बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी

टेलिकमको गुणस्तर सुधार नभएपछि भेन्डरमाथि निगरानी

images
आइतबार, पुस १ २०८०
images
images
नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी

दूरसञ्चार कम्पनीले गुणस्तर प्रभावित हुनमा भेन्डरबाट उपलब्ध हुने सेवा पनि बाधक भएको गुनासो गरेपछि हुवावेलाई बोलाएर प्राधिकरणले निर्देशन दिएको हो।

images
images

काठमाडौं- नेपालको वायरलेस दूरसञ्चार सेवाको गुणस्तरमा सुधार नभएपछि नियामक दूरसञ्चार प्राधिकरणले सेवाप्रदयाकसँगै भेन्डरमाथिको निगारानी पनि बढाएको छ। 

images
images

पछिल्लो समय प्राधिकरणले गरेको अडिटमा गुणस्तरमा सुधार नदेखिएपछि सेवाप्रदायकसँगै भेन्डरको संलग्नतामाथि पनि प्रश्न उठाएको छ। नेपालको दूरसञ्चार क्षेत्रमा आएका मुख्य भेन्डर र उनीहरूको सेवाको गुणस्तरले पनि टेलिकमको सेवाको गुणस्तार प्रभावित हुन सक्ने भन्दै प्राधिकरणले मुख्य भेन्डरको खोजी गरेको हो। 

images
images

भेन्डरको छनौट तथा उनीहरूको कामले पनि समग्र सेवा प्रभावित भएको निष्कर्ष प्राधिकरणले निकालेको छ। भेन्डर छनौट कम्पनीहरूकै अधिकार भएपनि त्यस्ता भेन्डर र उनीहरूले दिने प्रविधिका बारेमा प्राधिकरणले चासो राखेको हो। 

images
images

प्राधिकरणले नेपालको टेलिकम क्षेत्रमा मुख्यगरी एउटै कम्पनीको आधिपत्य रहेको निष्कर्ष निकालेको छ। एउटै देशका दुई कम्पनीले अधिकांश हिस्सा ओगट्ने भएपनि त्यसमा पनि एउटै कम्पनिको धेरै हिस्सा रहेको छ। दुईवटा टेलिकम रहेको र तीनमा हुवावेकै नियन्त्रण धेरै देखिएको छ। 

नेपाल टेलिकमको अधिकांश प्रविधि र उपकरणमा हुवावे रहेको र एनसेलमा पनि हुवावेकै सहभागिता धेरै रहेको छ। त्यही भएर प्राधिकरणले दूरसञ्चारको गुणस्तरमा हुवावेका प्रतिनिधिलाई बोलाएरै निर्देशन दिएको छ। 

नियमकले प्रविधि तथा सेवाको मापदण्ड तोक्नसक्ने भएकाले भेन्डरलाई पनि बोलाएर निर्देशन दिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए। भेन्डरका रुपमा प्रविधि र उपकरणमा धेरै जिम्मा लिने तर गुणस्तरमा सुधार नहुने भएमा त्यसको उत्तारदायित्व उसको पनि हुने भएकाले हुवावेलाई बोलाएर निर्देशन दिएको उनले जानकारी दिए। 

दूरसञ्चार कम्पनीले गुणस्तर प्रभावित हुनमा भेन्डरबाट उपलब्ध हुने सेवा पनि बाधक भएको गुनासो गरेपछि हुवावेलाई बोलाएर प्राधिकरणले निर्देशन दिएको हो। 

हुवावेको ‘नियन्त्रणमा’ नेपाल टेलिकमको प्रणाली हुवावेको ‘नियन्त्रणमा’ नेपाल टेलिकमको प्रणाली

‘उनीहरूको उपकरण तथा पछाडिको सेवामा गुणस्तर नभएपछि समग्र गुणस्तर प्रभावित हुन्छ। त्यसैले मैले हुवावेको प्रतिनिधिलाई बोलाएरै गुणस्तरमा सुधार गर्न भनेको छु’ उनले भने। 

प्रविधि, उपकरण तथा सर्भिसमा गुणस्तर आवश्यक हुनपर्ने र त्यही कारणले सेवा प्रभावित भएमा भेन्डरले जिम्मेवारी लिनुपर्ने भनेर प्राधिकरणले सचेत गराएको खनालले जानकारी दिए। यदि यसपछि पनि सुधार नभएमा नियामकीय नोट लेखिदिने चेतावनी प्राधिकरणले दिएको छ। 

कुनै पनि प्रविधि तथा सेवा गुणस्तरका लागि बाधक छ भनेर नियामकले सार्वजनिक नोट लेखिदिने चेतावनी दिएपछि हुवावेले आफ्नोतर्फबाट कुनै कमजोरी हुन नदिने प्रतिवद्धता गरेको खनालले जानकारी दिए। 


प्रकाशित : आइतबार, पुस १ २०८००६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend