मंगलबार, साउन ६ गते २०८२    
मंगलबार, साउन ६ २०८२
images
images

नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड

images
मंगलबार, साउन ६ २०८२
images
images
नेपालमा गुड्ने गाडीमा छ्यापछ्याप्ती चिनियाँ सिम कार्ड

प्राधिकरणले यसका बारेमा अनुसन्धान सकेपछि आवश्यक निर्देशन, नियमन वा त्यसका लागि सरकारलाई सुझाव दिने तयारी गरेको छ।

images

काठमाडौं- अवैध रुपमा आयात भएका चिनियाँ सिम कार्ड नेपाली बजारमा छ्यापछ्याप्ती हुन थालेका छन्। गाडी आयातकर्ता कम्पनी साइमेक्स इंक प्रालिले चीनबाट एक्टिभेटेड सिम कार्ड ल्याएर बिक्री गरिरहेको छ। 

images
images

विद्यमान कानूनअनुसार टेलिकम कम्पनीले मात्र सिम कार्ड आयात गर्न पाउँछन्। त्यो पनि विदेशी टेलिकम कम्पनीको एक्टिभेटेड सिम कार्ड नभइ ‘ब्ल्याङक’ सिम कार्डमात्र आयात गर्न पाइन्छ। तर बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्सले चाइना मोबाइल हङकङको सिम कार्ड आयात गरिरहेको पाइएको हो। 

images
images

साइमेक्स इंकले चाइना मोबाइल हङकङको सिम कार्ड ल्याएर गाडी किन्ने उपभोक्तालाई बिक्री गरिरहेको छ। नेपालको अहिलेसम्मको नियमन तथा कानूनी व्यवस्थाअनुसार सिम कार्ड ल्याउन पाउने भनेको अनुमति प्राप्त कम्पनीले मात्र हो। दूरसञ्चारको सेवा सञ्चालनको अनुमति पाएकाहरूले यस्तो सिम कार्ड ल्याउन पाउँछन् र यसैको नियमन दूरसञ्चार प्राधिकरणले गर्दै आएको छ। 

images
images
images

यसबाहेक विदेशबाट सिम कार्ड ल्याउन पाउने अर्को बाटो व्यक्तिगत रुपमा हो। कुनै पनि व्यक्तिले विदेशबाट आउँदा सिम कार्ड ल्याउँछ र यहाँ रहँदासम्म रोमिङमा सेवा लिन्छन्। तर रोमिङ भनेको आपतकालका लागि हो सधैँभरीका लागि होइन भन्ने बुझाइले यसका बारेमा कति र के भन्ने नियमन पनि छैन। 

यहाँसम्म कि जीपीएस ट्रयाकिङ डिभाइस आयात गर्दासमेत सरकारको अनुमति चाहिन्छ। त्यसका लागि स्वदेशमै डेटा स्टोरेजलगायका व्यवस्था गर्नुपर्ने प्रावधान छ। अर्को सिम कार्ड ल्याउन पाउने भनेको नेपालमा स्याटेलाइट इन्टरनेट सेवाको अनुमति पाएका कम्पनी हुन्। महँगो सेवा हुने भएकाले यस्ता कम्पनीको बारेमा चर्चा हुँदैन तर अहिलेसम्म दुईवटा कम्पनी सक्रिय छन्। 

यस्तोमा नेपालको सडकमा गुड्ने बीवाईडीका गाडीमा भने चाइना मोबाइलका सिम कार्ड रहेका छन्। यदि रोमिङमै भएपनि ती सिम कार्ड व्यक्तिगत रुपमा आए कि संस्थागत? व्यक्तिगत रुपमा आएको भए सामान्य अभ्यास भयो भने कम्पनीले ल्याएको भए कुनै पनि कम्पनीले विदेशी टेलिकमका सिम कार्डलाई यहाँ डिलिरसिपजस्तो गरी बिक्री गर्न नमिल्ने व्यवस्था छ।

आयात भएको कागजातअनुसार बीवाईडी बिक्रेता साइमेक्सले संस्थागत रुपमै विदेशी टेलिकम कम्पनीको सिम कार्ड ल्याएको देखिन्छ। 

अहिलेको अवस्थामा नियमन नभएपनि अब नियमन गर्नुपर्ने निष्कर्षमा प्राधिकरण पुगेको छ। यसका लागि प्राधिकरणले विद्युतीय गाडीको इकोसिस्टम, त्यसमा लाग्ने नेटवर्कको अवस्थालगायतका व्यवस्थामा सोधपुछ सुरु गरेको छ। 

नयाँ क्षेत्र भएको र यसका लागि अहिलेसम्म नियमन पनि नभएकाले बुझ्ने काम भइरहेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए।

‘हामीले अहिलेसम्म नियमन गरिरहेकोभन्दा यो नयाँ क्षेत्र भयो। हुनै नसक्ने कुराहरू कसरी भए यदि हुनैपर्ने भएपनि त्यो कसरी भयो? सम्बन्धित क्षेत्रको नियामक भएका नाताले हामीले यसबारेमा सोधखोज सुरू गरेका छौँ’ उनले भने। 

प्राधिकरणले यसका बारेमा अनुसन्धान सकेपछि आवश्यक निर्देशन, नियमन वा त्यसका लागि सरकारलाई सुझाव दिने तयारी गरेको छ। 

साइमेक्सले केही वर्षदेखि बीवाईडीका कारमा प्रयोग गर्न भन्दै चाइना मोबाइल हङकङको सिम कार्ड आयात गरेर बिक्री गर्दै आइरहेको छ। साइमेक्सले ल्याएको ‘चाइना मोबाइल हङकङ’ हङकङको सबैभन्दा ठूलो टेलिकम सेवाप्रदायक कम्पनी हो। चाइना मोबाइल हङकङ चीनको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक चाइना मोबाइलको पूर्णस्वामित्वको कम्पनी हो। यो कम्पनीमा सतप्रतिशत चीन सरकारको लगानी रहेको छ। 

नेपाली बजारमा हालसम्म बीवाईडीका १० हजारभन्दा बढी विद्युतीय गाडी बिक्री भइसकेका छन्। सुरुवाती समयमा आयात भएका गाडीमा पनि सिम कार्ड रहेकोमा पछिल्लोपटक आयात भएका बीवाईडीका विद्युतीय गाडीमा समेत सिम कार्ड आयात भएको पाइएको छ।

बीचको केही समय सिम कार्ड आयान हुन नसकेकाले साइमेक्सले चीनबाट कम्तिमा पनि ५ हजारवटा भन्दा बढी चिनियाँ सिम कार्ड आयात गरेर बिक्री गरेकाे देखिन्छ। यसबारेमा भन्सार विभाग, दूरसञ्चार प्राधिकरण, यातायात व्यवस्था विभागलगायत निकायले अनुसन्धान गर्नुपर्ने देखिएको छ। 

बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ? बीवाईडी सिलायनमा ‘चाइना मोबाइल’को सिम कार्ड : मेकानिकल उपकरणसँगै टेलिकम उपकरणको आयात अनुमति मिल्छ? बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ बीवाईडी बेच्ने साइमेक्स इंकले किन ल्यायो सिम कार्ड? एउटै सिम कार्डको मूल्य ५८ हजार ५ सय ८७ रुपैयाँ साइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेन साइमेक्सले ‘चोर बाटो’बाट ल्यायो बीवाईडी सिलायन सेभेन सिलायन सेभेनको कागजात अध्ययन भइरहँदा सरकारलाई दबाब दिन चिनियाँ दूतावासलाई पत्र सिलायन सेभेनको कागजात अध्ययन भइरहँदा सरकारलाई दबाब दिन चिनियाँ दूतावासलाई पत्र आवश्यक कागजात नदिइ 'बीवाईडी सिलायन' छुटाउन चिनियाँ दूतावास गुहारेको साइमेक्स पुग्यो मन्त्रालय आवश्यक कागजात नदिइ 'बीवाईडी सिलायन' छुटाउन चिनियाँ दूतावास गुहारेको साइमेक्स पुग्यो मन्त्रालय


प्रकाशित : मंगलबार, साउन ६ २०८२१६:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend