सोमबार, वैशाख १७ गते २०८१    
images
images

कमिसनको खेलमा 'एयरबस ए ३२०' को इन्जिन मर्मत र भाडामा लिने ठेक्का एउटै कम्पनीलाई

images
images
images
कमिसनको खेलमा 'एयरबस ए ३२०' को इन्जिन मर्मत र भाडामा लिने ठेक्का एउटै कम्पनीलाई
images
images

काठमाडौं- नेपाल वायु सेवा निगमले कमिसनको खेलमा 'एयरबस ए ३२०' न्यारोबडी जहाजको इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने ठेक्का सम्झौता एउटै कम्पनीसँग गरेको छ। निगमले बिहीबारमात्रै इन्जिन मर्मत र इन्जिन भाडामा लिनेगरी 'इजरायल एरोस्पेस इन्डस्ट्रिज' (आईएआई) सँग सम्झौता गरेको हो।  

images
images
images

निगमले ६ वर्षसम्मका लागि दुईवटा 'एयरबस ३२०' को इन्जिन मर्मत तथा इन्जिन भाडामा लिनेगरी 'आईएआई'लाई छनोट गरेको हो। यो सम्झौतासँगै अब नेपाल एयरलाइन्सको दुईवटा न्यारोबडी जहाजको इन्जिन मर्मत आईएआईले गर्ने छ। साथै इन्जिन मर्मतको समयमा जहाज उडानका लागि आवश्यक भाडाको  इन्जिन पनि यही कम्पनीले दिने भएको छ।

images

इन्जिन मर्मत र इन्जिन भाडामा लिने काम एउटै कम्पनीलाई दिँदा स्वार्थ बाझिने निगम स्रोतको दाबी छ। निगमका पूर्वकार्यकारी अध्यक्ष मदन खरेलकै पालामा इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने गरी ठेक्का प्रक्रिया सुरु भएको थियो। उक्त विषयमा संसदको सार्वजनिक लेखा समितमा उजुरी परेपछि काम रोकिएको थियो। समितिले नयाँ प्रक्रियाबाट इन्जिन मर्मत तथा भाडामा लिने कम्पनी छनोट गर्न सहमति दिएको थियो। तर कार्यकारी अध्यक्ष  युवराज अधिकारीले २०२३ को जुन २३ मा एउटै कम्पनीसँग इन्जिन मर्मत तथा इन्जिन भाडामा लिनेगरी ठेक्का गरेका थिए।

images

कम्पनी छनोट अन्तिम तयारीमा रहेको बेला एक साताअगाडि मात्रै अधिकारी सात दिन थाइल्याण्ड गएर बसेका थिए। सोही बसाइमा निमगलाई आर्थिक भार थप्नेगरी एउटै कम्पनीलाई इन्जिन मर्मत तथा इन्जिन भाडामा दिने गरी उनले 'सेटिङ' गरेको स्रोतको दाबी छ। गएको शनिबारमात्रै थाइल्याण्डबाट फर्केका अधिकारीले बिहीबार कम्पनीसँग सम्झौता गरेका हुन्। यसबाटै सिधै स्वार्थ बाझिनेगरी तथा निगमलाई आर्थिक भार थपिने गरी कम्पनी छनोट भएको हो।

images
images

एउटै कम्पनीलाई इन्जिन मर्मतको जिम्मा पनि दिने र उसैसँग इन्जिन भाडामा पनि लिने काम गर्न नहुने एक पूर्वमहाप्रबन्धक बताउँछन्।विगतमा भएको टेन्डरमा पनि इन्जिन मर्मतका लागि एमआरओ छनोटका लागि मात्रै टेन्डर भएको थियो। कुनै पनि संस्थाले आफूलाई आर्थिक रुपमा कुनै भार नपर्ने र स्वार्थ नबाझिने गरी इन्जिन मर्मत र भाडामा लिने ठेक्का गर्नुपर्ने ती महाप्रबन्धकले बताए। 

अधिकांश एयरलाइन्स कम्पनीले एउटा कम्पनीसँग इन्जिन मर्मत र अर्को कम्पनीसँग इन्जिन भाडामा लिने ठेक्का सम्झौता गरेका हुन्छन्। केही कम्पनीले मात्रै एउटै कम्पनीबाट इन्जिन मर्मत तथा भाडामा लिने काम भएको छ। तर त्यस्तो काममा आर्थिक चलखेल हुने भन्दै विवाद भइरहेको हुन्छ।

एउटै कम्पनीसँग इन्जिन भाडामा लिने तथा उसैलाई इन्जिन मर्मतको पनि जिम्मा दिँदा इन्जिन मर्मतको समय लम्बाउँदा भाडाको इन्जिनबाट रकम लिइरहने खेल हुन सक्ने निगमका एक कर्मचारीले बताए। सामान्यत: इन्जिन मर्मतको अधिकतम समय ९० दिन हो। तर नेपाल एयरलाइन्सको इतिहासमा कहिल्यै पनि इन्जिन मर्मत ९० दिनमा सकिएको छैन। उदाहरणका लागि २०२१ को डिसेम्बर २७ मा बिग्रिएको इन्जिन २०२२ को सेप्टेम्बर ३० मा मात्रै मर्मत भएको थियो। यसैगरी २०२२ को जुलाई ३० बिग्रिएको इन्जिन मर्मत पनि १ वर्ष लगाएर २०२३ को अगस्ट १२ मा मात्रै भएको थियो।

इन्जिन मर्मतमा ढिला गर्नुको एकमात्रै उद्देश्य भाडामा प्रयोग भएको इन्जिनको समय लम्बाउने र रकम असुली गर्ने हो। इन्जिन मर्मतमा पनि रकम आउने र भाडाबाट पनि रकम आउने हुँदा इन्जिन मर्मत र भाडाको ठेक्का एउटै कम्पनीलाई दिन नहुने एक पूर्वमहाप्रबन्धक बताउँछन्।

२०२२ को मार्च ५ देखि भाडामा लिएको इन्जिन मर्मतको समय लम्बाउँदै १७ महिना भन्दा बढी प्रयोग भएको विषयबाट पनि के प्रष्ट भएको छ भने नेपाल एयरलाइन्समा इन्जिन मर्मत र भाडामा लिने खेलमा अर्बौं घौटाला भएको छ। एउटै कम्पनीबाट इन्जिन मर्मत र भाडामा लिने ठेक्का हुँदा सामान्य बिग्रिएको इन्जिन दुई महिनाभित्रै बन्ने अवस्थामा पनि समय लम्ब्याउँदै भाडाको रकम लिइरहने खेल हुने निगमका कर्मचारीहरू नै बताउँछन्। 

एउटै कम्पनीलाई दिँदा जहाजको इन्जिनमा देखिएको समस्या जाँचमा पनि अनावश्यक जाँचहरू गराउँदै खर्च बढाउने खेल हुने निगम स्रोतको दाबी छ। पछिल्लो समय मात्रै निगमले एमटीयूको इन्जिन भाडामा लिएर २०२२ को मार्च ५ देखि २०२३ को अगस्ट ३२ सम्म प्रयोग गर्दा ३६ करोड रूपैयाँ खर्च गरेको थियो। 

संस्थाको हितमा काम गर्ने हो भने इन्जिन मर्मत र इन्जिन भाडामा लिने ठेक्का अलग-अलग गरी कम्पनी पनि फरक फरक बनाउनु पर्ने पूर्वमहाप्रबन्धकहरूको भनाइ छ। एउटै कम्पनीबाट दुईवटा काम गर्दा इन्जिन मर्मतमा अनावश्यक खर्च गराउनेदेखि समय बढाउने खेल हुन्छ। मर्मतको समय बढाएर भाडाको इन्जिनबाट रकम असुली गरिरहने खेल हुने निगमका एक वरिष्ठ कर्मचारीले बताए। 

images

प्रकाशित : शुक्रबार, भदौ १५ २०८०११:२७

प्रतिक्रिया दिनुहोस