आइतबार, भदौ २३ गते २०८१    
images
images

वाइडबडी सी-चेक र न्यारोबडीको इन्जिन मर्मत घोटालामा छानबीन गर्न समिति गठन

images
बिहीबार , असार २० २०८१
images
images
वाइडबडी सी-चेक र न्यारोबडीको इन्जिन मर्मत घोटालामा छानबीन गर्न समिति गठन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर नेतृत्वको छानबीन समिति गठन गरेका छन्।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज सी-चेकमा भएको लापरबाही तथा कम्पनी छनोट र न्यारोबडी जहाजको इन्जिन मर्मतमा भएको लापरबाहीको विषयमा अध्ययन गर्न छानबीन समिति गठन भएको छ।

images
images
images

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर नेतृत्वको छानबीन समिति गठन गरेका छन्। 

समिति सदस्यमा प्राधिकरणकै पूर्वमहानिर्देशक रतिशचन्द्र लालसमेत रहेका छन्। समितको सदस्य मन्त्रालयका एकजना प्रतिनिधि सदस्य सचिव रहने छन्। समितमा थप एकजना विज्ञ र एकजना कानूनी जानकार सदस्य रहने छन्। 

वाइडबडी जहाज सी-चेक प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आय‍ोग मन्त्रालयसँग अध्ययन प्रतिवेदन मागेको थियो। अख्तियारको पत्रसँग मन्त्रालयले निगमसँग आवश्य सबै कागजपत्रसमेत मागिसकेको छ।

images

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्राधिकरणले लगायो काममा रोक निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्राधिकरणले लगायो काममा रोक

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीले समयमा नै जहाजको सी-चेकका लागि कम्पनी छनोट नगरी अन्तिम समयमा हतार हतारमा काम गर्दै सेटिङमा इटालियन कम्पनी छनोट गरेका थिए। 

कम्पनी छनोटसँगै अधिकारीले कानूनी प्रक्रिया नै पूरा नगरी जहाज इटाली पठाएका थिए। उक्त विषयमा नेपाल  नागरिक उड्डयन प्राधिकरणले अधिकारीलाई एकाउन्टेबल पदमा काम गर्न रोक लगाउँदै छानबीन थालिसकेको छ।

सोही क्रममा मन्त्रालयले पनि छानबीन समिति बनाएको हो। साथै समितलाई निगमको न्यारोबडी जहाजको इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने विषयमा समेत अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न अधिकार दिएको छ।

जहाज उडाउने वायुसेवा निगम राजनीतिक हस्तक्षेपले आफैँ आर्थिक संकटको खाडलमा जहाज उडाउने वायुसेवा निगम राजनीतिक हस्तक्षेपले आफैँ आर्थिक संकटको खाडलमा

 

२१० दिनदेखि न्यारोबडी जहाजको एउटा इन्जिन 'गायब' २१० दिनदेखि न्यारोबडी जहाजको एउटा इन्जिन 'गायब'

निगमको न्यारोबडी जहाजको इन्जिम मर्मत तथा भाडामा लिने खेल २०२१ को डिसेम्बाट सुरु भएको थियो। अहिले पनि एउटा इन्जिन भाडामा लिएर जहाज उडान भइरहेको छ।

यी दुबै विषयमा सबै विषयमा अध्ययन गर्न समिति गठन भएको मन्त्रीका प्रेस संयोजक सिर्जना तिमल्सिनाले बताइन्। वाइडबडी जहाज सी-चेक प्रकरणमा भएको अनियमिता र प्रक्रिया पूरा नगरी जहाज इटाली लगेको विषयमा बिजनेस न्युजले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ।

mantralaya patra.jpg

अनुमति नलिइ सी-चेककाे लागि निगमले जहाज पठाएको खुलासा, शनिबारदेखि दुबईमा राेकियाे अनुमति नलिइ सी-चेककाे लागि निगमले जहाज पठाएको खुलासा, शनिबारदेखि दुबईमा राेकियाे

न्यारोबडी जहाज 'सगरमाथा'मा २० महिना प्रयोग भएको भाडाको इन्जिनमै निगमले खर्चियो ३८ करोड (विवरणसहित) न्यारोबडी जहाज 'सगरमाथा'मा २० महिना प्रयोग भएको भाडाको इन्जिनमै निगमले खर्चियो ३८ करोड (विवरणसहित)

दुई न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडामा लिने खेलकै कारण दुई वर्षमै निगमले गुमायो ६ अर्ब दुई न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडामा लिने खेलकै कारण दुई वर्षमै निगमले गुमायो ६ अर्ब

वाइडबडी सी-चेक प्रकरण : अख्तियारले नेपाल एयरलाइन्ससँग माग्यो कागजपत्र वाइडबडी सी-चेक प्रकरण : अख्तियारले नेपाल एयरलाइन्ससँग माग्यो कागजपत्र

न्यारोबडी जहाजको एउटै इन्जिन मर्मतमा एक अर्ब खर्च, घोटालाको आशंका न्यारोबडी जहाजको एउटै इन्जिन मर्मतमा एक अर्ब खर्च, घोटालाको आशंका


प्रकाशित : बिहीबार , असार २० २०८१०६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend