बुधबार, वैशाख १९ गते २०८१    
images
images

दुई न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडामा लिने खेलकै कारण दुई वर्षमै निगमले गुमायो ६ अर्ब

images
images
images
दुई न्यारोबडी जहाजको इन्जिन मर्मत तथा भाडामा लिने खेलकै कारण दुई वर्षमै निगमले गुमायो ६ अर्ब

दुई वर्षमै दुईवटा न्यारोब‍डी जहाज ग्राउन्डेड हुँदा दैनिक हुने आक्दानीबाट मात्रै निगमले ४ अर्ब रुपैयाँ गुमाइसकेको छ। इन्जिनम भाडा तथा मर्मतमा पनि २ अर्ब रुपैयाँ खर्च गरिसकेको छ।

images
images

काठमाडौं- २०७८ असोजमा नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त भए। त्यसयता निगमको दुईवटा न्यारोबडी जहाजमध्ये एउटा जहाज निरन्तर ग्राउन्डेड छ। पछिल्लोपटक नोभेम्बर ३० मा ग्राउन्डेड भएको जहाज अझै उडानमा आउन सकेको छैन।

images
images
images

दुई वर्षकै अवधिका निगमको दुईवटा न्यारोबडी जहाजको उडानमा कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा व्यवस्थापनको लापरबाहीका कारण ६ अर्ब रुपैयाँभन्दा बढी गुमाएको छ। 

images

निगमको न्यारोबडी जहाज ग्राउन्डेड श्रृंखला २०२१ को डिसेम्बर २७ बाट सुरु भएको हो। त्यसयता निगमका दुईवटा न्यारोबडी जहाज करिब १२ महिना जति ग्राउन्डेड भइरसकेको छ। जहाजमा २० महिनाभन्दा बढी भाडाको इन्जिन प्रयोग भइसकेको छ। 

images

नाइन एन एकेडब्लू  

images
images

कलसाइन नाइन एन एकेडब्लू सगरमाथा नामको जहाज कतारमा २०२१ को डिसेम्बर २७ देखि २०२२ को मार्च ५ सम्म कुल ६७ दिन ग्राउन्डेड भयो।

निगमको न्यारोबडी जहाजको दैनिक आम्दानी सरदरमा १ करोड २० लाख देखि १ करोड ३० लाख रुपैयाँ हो। १ करोड २० लाख दैनिक आम्दानीकै दरमा हिसाब गर्दा कतारमा जहाज ग्राउन्डेड हुँदा ८० करोड ४० लाख रुपैयाँ आम्दानी गुमाएको छ।

यही जहाज पुन: २०२२ को जुलाई ३० देखि सेप्टेम्बर ३० सम्म काठमाडौंमा ग्राउन्डेड भयो। यसपटक जहाज ६२ दिन काठमाडौंमा ग्राउन्डेड भयो। जहाज ग्राउन्डेड हुँदा ७४ करोड ४० लाख रुपैयाँभन्दा बढी आम्दानी गुमायो।

दुवै पटक इन्जिनमा समस्या आउँदा जहाजमा समस्या आएको थियो। दुईवटा इन्जिन मर्मतमा ढिलासुस्ती भयो। इन्जिन मर्मतका लागि पहिले नै एमआरओ छनोट गरेर राख्ने काम भएन। कमिसनका लागि हतारमा कम्पनी छनोट गर्ने काम भयो।

२०२१ को डिस्मेबरमा बिग्रिएको इन्जिन ४२ लाख डलर खर्च गरेर २०२० को सेप्टेम्बरमा मर्मत भयो। २०२१ को डिसेम्बरमा बिग्रिएको इन्जिन मर्मत जर्मन कम्पनी लुफ्थान्साले गरेको थियो भने २०२२ को जुलाईमा बिग्रिएको इन्जिन आईएआईले गरेको हो। लुफ्थान्साले ४२ लाख डलमा इन्जिन मर्मत गरेको थियो भने आईएआईले ६४ लाख डलरमा गरेको थियो।

२०२१ को डिसेम्बमा बिग्रिएको इन्जिन २०२२ को मार्चमा मर्मतका लागि पठाइएको थियो। जुन बेला इन्जिन लुफ्थान्सले ५ महिना लगाएर मर्मत गर्दै निगमलाई दिएको थियो। तर २०२२ को जुलाईमा बिग्रिएको इन्जिन २०२३ को अगष्टमा मात्रै मर्मत भएको थियो। २०२२ को जुलाईमा बिग्रिएको इन्जिन मर्मतका लागि २०२२ को सेप्टेमरबमा दिइएको थियो। जुन इन्जिन ११ महिना लगाएर २०२३ को अगष्टमा मर्मत भएको थियो 

२०२२ को जुलाईमा बिग्रिएको इन्जिन २०२३ को अगष्टमा मात्रै मर्मत भयो। यो इन्जिन मर्मतमा ६४ लाख डलर अर्थात ८५ करोड रुपैयाँ खर्च भएको छ। दुईवटा इन्जिन मर्मतमा मात्रै १ अर्ब ४० करोड रुपैयाँ खर्च भएको छ।

जब कि इन्जिन मर्मतको अधिकतम समय ९० दिनमात्रै हो। सामान्यत:  इन्जिन दुई महिनामै मर्मत हुन्छ। निगमको आर्थिक विनियमावलीमा पनि इन्जिन बढीमा ९० दिनमात्रै भाडामा लिन पाइने व्यवस्था छ तर निगमले २०२२ को मार्च ३ देखि  २०२३ को अक्टोबर ३० सम्म गरी २० महिना दैनिक २ हजार डलर,  प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा एमटीयूसँग इन्जिन भाडामा लिएर २०२३ को अक्टोबरमा सम्झौता रद्द गर्दासम्म ३८ करोड रुपैयाँ भुक्तानी गरेको छ।

यसैगरी कतारमा जहाज ग्राउन्डेड भएर बस्दा पनि ७० हजार डलर अर्थात १ करोड रुपैयाँ अन्य खर्च भएको छ।

दुई वर्षको अविधमा लगातार लामो समयमा बाहेक पनि बेला बेलामा विभिन्न प्राविधिक समस्याका कारण नाइन एन एकेडब्लू जहाज न्यूनतम ३० दिन ग्राउन्डेड भएको छ। यसमा पनि दैनिक १ करोड २० लाखकै दरमा हिसाब गर्दा ३६ करोड रुपैयाँ आम्दानी गुमाएको छ। कार्यकारी अध्यक्षमा अधिकारी आएपछि नाइन एन एकेडब्लूबाट मात्रै हुने आम्दानी र खर्च गरी ३ खर्ब ७० करोड  निगमले गुमाएको छ।

नाइन एकेएक्स

यो जहाज अहिले इजरायलमा लगेर राखिएको छ। डिसेम्बर २६ देखि यो जहाज इजरायलमा छ। जहाज कहिले आउछ यकिन छैन। यो जहाज जुलाई १७ मा पहिलो पटक ग्राउन्डेड भएको थियो। जुलाइमा ग्राउन्डेड भएको जहाज २०२३ को सेप्टेम्बरमा इन्जिन मर्मत तथा भाडाको इन्जिन  ख्न इजरायल पठाइयो। तर इन्जिन फिट गर्न कम्पनीले १० दिन लगायो। 

जहाज अक्टोबर  १० देखि व्यावसायिक उडानमा आयो। जहाज त्यो बेला ८३ दिन काठमाडौंमा नै ग्राउन्डेड भयो। दैनिक १ करोड २० लाख रुपैयाँकै दरमा हिसाब गर्दा निगमको ९९ करोड ६० लाख रुपैयाँ गुमायो।

जहाज भाडाको इन्जिन हालेर उडानमा आयो। इन्जिन मर्मतका लागि छोडियो। इन्जिन ६५ दिनभित्रै मर्मत गरेर दिने गरी सम्झौता भयो। तर इन्जिन अहिलेसम्म बनेको छैन। इन्जिन भाडामा दैनिक २ हजार डलर, प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा लिइयो। इन्जिन दैनिक भाडामा भने जहाज उडे पनि नउडे पनि तिर्नु पर्छ।

भाडाको इन्जिन प्रयोग भएको जहाजमा फेरि नोभेम्बर ३० मा अर्को इन्जिनमा समस्या देखियो। जहाज ग्राउन्डेड छ। ग्राउन्डेड भएको भन्दै विरोध भएपछि जहाज इजरायल लगरे राखिएको छ। तर जहाज नउडेपनि दैनिक २ हजार डलर भने भाडाको इन्जिनमा खर्च भएको छ।

नोभेम्बर ३० देखि आज बैशाख ५ गतेसम्म कुल १३७ दिन जहाज ग्राउन्डेड भएको छ। पछिल्लो पटक १३७ दिन जहाज ग्राउन्डेड हुँदा मात्रै १ अर्ब ६४ करोड रुपैयाँ आम्दानी गुमेको छ। साथै साढे ३ करोड रुपैयाँ उड्दै नउडेको जहाजको इन्जिनमा खर्च भएको छ। समग्रमा २०२३ को जुलाइदेखि २०२४ को अप्रिल १७ सम्ममा न्यारोबडी नाइन एन एकेएक्सबाट २ अर्ब ६७ करोड रुपैयाँ निगमको खर्च भएको।

दुई वर्षमै दुईवटा न्यारोब‍डी जहाज ग्राउन्डेड हुँदा दैनिक हुने आक्दानीबाट मात्रै निगमले ४ अर्ब रुपैयाँ गुमाइसकेको छ। इन्जिनम भाडा तथा मर्मतमा पनि २ अर्ब रुपैयाँ खर्च गरिसकेको छ।

images

प्रकाशित : बिहीबार , वैशाख ६ २०८१०८:०३
  • सम्बन्धित विषय:

  • # न्यारोबडी जहाज
  • # वायुसेवा निगम


  • प्रतिक्रिया दिनुहोस