आइतबार, जेठ ६ गते २०८१    
images
images

न्यारोबडी जहाजको एउटै इन्जिन मर्मतमा एक अर्ब खर्च, घोटालाको आशंका

५१ लाख डलर लागत अनुमानलाई बढाएर ७४ लाख बनाइयो

images
मंगलबार, वैशाख २५ २०८१
images
images
न्यारोबडी जहाजको एउटै इन्जिन मर्मतमा एक अर्ब खर्च, घोटालाको आशंका
images
images

काठमाडौं- नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स जहाजको २०२३ जुन २० मा बिग्रिएको इन्जिन २०२४ को अप्रिल २८ मा मर्मत भएको छ। जहाजको इन्जिन मर्मतमा लापरबाही हुँदा निगमले साढे ३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाएको छ। 

images
images
images

त्यही इन्जिन मर्मतमा आर्थिक अनियमिततासमेत भएको देखिएको छ। २०२३ को जुनमा बिग्रिएको इन्जिन तीन महिनाभन्दा बढी समयसम्म यसै राखेर २०२३ को सेप्ट‍ेम्बर २८ मा मात्रै मर्मतका लागि इजरायल पठाइएको थियो।

images

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक लाभका लागि 'ए ३२०' जहाजको इन्जिन मर्मत तथा भाडामा लिनेगरी एउटै कम्पनीलाई जिम्मा दिएका थिए।

images
images

अधिकारीले इजरायलको 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई)लाई पाँच वर्षका लागि 'ए ३२०' एयरबसको इन्जिन मर्मत तथा इन्जिन भाडामा लिनेगरी जिम्मा दिएका थिए। अधिकारीले कम्पनी छनोट गर्नुअगाडि एक साताको थाइल्याण्डको भ्रमणसमेत गरेका थिए।

images
images

थाइल्याण्डबाट फर्केलगत्तै उनले इन्जिन मर्मत तथा भाडामा लिनेगरी कम्पनी छनोट गरेका थिए। उही कम्पनीले पहिलोपटक नै इन्जिन मर्मतमा लापरबाही गर्दा निगमले चार अर्ब रुपैयाँ आम्दानी गुमाएको थियो। निगमले आम्दानीमात्रै गुमाएको छैन, इन्जिन मर्मतमा घोटाला भएको प्रमाण बिजनेस न्युजले प्राप्त गरेको छ। 

कमिसनको खेलमा 'एयरबस ए ३२०' को इन्जिन मर्मत र भाडामा लिने ठेक्का एउटै कम्पनीलाई कमिसनको खेलमा 'एयरबस ए ३२०' को इन्जिन मर्मत र भाडामा लिने ठेक्का एउटै कम्पनीलाई

६५ दिनमा ५१ लाख डलरमा इन्जिन मर्मत गरेर दिने सर्तमा २०२३ को सेप्टेम्बर २८ मा इन्जिन इजरायल लगेर छोडिएको थियो। तर इन्जिन सात महिनामा मात्रै मर्मत भयो।

तोकिएकै समयमा इन्जिन मर्मत नहुँदा २०२३ को नोभेम्बर ३० देखि २०२४ को अप्रिल २८ सम्म करिब पाँच महिना जहाज ग्राउन्डेड भयो। त्यही जहाज २०२३ को जुन २० देखि अप्रिल २८ सम्म गरी ३ महिनाभन्दा बढी समय ग्राउन्डेड भएको थियो। 

इन्जिन मर्मतमा लैजाँदै गर्दा आईएआईले ५१ लाख डलरमा इन्जिन मर्मत हुने बताएको थियो।

पौने २ अर्ब आम्दानी गुमाएपछि इजरायलबाट निगमको न्यारोबडी जहाज भाडाकै इन्जिनमा काठमाडौं फर्कंदै पौने २ अर्ब आम्दानी गुमाएपछि इजरायलबाट निगमको न्यारोबडी जहाज भाडाकै इन्जिनमा काठमाडौं फर्कंदै

सामान्यत इन्जिन मर्मतमा १० प्रतिशतसम्म लागत अनुमानमा तलमाथि हुने गरेको भए पनि यसपटक लागत अनुमानभन्दा अन्तिम लागत रकम ३१ प्रतिशतले बढेको छ।

५१ लाख डलर लागत अनुमानसहित लगिएको इन्जिनको मर्मत शुल्क ७४ लाख डलर भएको छ। जुन कुनै पनि हालतमा स्वीकारयोग्य रकम नरहेको निगम स्रोतको दाबी छ। 

वायुसेवा निगममा अध्यक्ष युवराज अधिकारीका ११ विकृति! वायुसेवा निगममा अध्यक्ष युवराज अधिकारीका ११ विकृति!

नेपाल राष्ट्र बैंकले एक डलर बराबर मंगलबारका लागि तोकेको रेट १ सय ३३ रुपैयाँ ८९ पैसा छ। सोही हिसाबमा इन्जिन मर्मतको लागत ९९ करोड ७ लाख ८६ हाजर रुपैयाँ हुन्छ। यो रकममा २० देखि ३० प्रतिशत रकम आर्थिक हिनामिना भएको स्रोतको दाबी छ।

यसअघि निगमले २०२१ को डिसेम्बरमा मर्मत गरेको इन्जिनमा ३८ लाख डलर र २०२२ को जुलाईमा बिग्रिएको इन्जिन मर्मतमा ६५ लाख डलर खर्च गरेको थियो। तर अहिले इन्जिन मर्मत रकमको जुन बिल आएको छ त्यो अस्वभाविक भएको निगम स्रोतको दाबी छ। 

'निगमले एयरबस ३२० मा प्रयोग गरेको इन्जिन आईएई भी २५०० प्रकृतिको हो। यस प्रकारको इन्जिन नयाँ खरिद गर्दा नै डेढ अर्बभन्दा बढी लाग्दैन। तर यहाँ त इन्जिन मर्मतमै एक अर्ब खर्च भएको छ। यो सरासर मिलोमतोमा आएको बिल हो। यस विषयमा अनुसन्धान आवश्यक पर्छ,' निगम स्रोतले भन्यो। अहिले इन्जिन मर्मतमा खर्च भएको रककमा ४५ दिनको आम्दानी थप्दा नै नयाँ इन्जिन आउने थियो।

अहिले पनि अर्को इन्जिन मर्मत गर्न निगमले त्यही कम्पनीलाई जिम्मा दिइसकेको छ। इन्जिन मर्मतमा निगम उच्च व्यवस्थापनले निरन्तर आर्थिक हिनामिना गरिरहेको देखिन्छ। 

खरिदको पूर्वसन्ध्यामा सधैँ वैदेशिक भ्रमणमा नेपाल एयरलाइन्सका अध्यक्ष खरिदको पूर्वसन्ध्यामा सधैँ वैदेशिक भ्रमणमा नेपाल एयरलाइन्सका अध्यक्ष 

 


प्रकाशित : मंगलबार, वैशाख २५ २०८१०७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend