बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

खरिदको पूर्वसन्ध्यामा सधैँ वैदेशिक भ्रमणमा नेपाल एयरलाइन्सका अध्यक्ष 

शुक्रबार, भदौ ८ २०८०
खरिदको पूर्वसन्ध्यामा सधैँ वैदेशिक भ्रमणमा नेपाल एयरलाइन्सका अध्यक्ष 

मन्त्रालयबाट नै स्वीकृति लिएर हिँड्ने गरेका उनले यसपटक पनि बोर्डबाट कुनै पनि निर्णय गराएका छैनन्।  

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारी गएको सोमबारदेखि थाइल्यान्ड भ्रमणमा छन्। एउटा एयरलाइन्स कम्पनी र त्यो पनि नियमित उडान भइरहेकै गन्तव्यको भ्रमणमा जानुलाई प्रथम दृष्टिमै अस्वभाविक मान्न सकिँदैन। तर अधिकारी नेपाल एयरलाइन्सको नेतृत्वमा पुगेपछि जसरी वैदेशिक भ्रमणमा गइरहेका छन् त्यसको प्रवृत्ति भने शंकास्पद छ। 

पहिलो कुरा त अधिकारी कुनै पनि वैदेशिक भ्रमणमा जानु पहिला बोर्डबाट स्वीकृत गराउँदैनन्। निगम बोर्ड अध्यक्षको हैसियतमा वैदेशिक भ्रमणमा जाँदा बोर्डबाट निर्णय गराउनुपर्ने नियम छ तर अधिकारीले यो नियम पालना गरेका छैनन्। ‘अधिकारी कार्यकारी अध्यक्ष भएका कारण हो कि के हो अहिलेसम्मको कुनै पनि विदेश भ्रमण गर्दा बोर्डबाट स्वीकृति लिने गरेका छैनन्’ एक बोर्ड सदस्यले भने। 

अधिकारीको वैदेशिक भ्रमण त्यो पनि लामो समयका लागि जाने गरेका छन् त्यो प्राय सधैँ वस्तु तथा सेवा खरिदको पूर्वसन्ध्यामा हुने गरेको छ। कुनै पनि खरिदको ठीक अगाडि भारत, मलेसियालगायतका गन्तव्यमा जाने गरेका छन्। 

अहिलेको थाइल्यान्ड भ्रमण पनि यस्तै खरिदको चटारोमा भएको छ। कुनै पनि खरिदलाई पारदर्शी बनाउनुभन्दा पनि विदेशमा आफै जाने र डिल गरेर आउने गरेका छन्। होटल छान्नेदेखि लिएर जीएसएसम्मका डिलमा अधिकारी आफै पुग्ने गरेका छन्। 

अधिकारीकै कमजोरी तथा बेवास्ताका कारणले अहिले एउटा जहाज ग्राउन्डडेड भइरहेको छ। ग्राउन्डेड न्यारोबडी ए ३२० कल साइन नाइन एन एकेएक्स 'लुम्बिनी' जहाज उडानका लागि इन्जिन मर्मत तथा भाडामा लिने प्रक्रिया अझै पूरा भएको छैन। जसका कारण जहाज  गाउन्डेड छ। जहाज ग्राउन्डेड हुँदा निगमको उडान तालिकामा समेत असर परेको छ। उडान तालिकामा मात्रै होइन निगमले दैनिक ९६ हजार डलर आम्दानीसमेत गुमाइरहेको छ।

यही भएर अहिले बोर्डले इन्जिन मर्मतका लागि एमआर‌ओ छनोट गर्न दबाब दिइरहेको छ। एमआरओ तथा १७ जुलाईदेखि ग्राउन्डेड एयरबसका लागि इन्जिन भाडामा लिने ठेक्का अन्तिम चरणमा पुगेसँगै अधिकारी फेरि थाइल्याण्ड पुगेका छन्। 

मन्त्रालयबाट नै स्वीकृति लिएर हिँड्ने गरेका उनले यसपटक पनि बोर्डबाट कुनै पनि निर्णय गराएका छैनन्।  निगम स्रोतका अनुसार थाइल्याण्डमा अहिले निगमको कुनै पनि कार्यक्रम छैन। अधिकारीको भ्रमणको एउटै लक्ष्य इन्जिन भाडामा लिन कम्पनी तथा मर्मतका लागि एमआरओ छनोटमा कमिसन डिल भएको निगम एक सञ्चालकको दाबी छ। 

२०२२ मार्चमा लिएको इन्जिन २०२३ को अगष्ट १२ सम्म लिइरहेको अवस्थामा उसैको इन्जिन भाडा समय अवधि बढाउनु सुझाव दिँदा दिँदै पनि कमिसनका लागि अधिकारीले नयाँ कम्पनी छनोट गर्न लागेको र त्यसैका लागि थाइल्याण्ड गएको स्रोतको दाबी छ।


प्रकाशित : शुक्रबार, भदौ ८ २०८००४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend