शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्राधिकरणले लगायो काममा रोक

images
मंगलबार, असार ११ २०८१
images
निगम कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई प्राधिकरणले लगायो काममा रोक

शुक्रबार अधिकारीको योजनामा एयरबस ३३०-९ एन-एएलअवाई कलसाइनको जहाज दुबई हुँदै इटाली पुर्‍याइएको थियो। सी चेक गराउने कम्पनीको समेत अनुमति नलिइन सेड‍‍युल उडानमा दुबई पुर्‍याएर इटाली पठाइएको थियो। जुन प्राधिकरणको नियमावली र ऐनविरुद्ध हो।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई एकाउन्टेवल म्यानेजरबाट हटाएको छ।

images
images
images

गत शुक्रबार नियामक निकाय प्राधिकरणको अनुमतिबेगर वाइडवडी जहाज सी-चेकको लागि दुबई हुँदै इटाली पुर्‍याइएको थियो। सोही प्रकरणमा प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीलाई काम गर्न रोक लगाउने पत्र पठाएको छ। योसँगै अब छानबीन प्रतिवेदन नआएसम्म अधिकारीले कुनै पनि काम गर्न पाउने छैनन्।

images
images

अधिकारीसँगै प्राधिकरणले अपरेसन म्यानेजर तथा क्याप्टेन दिपु जुहारचन र क्याप्टेन महेशमान डंगोल र रमन घिमिरेलाई समेत ग्राउन्डेड गरेको छ। त्यस्तै क्यामो म्याजेनर ज्ञानबहादुर कुँवरलाई समेत ग्राउन्डेड गरिएको छ। 

images
images

शुक्रबार अधिकारीको योजनामा एयरबस ३३०-९ एन-एएलअवाई कलसाइनको जहाज दुबई हुँदै इटाली पुर्‍याइएको थियो। सी चेक गराउने कम्पनीको समेत अनुमति नलिइन सेड‍‍युल उडानमा दुबई पुर्‍याएर इटाली पठाइएको थियो। जुन प्राधिकरणको नियमावली र ऐनविरुद्ध हो।

निगम कार्यकारी अध्यक्ष अधिकारीले हतार-हतारमा खरिद प्रकियाको सामान्य नियमसमेत पूरा नगरी इटालियन कम्पनीलाई वाइडबडी जहाजको सी-चेकको जिम्मा दिने निर्णय गरेर जहाज पठाएका थिए। अधिकारीले इटालियन कम्पनी एटिटेक एसपीएलाई सी-चेकको जिम्मा दिने निर्णय गरेका थिए।

जहाजको नियमित मर्मत तथा सबै प्रकारको मेन्टेनेसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ को व्यवस्थाअनुसार प्राधिकरणबाट एओसी प्राप्त वायुसेवा कम्पनीले कुनै वायुयानको मेजर चेक, सी-चेक तथा ‌ओभरल चेक अपको काम गर्दा सबैभन्दा पहिले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिनुपर्छ।

वायुसेवा कम्पनीले वायुयानको के चेक गर्न लागेको हो त्यसका लागि प्राधिकरणबाट अनुमति लिनु पर्छ। किन कि चेकमात्रै गराएर होइन चेक गराइसकेपछि त्यसलाई प्रमाणित पनि प्राधिकरणबाट नै गराउनु पर्छ।  

दोस्रो कुरा  वायुसेवा कम्पनीले जुन कम्पनीकाट एएमओ एयरक्राफ्ट मेन्टेन्स अर्गनाइजेसन० सेवा लिन लागेको हो त्यो कम्पनी पनि प्राधिकरणबाट स्वीकृत हुनुपर्दछ। अहिलेको समस्या चाहिँ के हो भने काठमाडौंबाट उड्नुभन्दा पहिले नेपाल वायुसेवा निगमले अनुमति लिएर जानुपर्ने थियो। तर केही अनुमति लिने काम गरेन।

सेटिङमा आर्थिक लाभ लिँदै कम्पनी छनोट भएको छ। यसअघि चेक अप भइरहेको कम्पनीभन्दा अलग कम्पनीसँग काम गर्न खोजिएको छ। तर अनुमति लिइएको छैन।

प्राधिकरण स्रोतका अनुसार अहिले उनीहरूले इटालीको कुनै एउटा कम्पनीबाट एएमओ गर्ने अथवा सी-चेक गर्ने भनेर सम्झौता गरिएको छ। प्राधिकरणको नियमावलीले के भन्छ भने इटालीको उक्त कम्पनीबाट एएमओ गर्नुभन्दा पहिले इटालीको कम्पनी एएमओ गर्न सक्षम छ कि छैन भनेर प्राधिकरणबाट एप्रुभ हुनु पर्दछ। तर त्यो भएको छैन। 

अनुमति नलिइ सी-चेककाे लागि निगमले जहाज पठाएको खुलासा, शनिबारदेखि दुबईमा राेकियाे अनुमति नलिइ सी-चेककाे लागि निगमले जहाज पठाएको खुलासा, शनिबारदेखि दुबईमा राेकियाे


प्रकाशित : मंगलबार, असार ११ २०८११७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend