शनिबार, साउन १२ गते २०८१    
images
images
images

न्यारोबडी जहाज 'सगरमाथा'मा २० महिना प्रयोग भएको भाडाको इन्जिनमै निगमले खर्चियो ३८ करोड (विवरणसहित)

२० महिनाको बीचमा जहाज ४ महिनाभन्दा बढी ग्राउन्डेड हुँदा सवा अर्ब आम्दानीसमेत गुमायो

images
मंगलबार, चैत २० २०८०
images
images
न्यारोबडी जहाज 'सगरमाथा'मा २० महिना प्रयोग भएको भाडाको इन्जिनमै निगमले खर्चियो ३८ करोड (विवरणसहित)

नाइन एन एकेडब्लू जहाज २०२१ को डिसेम्बर २७ मा कतारमा अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा इन्जिनमा समस्या देखिएको थियो।

images
  • २०२१ को डिसेम्बर २७ मा नाइन एन एकेडब्लू 'सगरमाथा' नाम दिइएको जहाज कतारमा अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा इन्जिनमा समस्या।
  • जहाज २०२२ को मार्चसम्म कतारमै ग्राउन्डेड।
  • २०२२ को मार्च ३ मा एमटीयूसँग इन्जिन भाडामा लिन सम्झौता गरी मार्चमा ३ दिन जहाज उडानमा।
  • दैनिक २ हजार प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा एमटीयूसँगबाट इन्जिन भाडामा।
  • २०२१ को डिसेम्बरमा बिग्रिएको इन्जिन मर्मत नहुँदै सोही जहाजको अर्को इन्जिन २०२२ को जुलाई ३० मा समस्या देखिएर जहाज ग्राउन्डेड।
  • २०२२ को जुलाई ३० मा ग्राउन्डेड जहाज २०२१ को डिसेम्बरमा बिग्रिएको इन्जिन मर्मतपछि २०२३ को सेप्टेम्बरबाट उडानमा।
  • २०२२ को जुलाईमा बिग्रिएको इन्जिन २०२३ को अगष्टमा मर्मत।
  • २०२३ को अगष्टमा मर्मत इन्जिन जहाजमा हालेर भाडाको इन्जिन झिकियो।
  • इन्जिन भाडाको सम्झौता २०२३ को अक्टोबर ३० मा मात्रै खारेज।
  • कुल २० महिना इन्जिन भाडामा लिँदा २८ लाख ३९ हजार २ सय ८० डलर खर्च।
  • २०२१ को डिसेम्बर २७ देखि २०२३ को अक्टोबर ३० सम्म गरी ४ महिनाभन्दा बढी जहाज ग्राउन्डेड हुँदा सवा १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमायो।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा उच्च व्यवस्थापनको लापरबाहीका कारण संस्था आर्थिक संकटमा परेको छ।  

images
images

कार्यकारी अध्यक्ष अधिकारीले सेटिङमार्फत जहाजको इन्जिन मर्मत तथा भाडामा लिने गरेका छन्। इन्जिन भाडामा लिँदा आउने कमिसनको लोभकै कारण उनले इन्जिन मर्मतमा समेत कुनै चासो दिएका छैनन्। जसका कारण निगमको न्यारोबडी जहाज नाइन एन एकेडब्लू कलसाइन सगरमाथा नाम दिइएको जहाज उडानमा प्रयोग भएको इन्जिन भाडामै ३८ करोड रुपैयाँ खर्च भएको तथ्य भेटिएको छ।  

images

अधिकतम ९० दिनलाई इन्जिन भाडामा लिन पाउने भएपनि २० महिनासम्म एउटै कम्पनीसँग निगम कार्यकारी अध्यक्ष अधिकारीले इन्जिन भाडामा लिएर नाइन एन एकेडब्लू जहाज उडान गरेका थिए।

जहाज उडानका लागि भाडामा लिएको इन्जिनको भाडाबापत मात्रै निगमले २८ लाख ३९ हजार २ सय ८० डलर भुक्तनी गरेको प्रमाण प्राप्त भएको छ। जुन प्रतिडलर १ सय ३३ रूपैयाँको दरमा ३७ करोड ७७ लाख रूपैयाँभन्दा बढी हो।

images

नाइन एन एकेडब्लू जहाज २०२१ को डिसेम्बर २७ मा कतारमा अवतरणपछि पार्किङ वेमा लैजाँदै गर्दा इन्जिनमा समस्या देखिएको थियो। प्राविधिक चेकजाँचका क्रममा जहाजको इन्जिनमा समस्या देखियो। इन्जिन मर्मत गर्नैपर्ने भयो। जहाज दुई महिनाभन्दा बढी समय कतारमै ग्राउन्डेड भयो। जहाज ग्राउन्डेड हुँदा निमगले दुई महिनामा ६० करोड रुपैयाँभन्दा बढी आम्दानी पनि गुमायो। 

आम्दानी गुमाएको मात्रै नभइ जहाज पार्किङमा पनि ७० हजार डलर निगमले खर्च गर्‍यो। अन्तत: २०२२ को मार्च ३ मा जर्मन कम्पनी एमटीयूसँग इन्जिन भाडामा लिने सहमति भयो। इन्जिन भाडामा लिइयो। जहाज मार्च ५ देखि उडानमा आयो। निगमले जहाज उडानमा भएपनि नभएपनि दैनिक २ हजार डलरका दरले इन्जिन भाडामा लिनेगरी सम्झौता गरेको थियो। 

air stat.jpg
इन्जिन भाडाबापत तिरेको रकम।

यसैगरी प्रतिघण्टा २ सय ७८ डलर र प्रतिसाइकल २ सय ३९ डलरमा एमटीयूसँग इन्जिन भाडामा लिएका थिए। यसरी इन्जिन भाडामा लिएर जहाज उडानमा आएको थियो। फेरि सोही जहाज जुलाई ३० मा फेरि अर्को इन्जिनमा समस्या आएर ग्राउन्डेड भयो। जहाज ग्राउन्डेड हुँदासम्म २०२१ को डिसेम्बर २७ मा बिग्रिएको इन्जिन मर्मत भएको थियो।   

जुलाई ३० देखि ग्राउन्डेड भएको जहाज डिसेम्बरमा बिग्रिएको इन्जिन मर्मत भएपछि सेप्टम्बर ३० मा जहाजमा राखेर उडानमा आयो। तर मार्च ३ मा भाडामा लिइएको इन्जिनलाई निरन्तरता दिने काम भयो।  

त्यो बेला पनि जहाज दुई महिना काठमाडौंमा नै ग्राउन्डेड भयो। जहाज ग्राउन्डेड हुँदा दैनिक १ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइ रह्यो। जुलाई ३० मा ग्राउन्डेड भएको जहाज सेप्टेम्बर ३० बाट उडानमा आयो। जहाज उडानमा रहि रह्यो। इन्जिन मर्तममा निगमले खासै चासो दिएन। 

इन्जिन मर्मतका कार्यकारी अध्यक्ष अधिकारीले कुनै चासो देखाएनन्। २०२१ को डिसेम्बमा बिग्रिएको इन्जिन २०२२ को सेप्टेम्बरमा बन्यो। सामान्यत: इन्जिन दुई महिनामा नै मर्मत हुन्छ। अधिकतममा पनि ९० दिन लाग्ने हो।

यसैगरी २०२२ को जुलाईमा ब्रिगिएको इन्जिन २०२३ को अगष्टमा बन्यो। निगमले २०१३ को अक्टोबरसम्मको इन्जिनको दैनिक २ हजार डलरका दरमा भाडा तिरेकोसमेत फेला परेको छ।

जब कि जहाजमा अगष्ट १२ मा नै मर्मत भएको इन्जिन हालेर भाडाको इन्जिन जहाजबाट झिकिएको थियो योसँगै निगमको एकेडब्लू जहाजमा दुईवटै इन्जिन आफ्नै भएको थियो। अहिले एकेडब्लू भने उडानमा छ।

यो जहाजमा २०२२ को मार्चदेखि २०२३ को अक्टोबरसम्म गरी २० महिना भाडाको इन्जिन प्रयोग गरिएको थियो। दुई पटकसम्म २/२ महिनाभन्दा बढी जहाज ग्राउन्डेड हुँदा सवा एक अर्ब त आम्दानी नै गुमाएको थियो भने भाडाको इन्जिनमा ३८ करोड खर्च गरेको हो। साथै दुईवटा इन्जिन मर्मतमा एक अर्ब रूपैयाँभन्दा बढी खर्च भइसकेको छ। 

नाइन एन एकेडब्लू जहाजको इन्जिन मर्मत नहुँदै अर्को न्यारोबडी नाइन एन एकेक्स 'लुम्बिनी' २०२३ को जुलाई १७ मा ग्राउन्डेड भइसकेको थियो। यो जहाजको इन्जिन मर्मतको जिम्मा इजरायलको आईएआईलाई दिइएको छ। ७५ दिनभन्दा बढी जहाज ग्राउन्डेड भएपछि इन्जिन मर्मतका लागि सेप्टेम्बर ३० मा इजरायल पठाइएको थियो।

बिग्रिएको इन्जिन मर्मतका लागि छोडेर उही कम्पनीसँग इन्जिन भाडामा लिएर जहाज अक्टोबरको पहिलो साताबाट उडानमा आएको थियो। तर भाडाको इन्जिन प्रयोग भएको जहाजको अर्को इन्जिनमा समस्या देखिएर नोभेम्बर ३० देखि ग्राउन्डेड छ। जहाज अहिले इजरायल लगेर राखिएको छ। नाइन एन एकेएक्सको मर्मत तथा भाडाको खेलबारे बिजनेस न्युजले अर्को सामग्री प्रकाशित गर्नेछ। 


प्रकाशित : मंगलबार, चैत २० २०८०१६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend