बुधबार, असार ३२ गते २०८२    
बुधबार, असार ३२ २०८२
images
images

साइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेन

मोटर पावरको डकुमेन्ट नजुटाएकाले पाएको छैन आयात अनुमति, यसअघि ल्याएको थियो १५० किलोवाटमा

images
शुक्रबार, असार २० २०८२
images
images
साइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेन

बिक्री प्रयोजनका लागि ल्याइएको गाडी यातायात व्यवस्था विभागबाट आयातको अनुमति नै नपाइ धरौटीमा ५ वटा सिलायन सेभेन खुसुक्क भन्सार छुटाएको छ।

images
images

काठमाडौं- बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले आयातको अनुमति नपाउँदै नयाँ विद्युतीय कार 'सिलायन सेभेन' नेपाल भित्र्याइसकेको पाइएको छ। 

images
images

कम्पनीले बिक्री प्रयोजनकै लागि बीवाईडी सिलायन सेभेन आयात गर्दै थियो। रसुवा भन्सारको पारीपट्टी गाडी आइपुगेपछि साइमेक्सले आयात अनुमतिका लागि यातायात व्यवस्था विभागमा निवेदन दिएको थियो। पेस गरिएका सिलायन सेभेनको कागजात विभागले अध्ययन गरिरहेकै बखतमा धरौटीमा छुटाउने ‘चोर बाटो’ साइमेक्सले समातेको हो। 

images
images

यसरी नियमित प्रक्रियामा रहेको जाँचपास विधि मिचेर साइमेक्सले प्रदर्शनी गर्ने प्रयोजनका लागि ल्याइने विधिबाट सिलायन सेभेन नेपाल भित्र्याएको हो। साइमेक्स इंकले मंगलबार ५ वटा सिलायन सेभेन धरौटीमा भन्सार छुटाएको पाइएको छ। 

images
images
images

साइमेक्सले पहिलो लटमा २० वटा सिलायन सेभेन आयातको प्रक्रिया अघि बढाएको थियो। शुक्रबार साइमेक्सले बिक्री प्रयोजनसहित नेपाली बजारमा सिलायन सेभेन सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ। बिक्री प्रयोजनका लागि ल्याइएको गाडी यातायात व्यवस्था विभागबाट आयातको अनुमति नै नपाइ धरौटीमा ५ वटा सिलायन सेभेन खुसुक्क भन्सार छुटाएको छ।

नेपालमा सवारीसाधन आयात गर्न यातायात व्यवस्था विभागबाट अनिवार्य रुपमा आयात अनुमति लिनुपर्ने कानूनी व्यवस्था छ। 

सरकारले पछिल्लोपटक आयात हुने विद्युतीय सवारीमा मोटर पावरबारे कडाइका साथ निगरानी राख्न सुरु गरेको छ। साइमेक्सले आयात गर्न लागेको बीवाईडी सिलायन सेभेनमा पनि यसअघि नेपाल आउँदा १ सय ५० किलोवाट मोटर पावरमै आयात भएको थियो। सोही कारण यातायात व्यवस्था विभागले अहिले साइमेक्सले आयात गर्न लागेको बीवाईडी सिलायन सेभेनको मोटर पावरमा शंका लागेर थप पुष्टि हुने कागजात माग गरेको छ। 

साइमेक्सले अहिले आयात अनुमति माग गरेको बीवाईडी सिलायन सेभेनमा एक सय किलोवाट पिक पावर भएको मोटर रहेको जनाएको छ।

साइमेक्स इंकले नै २०२४ अगस्ट ९ मा एउटा बीवाईडी सिलायन सेभेन विद्युतीय कार आयात गरेको थियो। त्यतिबेला आयात भएको सिलायन सेभेनमा १ सय ५० किलोवाट पिक पावर मोटर जडान भएको कागजातमा उल्लेख छ। एक वर्षअघि आयात भएको सिलायन सेभेनको आयात मूल्य (भन्सार लाग्नुअघि) २ लाख ३० हजार चिनियाँ युआन थियो। 

हाल आयात हुन लागेको बीवाईडी सिलायन सेभेनको आयात मूल्य (भन्सार लाग्नुअघि) १ लाख ८२ हजार १ सय चिनियाँ युआन रहेको छ। यो गाडीमा ८२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ भने विदेशमा सिलायन सेभेन २ सय ३० किलोवाट वा अन्य मोटरमा बिक्री भइरहेको छ।

नेपाल आयात गर्ने मोडलमा नयाँ मोटर बनाएर कम्पनीले परीक्षण गरेर पठाएको हुनसक्छ। तर यसको पुष्टि हुने कागजात यातायात व्यवस्था विभागले मागेको हो। जुनकुरा साइमेक्सले जुटाउने क्रममा रहेको बताएको छ। 

साइमेक्स इंकले आयात अनुमति मागेको बीवाईडी सिलायन सेभेनको कुल तौल २१ सय किलोग्रामभन्दा बढी रहेको छ। १ सय किलोवाट पिक पावर मोटर यो कारमा पिट गरेर आयात भएको कम्पनीले पेश गरेको डकुमेन्टमा छ। तर यो गाडीको कुल तौल र मोटर पावरको क्षमता अर्थात वेइट टू पावर रेसियो राम्रो देखिएको छैन। ८२ किलोवाटको ब्याट्री नै भएको यो कारमा १ सय किलोवाटको मात्र मोटर पावर हुनु मेकानिकल हिसाबमा पनि त्रुटीपूर्ण नै देखिएको एक मेकानिकल इन्जिनियरले बताए। 

‘यदि विभागका मेकानिकल इन्जिनियरहरुले यसबारेमा राम्ररी केलाएर हेर्ने हो भने वइट टू पावर रेसियो गणना गर्दा सिलायन सेभेनमा भएको १ सय किलोवाट पिक पावरको मोटरमात्र हो भन्ने कुरा त्रुटीपूर्ण नै पाउनु हुन्छ,’ ती मेकानिकल इन्जिनियरले भने, ‘यो पूर्णत: गलत नै हो भन्न नसकिएपनि विभागले हेर्न खोजेको कम मोटर पावरमा ल्याए कि भन्ने कुराको उत्तर चाहिँ पाउनु हुन्छ भन्ने मलाई लाग्छ।’

साइमेक्सले बीवाईडीको कारमा प्रयोग गर्नेगरी सिम कार्डसमेत आयात गर्दै आएको पाइएको छ। यसबारेमा बिजनेस न्युजले यसअघि नै समाचार प्रकाशित गरिसकेको छ। सवारीसाधन मेकानिकल उपकरण भएको र सिम कार्ड टेलिकम्युनिकेसन प्रयोजनका लागि आयात हुने भएकाले यस विषयमा पनि विभागले बीवाईडी आयातकर्ता साइमेक्स इंकलाई प्रश्न गरेको हुनसक्छ। 

बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ

 

बीवाईडीमा साइमेक्स इंकको बदमासीबारे अन्य सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस्।


प्रकाशित : शुक्रबार, असार २० २०८२०५:५७
  • सम्बन्धित विषय:

  • # बीवाईडीमा साइमेक्सको बदमासी


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend