शुक्रबार, साउन ९ गते २०८२    
शुक्रबार, साउन ९ २०८२
images
images

बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?

अवैधरुपमा सीएमएचकेको सिम कार्ड रोमिङमा ल्याएर बिक्री

images
बिहीबार , साउन ८ २०८२
images
images
बीवाईडी बिक्रेता साइमेक्स इंक ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेता?

साइमेक्सले सफ्टवेर अपडेटका नाममा चीनको सक्रिय सिम कार्ड त्यो पनि महँगो मूल्यमा ल्याएर बिक्री गरिरहँदा नियामक निकायहरु मौन रहनु गम्भीर विषय हो। व्यक्तिगत प्रयोगनमा प्रयोग गर्न ल्याइने रोमिङ सुविधा डिलरकै रुपमा आयात गरेर बिक्री भइरहेको छ।

images

काठमाडौं- विदेशी सिम कार्ड नेपालमा आयात गरेर बिक्री गर्न नपाइने कानूनी व्यवस्था हुँदाहुँदै साइमेक्स इंकले चिनियाँ टेलिकम कम्पनीको सिम कार्ड आयात गरेर बिक्री गरिरहेको छ। साइमेक्स इंक प्रालि बीवाईडीसँगै चिनियाँ टेलिकम कम्पनी ‘चाइना मोबाइल हङकङ’को पनि आधिकारिक बिक्रेताजस्तो देखिएको छ। 

images
images

दूरसञ्चार प्राधिकरणबाट अनुमति नलिइ सिम कार्ड नै आयात गर्न नपाइने कानूनी व्यवस्थाबीच साइमेक्स इंकले आधिकारिक बिक्रेताकै रुपमा चीनबाट 'एक्टिभेटेड सिम कार्ड' ल्याएर बिक्री गरिरहेको छ।

images
images

पछिल्लो एक वर्षभन्दा बढी समयदेखि साइमेक्सले चाइना मोबाइल हङकङको चालु अवस्थाको सिम कार्ड ल्याएर बिक्री गरिरहँदा भन्सार विभाग, यातायात व्यवस्था विभाग र नेपाल दूरसञ्चार प्राधिकरण मौन छन्। 

images
images
images

साइमेक्सले सफ्टवेर अपडेटका नाममा चीनको सक्रिय सिम कार्ड त्यो पनि महँगो मूल्यमा ल्याएर बिक्री गरिरहँदा नियामक निकाय मौन रहनु गम्भीर विषय हो। व्यक्तिगत प्रयोगनमा प्रयोग गर्न ल्याइने रोमिङ सुविधा डिलरकै रुपमा आयात गरेर बिक्री भइरहेको छ। 

गाडी बिक्री गर्ने कम्पनीले सिम कार्ड नै आयात गर्न नपाउने व्यवस्था रहेकोमा डिलरझैँ गरेर विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड ल्याउन पाउने कुनै आधारै नभएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए।

‘गाडी आयात गर्ने कम्पनीले सिम कार्ड ल्याएको, त्यसमा पनि विदेशी टेलिकम कम्पनीको सक्रिय सिम कार्ड आएको विषय हाम्रा लागि पनि नयाँ हो,’ अर्यालले भने, ‘विदेशी टेलिकम कम्पनीको सिम कार्ड नेपालमा ल्याएर बिक्री गर्न पाइने कुरा त हाम्रो कानूनले परिकल्पना नै गरेको छैन। यसबारेमा सबैसँग छलफल गरेर छिट्टै निष्कर्षमा पुग्छौँ।’ 

नेपाली बजारमा हालसम्म बीवाईडीका १० हजारभन्दा बढी विद्युतीय गाडी बिक्री भइसकेका छन्। सुरुवाती समयमा आयात भएका गाडीमा पनि सिम कार्ड रहेकोमा पछिल्लोपटक आयात भएका बीवाईडीका विद्युतीय गाडीमा सिम कार्ड नै आयात भएको पाइएको छ। बीचको केही समय सिम कार्ड आयात हुन नसकेकाले साइमेक्सले कम्तिमा ५ हजार वटाभन्दा बढी चिनियाँ सिम कार्ड आयात गरेर बिक्री गरेको छ। यसबारेमा भन्सार विभाग, दूरसञ्चार प्राधिकरण, यातायात व्यवस्था विभागलगायत निकायले अनुसन्धान गर्नुपर्ने देखिएको छ। 

साइमेक्स इंकले ल्याएको एउटा सिम कार्डको भन्सारमा घोषणा गरेको खरिद मूल्य २ हजार ३ सय चिनियाँ युआन रहेको छ। साइमेक्सले प्रतिसिम कार्ड २ हजार ३ सय चिनियाँ युआन अर्थात प्रज्ञापन पत्रमा उल्लेख गरिएको बिनिमय दर १९.१४ अनुसार ४४ हजार २२ रुपैयाँमा खरिद गरेको छ। यसमा बीमा तथा फ्रेटसमेत जोडेर सबै कर लगाउँदा प्रतिसिम कार्ड नेपाल भित्रँदा ५८ हजार ५ सय ८७ रुपैयाँ परेको छ। सिम कार्डमा सरकारले भन्सार नलाग्ने व्यवस्था गरेको छ। 

साइमेक्सले सिम कार्ड नै भनेर आयात गरेको र सरकारले तोकेको सिम कार्डकै भन्सार उपशीर्षक ८५२३.५२.१० मा आयात भएको छ। सरकारले दूरसञ्चार प्रयोजनका लागि आयात हुने सिम कार्डमा भन्सार महसुल नलाग्ने व्यवस्था गरेको छ। सिम कार्डमा १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटमात्र लाग्ने व्यवस्था छ। यस हिसाबले साइमेक्सले आयात गरेको सिम कार्ड पनि सोही वर्गीकरणमा जाँचपास भएको छ।

चाइना मोबाइल हङकङ 

चाइना मोबाइल हङकङ कम्पनी लिमिटेड (सीएमएचके) चाइना मोबाइलको स्वामित्वमा रहेको कम्पनी हो। सन् १९९४ मा स्थापना भएर १९९७ को जनवरीदेखि सीएमएचकेले हङकङ दूरसञ्चार सेवा प्रदान गर्दै आएको छ। सीएमएचके हाल हङकङको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनीको रुपमा रहेको छ। 

सीएमएचकेले मोबाइल टेलिफोन इन्टरनेस सर्भिस र ब्रोडब्यान्ड सेवा उपलब्ध गराउँदै आएको छ। चाइना मोबाइल वा चाइना मोबाइल लिमिटेडको नाममा चिनिने यो कम्पनीको पूर्ण स्वामित्व चाइना मोबाइल कम्युनिकेसन्स ग्रुप कम्पनी लिमिटेडको नाममा रहेको छ। यो कम्पनी शतप्रतिशत चीन सरकारको हो। 

चाइना मोबाइलको नेटवर्क चीन र हङकङमा रहेको छ। चाइना मोबाइल चीनको सबैभन्दा ठूलो वायरलेस क्यारियर हो। २०२१ को जुनसम्मको तथ्यांकअनुसार चाइना मोबाइलका ९४ करोड ५५ लाखभन्दा बढी सब्स्क्राइबर रहेका छन्। 

चाइना मोबाइल सांघाई स्टक एक्सचेन्ज र हङकङ स्टक एक्सचेन्जमा सूचीकृत रहेको छ। यो कम्पनी प्रयोगकर्ता र आम्दानीका हिसाबले विश्वको सबैभन्दा ठूलो टेलिकम्युनिकेसन सेवाप्रदायक हो। २०२५ को जुलाईसम्ममा चाइना मोबाइलको मार्केट भ्यालु २ खर्ब ४० अर्ब अमेरिकी डलर रहेको छ।  

नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड 

बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ?बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ? बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँबीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ साइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेनसाइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेन सिलायन सेभेनको कागजात अध्ययन भइरहँदा सरकारलाई दबाब दिन चिनियाँ दूतावासलाई पत्रसिलायन सेभेनको कागजात अध्ययन भइरहँदा सरकारलाई दबाब दिन चिनियाँ दूतावासलाई पत्र आवश्यक कागजात नदिइ 'बीवाईडी सिलायन' छुटाउन चिनियाँ दूतावास गुहारेको साइमेक्स पुग्यो मन्त्रालयआवश्यक कागजात नदिइ 'बीवाईडी सिलायन' छुटाउन चिनियाँ दूतावास गुहारेको साइमेक्स पुग्यो मन्त्रालय


प्रकाशित : बिहीबार , साउन ८ २०८२१३:१५
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend