टमा पनि अपेक्षति गति पाइएको थिएन। १९ अर्ब रुपैयाँ खर्चिएर विस्तार भएको फोरजीबाट सहरी क्षेत्रमै अपेक्षित गुणस्तर कायम नभएपछिको खरिद तथा प्रक्रियामै प्रश्न उठेको थियो। 

चौतर्फी प्रश्न उठेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसान्धानबाट आधारतूत करारीय दायित्व नै पूरा नभएको पाइएको थियो। यसमा सम्झौता गर्ने कम्पनीसँगै हुवावे पनि जोडिएको छ। 

लगानी हुने तर त्यसको लाभ उपभोक्ता र कम्पनीले नपाउने, अन्तत: नोक्सानीको भारी बोकाउनेगरी फोरजी प्रक्रियामा अनियमितता भएको छ। अख्तियारले फोरजी परियोजनाको टेन्डरदेखिकै सक्कल कागजात लिएर अनुसन्धान सुरू गरिसकेको छ। 

लागतका हिसाबले करिब एक अर्ब रुपैयाँ लाग्ने र सेवाको गुणस्तरमा मुख्य भूमिका खेल्ने एउटा कम्पोनेन्टको जडान नै नभएको पाइएको थियो। फोजरी तथा फाइभजी नेटवर्कको इन्टरनेट कनेक्सनलाई तीव्र पार्नका लागि आवश्यक पर्ने 'स्मल सेल' नामको उपकरण नै जडान नगरी झारा टार्ने काम भएको छ। 

नेपाल टेलिकमको फोरजी विस्तारमा हुवावे मुख्य कम्पनी रहेको सीसीएसआईको मुख्य बद्‍मासी हो। कम्पनीले ६ हजार स्मल सेल उपकरण जडान गर्नुपर्नेगरी सम्झौता गरेको थियो। जसमा कम्पनीले ७० करोड रुपैयाँ बराबरको काम नगरेको हो। जुन उपकरण जडान नहुँदा टेलिकमको फोरजी सेवाको गुणस्तर नै खस्किएको छ।

सम्झौतामा फोरजी पूर्वाधार तथा अन्य काम सकिएपछि कभरेज क्षमताको अध्ययन गरी स्मल सेल जडान गर्नुपर्ने विषय थियो। टेन्डर गर्दा नै ६ हजारको हाराहारीमा स्मल सेल जडान गर्नुपर्ने अवस्था रहेको प्रारम्भिक अध्ययनबाट देखाएपछि सोहीअनुसार सम्झौता भएको थियो।

टेलिकमले फोरजीका लागि तीन ब्यान्डबाट फ्रिक्वेन्सी प्रयोग गरिरहेको छ। न्यून रेन्जमा ८ सय, मध्यममा १८ सय र २३ सय मेघाहर्ज ब्यान्डमा उपयोग गरिरहेको छ। ८, १८ र २३ सबै मध्यम रेन्जकै ब्यान्ड भएपनि सहरी क्षेत्रमा विशेषगरी माथिल्लो रेन्जको ब्यान्डका लागि फोरजीको कभरेजमा सुधार गर्नका लागि स्मलसेल जडान गर्नुपर्ने थियो। सोहीअनुसारको सम्झौता पनि भएको थियो। 

उच्च रेन्जको फ्रिक्वेन्सीको न्यून कभरेज हुन्छ भने न्यून रेन्जकै फ्रिक्वेन्सीको पनि अन्डरग्राउन्ड तथा गहिरो ठाउँमा त्यति राम्रो कभरेज हुँदैन। धेरै जनघनत्व हुने ठाउँमा कभरेजमा सुधार गर्नका लागि स्मल सेल जडान गर्नुपर्ने सम्झौता भएको थियो। 

यतिमात्र होइन हुवावेले सुरूदेखि नै गुणस्तर सीमित पार्ने काम गरेको थियो। सम्झौतामा अमेरिका, क्यानडा, युरोप, फिनल्यान्ड र अस्ट्रेलियामा बनेको उपकरण प्रयोग गर्ने उल्लेख भए पनि एन्टेना अमेरिका तथा युरोपमा नपाइएको बहाना झिक्दै हुवावेले चिनियाँ एन्टेना प्रयोग गरेको थियो। सम्झौताभन्दा बाहिर गएर जडान भएका उपकरणको विषयमा पनि अख्तियारले अनुसन्धान गरिरहेको छ। 

यी सबै कारणले गर्दा अपेक्षित गुणस्तर कायम हुन नसकेको टेलिकमकै अधिकारीहरू बताउँछन्।

एक वर्षअघि नियामकले हुवावेलाई चेतावनी दिएको थियो

नेपाली बजारमा फोरजीको गुणस्तर सीमित हुनुका पछाडि भेन्डरका रुपमा हुवावेको पनि कमजोरी देखिएको भन्दै केही समय पहिले दूरसञ्चार प्राधिकरणले नियामकीय नोट निकाल्ने चेतावनी दिएको थियो। प्राधिकरणकै अनुसन्धान तथा उपभोक्ताको अनुभवमा टेलिकमको फोरजीको प्रदर्शन कमसल पाइएपछि कम्पनीसँगै भेन्डरलाई पनि सचेत गराएको थियो। 

कमसल सेवाका पछाडि चिनियाँ कम्पनी हुवावेको हात रहेको छ। फोरजी परियोजनाको अधिकांश उपकरण आपूर्ति तथा जडानको जिम्मा हङकङको कम्पनी 'सीसीएसआई'मार्फत लिएको हुवावेले पटकपटक सम्झौता उल्लंघन गर्दै कमसल उपकरण राखेको छ।

प्रविधिको गुणस्तर सुधार तथा दिगोपनका लागि के र कस्तो प्रविधि तथा उपकरण राख्ने भनेर तय भएको मापदण्ड र सोहीअनुसार भएको सम्झौता उल्लंघन गर्दै हुवावेले गुणस्तर कमजोर पार्दै आएको छ। 

प्राधिकरणले नेपालको टेलिकम क्षेत्रमा मुख्यगरी एउटै कम्पनीको आधिपत्य रहेको निष्कर्ष निकालेको थियो। एउटै देशका दुई कम्पनीले अधिकांश हिस्सा ओगट्ने भएपनि त्यसमा पनि एउटै कम्पनीको धेरै हिस्सा रहेको छ। दुईवटा टेलिकम रहेको र तीनमा हुवावेकै नियन्त्रण धेरै देखिएको छ। 

नेपाल टेलिकमको अधिकांश प्रविधि र उपकरणमा हुवावे रहेको र एनसेलमा पनि हुवावेकै सहभागिता धेरै रहेको छ। त्यही भएर प्राधिकरणले दूरसञ्चारको गुणस्तरमा हुवावेका प्रतिनिधिलाई बोलाएरै निर्देशन दिएको थियो।

नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी, ‍सम्झौताविपरीत काम गरेर गुणस्तर खस्काउँदै नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी, ‍सम्झौताविपरीत काम गरेर गुणस्तर खस्काउँदै नेपाल टेलिकमको फोरजी विस्तारमा अख्तियारको अनुसन्धान सुरु, हुवावे पनि तानिने नेपाल टेलिकमको फोरजी विस्तारमा अख्तियारको अनुसन्धान सुरु, हुवावे पनि तानिने फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी


प्रकाशित : बुधबार, असार ५ २०८११७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend