बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

टेलिकमको सबै संवेदनशील प्रणालीमा एकलौटी गर्ने हुवावेको प्रयास, बिलिङको टेन्डरमा अड्को

तीनमध्ये दुईमा यसअघि नै हुवावेको एकाधिकार, बिलिङ पनि लिए ‘कब्जामा जाने’

images
शुक्रबार, साउन १८ २०८१
images
images
टेलिकमको सबै संवेदनशील प्रणालीमा एकलौटी गर्ने हुवावेको प्रयास, बिलिङको टेन्डरमा अड्को

यदि यो टेन्डरमा हुवावे सहभागी भयो भने अरु कम्पनीले प्रतिस्पर्धामा जित्ने सम्भावना न्यून रहेको छ। चिनियाँ सरकारले न्यून कबोल गरेर टेन्डर लिन आफ्ना कम्पनीहरूलाई प्रोत्साहन दिने भएकाले अन्य देशका निजी कम्पनीले यस्तो गर्न सक्दैनन्।

images
images

काठमाडौं- नेपाल टेलिकमको संवेदनशील प्रणालीमा एकछत्र गरेको हुवावेले बिलिङसमेत लिएर ‘प्रणाली कब्जा’ गर्ने जमर्को गरेको छ। 

images
images

चिनियाँ सरकारको खटनपटनमा चलेको भन्दै अमेरिकालगायतका पश्चिमा मुलुकले प्रतिबन्ध लगाएको हुवावेले नेपालमा भने एकछत्र राज गर्दै आएको छ। सबैभन्दा धेरै नेपाल टेलिकममा अधिपत्य जमाएको छ। 

images
images

टेलिकमको दुई मुख्य शाखामा हुवावेको प्रविधि एकल रुपमा रहेको छ। अहिलेकै अवस्थामा करिब हुवावेको लकमा परेको टेलिकममा बिलिङमाथि पनि आँखा लगाएको छ। 

images
images

विभिन्न समयमा भएका खरिद प्रक्रियाबाटै हुवावेले एकाधिकार कायम गरेको हो। सरकारको बहुमत स्वामित्व भएको टेलिकमका अधिकांश संवेदनशील भागमा हुवावेकै प्रविधि रहेको छ।

टेलिकम कम्पनीमा मुख्यगरी दुई भाग हुन्छन्। लाइन एक्सिन नेटवर्क (जसमा कोर प्रणालीसँगै पावर, प्रसारण हुन्छन्)    रेडियो एक्सिस नेटवर्क हुन्छन्। कोर प्रणाली भनेको हरेक गतिविधिको व्यवस्थापन र भण्डारणको काम हुन्छ भने नेटवर्कबाट फ्रिक्वेन्सी प्रसार हुन्छ।  

यी दुईवटै प्रणालीमा हुवावेकै प्रविधिको वर्चश्व रहेको छ। नेपाल टेलिकमको फोरजीको कोर नेटवर्क प्रणालीबाहेक हुवावेकै प्रविधि रहेको छ। फोरजीको कोरमा भने चिनियाँ कम्पनी जेटटीईको रहेको छ।  

अहिलेसम्म हुवावेले बिलिङ भने पाएको छैन तर योपालि भएको टेन्डरमा हुवावेले अन्तिम समयमा आएर अड्को थापेको छ। टेन्डरमा एउटामात्र कम्पनी सीएसजीको प्रस्ताव परेपछि हुवावेले अन्तिममा निवेदन हालेको छ। 

आफूले टेन्डर हाल्न खोज्दा डकुमेन्ट अपलोड नभएको गुनासोसहित हुवावेले पत्राचार गरेको टेलिकमका प्रवक्ता किशोर भट्टले जानकारी दिए। यद्यपि यसबारेमा टेलिकम नभइ सार्वजनिक खरिद अनुगमन कार्यालयले हेर्ने भन्दै जवाफ दिइएको उनले बताए। 

प्रणालीले काम गरिरहेको भएपनि हुवावेले यस्तो निवेदन दिनुका पछाडि मुख्यतः दुई कारण रहेका छन्। यदि साँच्चिकै प्रयास गर्दा पनि नभएको हुनसक्ने एउटा भयो भने अर्कोतिर यदि अहिलेकै एउटा कम्पनीले टेन्डर पाउँछ कि भन्ने भय देखिन्छ। अहिलेसम्म धेरैजसो कम्पनी अहिलेको टेन्डर रद्द हुन्छ भन्नेमा विश्वस्त देखिएका छन्। 

यदि रद्द नभएको अवस्थामा रद्द गराउने रणनीति अन्तर्गत हुवावेले निवेदन दिएको धेरैको अनुमान छ। 

यदि यो टेन्डरमा हुवावे सहभागी भयो भने अरु कम्पनीले प्रतिस्पर्धामा जित्ने सम्भावना न्यून रहेको छ। चिनियाँ सरकारले न्यून कबोल गरेर टेन्डर लिन आफ्ना कम्पनीहरूलाई प्रोत्साहन दिने भएकाले अन्य देशका निजी कम्पनीले यस्तो गर्न सक्दैनन्। त्यसैले हुवावेले प्रतिस्पर्धामा अरुलाई उछिन्दै आएको छ। 

बिलिङसमेत लियो भने नेपाल टेलिकमको पूर्ण प्रणाली हुवावेको कब्जामा जाने निश्चित देखिएको छ।

यसअघि डिल्लिराम अधिकारी प्रबन्ध निर्देशक हुँदा बिलिङ प्रणाली अघि बढाउन खोज्दा यसअघि कम्पनीको अरु प्रविधिमा भाग लिएको कम्पनीले बिलिङमा भाग लिन नपाउने व्यवस्थासहित टेन्डर गर्न दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको थियो। 

उक्त व्यवस्था हटाउन हुवावेका प्रतिनिधिले प्राधिकरणलाई दबाब दिएका थिए। 

एउटा कम्पनीको प्रविधिको वर्चस्वले गर्दा एकातिर कम्पनीको व्यापारिक रणनीति पूर्णतया असफल भएको देखिन्छ भने अर्कोतिर चरम जोखिमपूर्ण हुने व्यवसायीहरू बताउँछन्। जब कि निजी कम्पनीहरूले भने प्रविधिमा मिक्स गरेका छन्।

एनसेलले जेटटीई र हुवावेको प्रविधि प्रयोग गरेको छ। तर नेपाल टेलिकम भने खरिद प्रणालीका नाममा प्रविधिगत संवेदनशीलताको ख्यालै नगरी एउटै कम्पनीमाथि निर्भर भएको छ।  

नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी : नेपाल प्रतिनिधिलाई बयानमा बाेलाउँदै अख्तियार नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी, ‍सम्झौताविपरीत काम गरेर गुणस्तर खस्काउँदै नेपाल टेलिकमको फोरजीमा हुवावेको बद्‍मासी, ‍सम्झौताविपरीत काम गरेर गुणस्तर खस्काउँदै फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै फोरजी विस्तारमा हुवावेको बदमासी : ६ हजार स्मल सेल जडान नगरी प्रोजेक्ट क्लियरेन्समा दबाब दिँदै नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी नेपालको टेलिकम प्रणालीमा हुवावेको आधिपत्य, गुणस्तर सुधार नभए ‘नियामकीय नोट’ निकाल्ने प्राधिकरणको चेतावनी


प्रकाशित : शुक्रबार, साउन १८ २०८११३:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend