बिहीबार , मंसिर ६ गते २०८१    
images
images

नेपाल टेलिकमको बिलिङमा पनि हुवावे छिराउने खेल, संवेदनशील प्रणालीमा एकाधिकारको जोखिम

images
बुधबार, मंसिर ५ २०८१
images
images
नेपाल टेलिकमको बिलिङमा पनि हुवावे छिराउने खेल, संवेदनशील प्रणालीमा एकाधिकारको जोखिम

एनसेलले जेटटीई र हुवावेको प्रविधि प्रयोग गरेको छ। तर नेपाल टेलिकम भने खरिद प्रणालीका नाममा प्रविधिगत संवेदनशीलताको ख्यालै नगरी एउटै कम्पनीमाथि निर्भर भएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमको संवेदनशील प्रणालीमा एकछत्र गरेको हुवावेले बिलिङसमेत लिएर ‘प्रणाली कब्जा’ गर्ने रणनीतिमा रहेको छ।  

images
images
images

चिनियाँ सरकारको खटनपटनमा चलेको भन्दै अमेरिकालगायतका पश्चिमा मुलुकले प्रतिबन्ध लगाएको हुवावेले नेपालमा भने एकछत्र राज गर्दै आएको छ। हुवावेले सबैभन्दा धेरै नेपाल टेलिकममा अधिपत्य जमाएको छ। 

images

टेलिकमको दुई मुख्य शाखामा हुवावेको प्रविधि एकलरुपमा रहेको छ। बिलिङमा अहिलेसम्म छिर्न नपाएको हुवावेलाई अब हुने खरिदमा छिराउने प्रपञ्च सुरू भएको छ।

images

कोर र र्‍यानमा यसअघि नै हुवावेको प्रविधि रहेको नेपाल टेलिकममा बिलिङमा पनि छिराउन खोजिएको भन्दै यसअघि दूरसञ्चार प्राधिकरणले चासो देखाएको थियो। तर अहिले फेरि नयाँ बिलिङ प्रणालीको खरिद दस्तावेजमै हुवावेको प्रविधिसँग मेल खानेगरी स्पेसिफिकेसन बनाउने तयारी भइरहेको छ। 

अहिलेको बिलिङ एसिया इन्फोको रहेको छ। यो बिलिङका कारण बर्सेनि १२ प्रतिशतसम्म राजस्व चुहावट भएको भन्दै सरकारले नै  छिटोभन्दा छिटो परिवर्तन गर्न निर्देशन दिएको थियो। जर्जर प्रणाली हटाएर नयाँ ल्याउनका लागि भन्दै भएको टेन्डर यसअघि खारेज भएको थियो।

टेन्डर खारेज भएर नयाँ टेन्डरमा जानका लागि नेपाल टेलिकमले अध्ययनका लागि भन्दै १६ सदस्यीय समिति बनाएको छ। नयाँ समितिले हुवावेको प्रविधिलाई अनुकूल हुनेगरी स्पेसिफिकेसन बनाउने चलखेल सुरू भएको छ। स्रोतका अनुसार कतिपय सदस्य नै हुवावेबाट प्रभावितहरू रहेका छन्। 

अमेरिकी प्रतिबन्धका कारण चौतर्फी दबाबमा परेको हुवावेले पछिल्लो समय एआरएम प्रोसेसर विकास गरेको छ। सन् २०२३ मा अन्तिम रुपमा आएको यो प्रोसेसर कतै पनि प्रयोग भएको छैन। अमेरिकी प्रतिबन्धका कारणले गर्दा धेरै अपरेटरले अस्वीकार गरेको यो प्रविधि हुवावेले नेपालमा छिराउन खोजेको छ। 

अहिलेसम्म बिलिङको हार्डवेयरमा इन्टेल र आरआईएससी प्रचलनमा रहेका छन्। हुवावेले विकास गरेको भने अहिलेसम्म चीन प्रभावित केही देशका अपरेटरमा मात्र चलेको छ। 

हुवावेले यसका लागि राजनीतिक तहसम्मै प्रभावित पार्न खोजेको छ। तर अहिलेका लागि हुवावेलाई तेस्रो विकल्पमा राखिएको छ। पहिलो प्राथमिकता एसिया इन्फोकै निरन्तरता, त्यो भएन भने ह्वेल र त्यो पनि भएन भने हुवावेको बिलिङ ल्याउने तयारी भएको छ। यदि हुवावेको बिलिङ नै नआएपनि प्रविधिसम्म भएपनि राख्नका लागि स्पेसिफिकेसनमा राख्ने तयारी भएको छ। 

अत्यावश्यक स्वतन्त्र परीक्षण पार नगरेको प्रविधिलाई छिराउने चलखेलमात्र होइन यसअघि नै दुईवटा प्रणालीमा रहेको कम्पनीलाई अर्को प्रविधिको नियन्त्रण दिँदा टेलिकम भेन्डरलकमा पर्ने जोखिम बढेको छ। 

विभिन्न समयमा भएका खरिद प्रक्रियाबाटै हुवावेले एकाधिकार कायम गरेको हो। सरकारको बहुमत स्वामित्व भएको टेलिकमका अधिकांश संवेदनशील भागमा हुवावेकै प्रविधि रहेको छ।

टेलिकम कम्पनीमा मुख्यगरी दुई भाग हुन्छन्। लाइन एक्सिन नेटवर्क (जसमा कोर प्रणालीसँगै पावर, प्रसारण हुन्छन्)    रेडियो एक्सिस नेटवर्क हुन्छन्। कोर प्रणाली भनेको हरेक गतिविधिको व्यवस्थापन र भण्डारणको काम हुन्छ भने नेटवर्कबाट फ्रिक्वेन्सी प्रसार हुन्छ।  

यी दुईवटै प्रणालीमा हुवावेकै प्रविधिको वर्चश्व रहेको छ। नेपाल टेलिकमको फोरजीको कोर नेटवर्क प्रणालीबाहेक हुवावेकै प्रविधि रहेको छ। फोरजीको कोरमा भने चिनियाँ कम्पनी जेटटीईको रहेको छ।  

बिलिङसमेत हुवावेले लियो भने नेपाल टेलिकमको पूर्ण प्रणाली हुवावेको कब्जामा जाने निश्चित देखिएको छ।

यसअघि डिल्लिराम अधिकारी प्रबन्ध निर्देशक हुँदा बिलिङ प्रणाली अघि बढाउन खोज्दा यसअघि कम्पनीको अरु प्रविधिमा भाग लिएको कम्पनीले बिलिङमा भाग लिन नपाउने व्यवस्थासहित टेन्डर गर्न दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको थियो। उक्त व्यवस्था हटाउन हुवावेका प्रतिनिधिले प्राधिकरणलाई दबाब दिएका थिए। 

एउटा कम्पनीको प्रविधिको वर्चस्वले गर्दा एकातिर कम्पनीको व्यापारिक रणनीति पूर्णतया असफल भएको देखिन्छ भने अर्कोतिर चरम जोखिमपूर्ण हुने व्यवसायीहरू बताउँछन्। जब कि निजी कम्पनीहरूले भने प्रविधिमा मिक्स गरेका छन्।

एनसेलले जेटटीई र हुवावेको प्रविधि प्रयोग गरेको छ। तर नेपाल टेलिकम भने खरिद प्रणालीका नाममा प्रविधिगत संवेदनशीलताको ख्यालै नगरी एउटै कम्पनीमाथि निर्भर भएको छ।  


प्रकाशित : बुधबार, मंसिर ५ २०८१११:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend