सोमबार, असार २४ गते २०८१    
images
images
images

२१० दिनदेखि न्यारोबडी जहाजको एउटा इन्जिन 'गायब'

मर्मत खर्च करिब १ अर्ब, भाडाको इन्जिनमै दैनिक १० लाख खर्च

images
आइतबार, असार १६ २०८१
images
images
२१० दिनदेखि न्यारोबडी जहाजको एउटा इन्जिन 'गायब'

इन्जिन मर्मतको जिम्मा पाएको इजरायल एरोस्पेस इन्डस्ट्रिजको कारखानामा जहाज २०२३ को डिसेम्बर नै पुगेको हो। तर अहिलेसम्म इन्जिन मर्मत भएको छैन। सामान्यत इन्जिन ४५ दिनदेखि बढीमा ९० दिनभित्र मर्मत हुन्छ।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कल साइन नाइन एन एकेएक्स जहाजको एउटा इन्जिन ७ महिनादेखि बिग्रिएर बसेको छ। इन्जिन मर्मतको काम हालसमम सुरु भएको छैन।

images
images
images

इन्जिन इजायलमा राखिएको छ। भाडाको इन्जिनबाट जहाज उडिरहेको र कमिसन पनि आइरहेका कारण इन्जिन मर्मतमा निगम व्यव्थापनले चासो दिएको छैन।

images

भाडा इन्जिन खर्चबट निगम कार्यकारी अध्यक्ष तथा उच्चपदस्थ कर्मचारीले ३० प्रतिशतसम्म कमिसन पाएरहेका कारण इन्जिन मर्मत हुन नसकेको निगम स्रोतको दाबी छ। अधिकारीले कमिसन वापत आउन रकम विदेशमै व्यवस्थापन गरेका छन्।

images
images

भाडाको इन्जिनबाट जहाज उडानमा निमगलाई दैनिक थप १० लाख भार थपिएको छ। तर व्यवस्थापनले यस विषयमा कुनै चासो दिएको छैन।

images
images

इन्जिन मर्मतको जिम्मा पाएको इजरायल एरोस्पेस इन्डस्ट्रिजको कारखानामा जहाज २०२३ को डिसेम्बर नै पुगेको हो। तर अहिलेसम्म इन्जिन मर्मत भएको छैन। सामान्यत इन्जिन ४५ दिनदेखि बढीमा ९० दिनभित्र मर्मत हुन्छ।

कम्पनीसँग पनि ६५ दिनमा इन्जिन मर्मत गरेर दिन गरी सम्झौता भएको थियो। तर २ सय १० दिनभन्दा बढी भइसक्दा इन्जिन मर्मतको विषयमा निगम नै अनविज्ञ छ।

इन्जिन मर्मतका लागि कम्पनीले ७१ लाख डलरको लागत पठाएको थियो। तर अहिलेसम्म लागत रकमलाई अनुमति नदिँदा कम्पनीले इन्जिन मर्मतको काम नथालेको निगम स्रोतको दाबी छ।

यता अधिकारी निकट कर्मचारी भने काम भइरहेको दाबी गरेका छन्। काम भइरहेको दाबी गरेपनि जहाज कहिले आउँछ अत्तोपत्तो छैन। जहाजको इन्जिन मर्मतमा चासो नदिनुको एउटै कारण हो भाडाको इन्जिनबाट कमिसन आइरहनु। 

इन्जिन अहिले इजरायलमा मर्मत भइरहेको जनाकारी आफूलाई प्राप्त भएपनि इन्जिन कहिले नेपाल आइपुग्छ भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको निगमका प्राविधिक प्रवक्ता दिपेन्द्र पुनले जानकारी दिए। यसबाहेक अन्य विषयमा आफूलाई कुनै जानकारी नभएको पुनले बिजनेस न्युजसँग बताए।

यो इन्जिन २०२३ को नोभेम्बर ३० मा बिग्रिएको हो। इन्जिन मर्मतमा ढिलासुस्तीकै कारण उक्त जहाज नोभेम्बर ३० देखि अप्रिल २८ सम्म ग्राउन्डेड भएको थियो।

यसमा जुन २० मा बिग्रिएको इन्जिन अप्रिलमा मर्मत भएको थियो। जुनमा बिग्रिएको इन्जिन सेप्टेम्बर २८ मा मर्मतका लागि इजरायलमा छोडर भाडाको इन्जिन प्रयोग गरेर जहाज उडानमा ल्याइएको थियो।

भाडाकै इन्जिन प्रयोग गरेर उडानमा रहेको बेला सोही जहाजको अर्को इन्जिन २०२३ को नोभेम्बर ३० बिग्रियो। त्यसपछि जहाज अप्रिल २८ सम्म ग्राउन्डेड भएको थियो। 

सेप्टेम्बरमा मर्मतका लागि दिएर मर्मत भएको इन्जिन अप्रिल २८ मा नोभेम्बरमा बिग्रिएको इन्जिनको ठाउँमा राखेर उडानमा आएको थियो। जहाज उडान आएपछि व्यवस्थापनले इन्जिन मर्मतमा कुनै चासो दिएको छैन।

इन्जिन मर्मत नहुँदा दैनिक साढे ८ लाख थप खर्च भइरहेको छ। जहाजमा प्रयोग भएको इन्जिनको दैनिक २ हजार डलर भाडा रहेको छ। यसैगरी प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा जहाज उडान गरिरहेको छ। 

निगमको नाइन एन एकेएक्स जहाज अहिले सरदर दैनिक १३ घण्टा उडिरहेको छ। यसैगरी जहाज दैनिक ३ साइकल उडान हुन्छ। यो हिसाबमा निगमको जहाज उडानमा दैनिक ३ हजार ३ सय ३१ डलर खर्च भइरहेको छ।


प्रकाशित : आइतबार, असार १६ २०८११०:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend